२०८२, माघ, ६
    {
विजनेस / कर्णाली प्रदेश / समाचार

जाजरकोटको विकट गाउँमा अफिमकाे अवैध खेती

  • पुलेसो
  • २०८१, माघ २७ आइतबार
जाजरकोटको विकट गाउँमा अफिमकाे अवैध खेती

जाजरकोट - जाजरकोट जिल्लाका गाउँगाउँमा यतिवेला अफिम खेती अवैध रुपमा फैलिएको छ। स्थानीयवासीहरुले अफिम खेतीलाई व्यापक रूपले अपनाएका छन् र यो खेती जाजरकोटको विभिन्न विकट र उच्च भुभागमा गरिएको पाइएको छ।

जिल्लाको नलगाड नगरपालिका १ देखि १३ वटै वडामा अफिम खेती व्यापक रूपमा गरिएको छ । अफिम उत्पादनको यो गतिविधि गत वर्षभन्दा यस वर्ष अझ बढेको देखिन्छ। कात्तिक महिनामा रोप्ने र बैशाख तथा जेठ महिनामा संकलन गर्ने परम्परा रहेको छ। व्यापारीहरूले गाउँमै पुगेर स्थानीयलाई बीउ उपलब्ध गराई खेती गर्न प्रोत्साहित गर्ने गरेको स्थानीय स्रोतले जानकारी दिएको छ। अफिमको मूल्य प्रति किलो ८० हजार देखि १ लाख रुपैंया सम्म रहेको बताइएको छ। 

नलगाड ९ वडाका एक स्थानीयका अनुसार, त्यहाँ २० जनाभन्दा बढी स्थानीय व्यक्ति अफिम खेती र यसको कारोबारमा संलग्न रहेका छन् र धेरैजसो भारतीय र नेपाली जेलमा पनि कारागार जीवन विताइ रहेका छन्। यसका बाबजुद, स्थानीयलाई अफिमको खेती र व्यापार गर्न नहुने बारेमा चेतावनी दिइए पनि उनीहरूले त्यसको पालना गर्न इन्कार गर्दै छन्।

नलगाडको सिउन, रुप, गेउ, औलगुता, खातीगुर्ता, लेखतीर, वानीयागाउँ, रावतगाउँ, ध्यारगाउँ, ताँत्र, घरंगा, लुपाना, भरगाउँ, मुकसिरी, नहकुली लेक, किटेनी, द्वारे, भदाले, करुवा कट्के, चच्चुलाइना, प्यारगारा लगायतका स्थानमा अफिम खेती गरिएको देखिन्छ। स्थानीयहरूले आर्थिक प्रलोभनमा परी यसका उत्पादनमा अझ बढी जोड दिएको पाइन्छ।

 

लागू औषध अफिमको उत्पादन र विक्री वितरण कानूनी रूपमा निषेधित भएको भएता पनि स्थानीयवासीहरूले त्यसको उल्लंघन गरेका छन्। यस विषयमा प्रहरी प्रशासन भने मौन बनेको देखिन्छ, जसले यस अवैध गतिविधिको नियन्त्रण गर्न कुनै विशेष कदम नचालेको आरोप छ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट...

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् । 

कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने

शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा,...

काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन् । प्रतिनिधि सभा चुनावमा उम्मेदवार बन्न उनले राजीनामा दिएका हुन् । 

शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा, चुनाव लड्ने तयारी

आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना...

आज देशभर उम्मेदवारी दर्ता हुँदै

शेरबहादुर देउवाले चुनाव नलड्ने

काठमाडौँ - नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले आगामी चुनावमा शेरबहादुर देउवाले...

शेरबहादुर देउवाले चुनाव नलड्ने