काठमाडौँ - नेपालको निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक बनाइनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा हालको निर्वाचन प्रणाली बढी खर्चिलो भएकाले यसलाई परिवर्तन गर्नुपर्नेमा विज्ञहरुले जोड दिए ।पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले मुलुकमा समानुपातिक निर्वाचन प्रणाली अबलम्बन गर्न सकेमा खर्च कम हुने, राजनीतिक दलहरू कम हुने र स्थिर सरकार बन्न सक्ने बताए ।
पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीले हालको निर्वाचन प्रणालीले अनावश्यक र अनुत्पादक खर्च बढाएको र पैसा धेरै खर्च गर्न सक्नेले जित्ने भन्ने प्रतिस्पर्धा देखिएको औँल्याए ।अर्का पूर्व प्रमुख निर्वाचन आयुक्त केशवराज राजभण्डारीले निर्वाचन आयोगलाई सक्षम र विवादरहित ढङ्गबाट अगाडी बढाउनुपर्ने भन्दै निर्वाचनको मिति तोक्ने अधिकार कानुनद्वारा नै आयोगलाई दिनुपर्ने बताए ।
उनले निर्वाचन प्रणाली बढी खर्चिलो भएकाले निर्वाचन आयोगले मात्रै नभएर राजनीतिक पार्टीले पनि उम्मेदवारको खर्चको सीमा तोक्नुपर्ने र सोही अनुसार खर्च भए नभएको अनुगमन गर्नुपर्ने बताए।पूर्व सचिव गोपीनाथ मैनालीले विद्यमान निर्वाचन प्रणाली र यसका विकल्पका विषयमा प्रस्तुतीकरण दिँदै निर्वाचन प्रणालीमा मुलुक बाहिर रहेका नेपाली नागरिकलाई पनि मतदानको व्यवस्था गर्नुपर्ने बताए ।
बैठकमा सांसदहरुले मुलुकको भ्रष्ट्राचारका कारणहरूमध्ये महँगो निर्वाचन प्रणाली पनि रहेको, पूर्ण समानुपातिक निर्वाचन प्रणाली अबलम्बन गर्नुपर्ने, मुलुकको समृद्धिको लक्ष्य हासिल गर्नका पूर्ण समानुपातिक निर्वाचन प्रणालीले सहयोग पुर्याउने लगायतका विषयमा जोड दिए ।उनीहरूले दलीय स्वार्थभन्दा माथी उठेर पूर्ण समानुपातिक निर्वाचन प्रणालीका विषयमा थप छलफल गर्नुपर्ने धारणा राखे ।
महेन्द्रनगर । कञ्चनपुरमा मलामी गएका एक युवक डुबेर बेपत्ता भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा ३ तिलकपुरका २८ वर्षीय सनि दमाईं महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन् ।
जिल्ला...
महेन्द्रनगर । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ दुई हजार ६५२ मतदाता थपिएका छन्।
राष्ट्रिय परिचयपत्रका आधारमा एक हजार आठ सय ४८ र बायोमेट्रिका आधारमा आठ सय चार मतदाता थपिएका निर्वाचन...
काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको उपाधि भिडन्त सुरु भएको छ।
आजको निर्णायक खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय...
काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको उपाधि भिडन्त सुरु भएको छ।
आजको निर्णायक खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय...
प्रतिक्रिया