पोखरा - पोखरा १८ को पर्यटकीय गाउँ सराङकोटमा आउँदो फागुन दोश्रो साता श्रीमद्भागवत ज्ञान महायज्ञ र धार्मिक पर्यटन महोत्सव आयोजना हुने भएको छ।
धार्मिक पर्यटन क्षेत्रको रूपमा परिचित सराङकोटलाई धामका रूपमा विकास गर्ने उद्देश्यले फागुन १४ गते (महाशिवरात्रि पर्व) देखि फागुन २१ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ र धार्मिक पर्यटन महोत्सवको आयोजना गरिने आयोजक समितिका अध्यक्ष प्रेम बहादुर जिसीले जानकारी दिए।
सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको नेतृत्वमा २०६१ देखि वृहत गुरुयोजनाअन्तर्गत विशाल शिवमन्दिर, भ्यूटावर, १०८ शिवलिङ्ग, १०८ धारा, भुमे कालिका, गणेश मन्दिर, बहुउद्देशीय भवन निर्माण सम्पन्न भएको छ। यो कार्यक्रम ती सबै धार्मिक र पर्यटन सुविधाहरूको उद्घाटनको साथमा सुरु हुने छ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उक्त महोत्सवलाई पोखरा भ्रमण वर्षको रूपमा लिँदै, पोखराको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व उजागर गर्दै सराङकोटलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने ठूलो अवसरका रूपमा व्याख्या गरे। उनले भने, ‘धार्मिक आस्थाको साथसाथै पर्यटकहरूलाई सराङकोटको प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्त्वको अवलोकन गराउने उद्देश्य यस महोत्सवले बोकेको छ।
महाशिवरात्रि जस्तो पवित्र दिनदेखि आरम्भ हुने यो महायज्ञले धार्मिक अनुयायीहरूको ध्यान तान्ने मात्र नभई महादेवप्रति भक्तिभाव व्यक्त गर्ने अनुपम अवसर पनि प्रदान गर्नेछ।’श्रीमद्भागवत ज्ञान महायज्ञका प्रमुख वाचक भागवत् भाष्कर पण्डित कमलनयन गौतमले महायज्ञको उद्देश्य समाजमा धार्मिक एकता र शान्तिको सन्देश फैलाउनु भएको बताए।
पोखरा महानगरपालिका वडा नं। १८ का वडा अध्यक्ष शिव प्रसाद तिमिल्सिनाले पनि यस महायज्ञ र महोत्सवको महत्वको कुरा गर्दै यसलाई स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पुर्याउने अवसरका रूपमा हेरिएको बताए।यस महोत्सवले स्थानीय उत्पादन र व्यवसाय प्रवद्र्धन गर्न समेत मद्दत पुर्याउने विश्वास व्यक्त गरिएको छ।
धार्मिक आस्था, पर्यटन प्रेम, र सांस्कृतिक महत्त्वलाई आत्मसाथ गर्दै फागुन १४ देखि २१ सम्म सम्पन्न हुने महोत्सवको तयारी १,१११ सदस्यीय मुल आयोजक समिति र ११ वटा विभिन्न समितिका माध्यमबाट सुरु गरिएको प्रचार प्रसार संयोजक कृष्ण थापाले जानकारी दिए। यस महोत्सवका लागि सराङकोट क्षेत्रका सम्पूर्ण महिला समूहहरु सक्रिय रहने विश्वास पनि व्यक्त गरिएको छ।
महायज्ञको फलदायी नतिजा स्वरूप सराङकोट धाममा बनाइएका सम्पूर्ण संरचनाहरू जस्तै बाल उध्यान, योग ध्यान केन्द्र र आकाशे शिशाको पुलसँगै दृष्य अवलोकनका लागि थप योजनाहरू पूर्ण हुने सचिव दिल बहादुर जिसीले बताए ।सराङकोट, जो पोखराको प्रसिद्ध पर्यटकीय गन्तव्य हो, प्राकृतिक सौन्दर्य र हिमालको सुन्दर दृश्यावलोकनका लागि प्रसिद्ध छ, यस महायज्ञले धार्मिकता र पर्यटनको सम्मिश्रण गर्दै सराङकोटलाई अझ बढी लोकप्रिय बनाउने अपेक्षा गरिएको छ।
काठमाडौँ - राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति जनाए ।
सांसदहरुले महायज्ञको नाममा...
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा...
दमौली - भिमाद नगरपालिका–९ पाइमीका हिराबहादुर थापा २९ वर्षदेखि सागसब्जी खेतीमा आबद्ध छन् । २०५२ सालमा थानकोटबाट सागसब्जी खेती सुरु गरेका थापाले पछिल्लो समय आफ्नै गाउँ फर्किएर खेती...
काठमाडौँ - आगामी जेठ २ देखि ४ गतेसम्म यहाँ आयोजना हुने ‘सगरमाथा संवाद’ निर्देशक समितिको पहिलो बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न भएको छ ।
प्रतिक्रिया