काठमाडौँ - प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले देशमा शान्तिसुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसदहरुले पछिल्लो ९ दिनमा काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा १५ जनाको शव फेला परेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै यस्ता घटनाले देशमा शान्ति सुरक्षाको अवस्थामाथि चुनौती थपेको बताए।उनीहरूले देशमा शान्ति सुरक्षाका लागि प्रभावकारी तयारी गर्न सरकारसँग माग गरे ।
सांसदहरुले बाजुरामा मृत आत्माले शान्ति पाउने मान्यताका कारण जिउँदो गाईलाई कुटीकुटी खोलामा बगाएको घटनाबारे संसदमा जानकारी गराउँदै जिउँदो गाई खोलामा बगाउनेलाई कडा कारबाहीको माग गरे।सांसदहरुले तराइका विभिन्न जिल्लामा नागरिकहरूले पानी, लालपुर्जा, शान्ति, सुरक्षालगायतको माग गरिरहेको भन्दै त्यसको व्यवस्थापन गर्न सरकारसँग माग गरे।
सांसदहरुले देशमा बढिरहेको लागुऔषध दुर्व्यसनी नियन्त्रण गर्न लागुऔषध विरुद्धको अभियान देशभर लैजानेगरी व्यवस्था गर्न माग गरे । सांसदहरुले विगत वर्षहरुमा बाढी, पहिरो डुबानलगायतले क्षति पुर्याएका भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि ध्यान दिन सरकालाई आग्रह समेत गरे ।
महेन्द्रनगर । कञ्चनपुरमा मलामी गएका एक युवक डुबेर बेपत्ता भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा ३ तिलकपुरका २८ वर्षीय सनि दमाईं महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन् ।
जिल्ला...
महेन्द्रनगर । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ दुई हजार ६५२ मतदाता थपिएका छन्।
राष्ट्रिय परिचयपत्रका आधारमा एक हजार आठ सय ४८ र बायोमेट्रिका आधारमा आठ सय चार मतदाता थपिएका निर्वाचन...
काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको उपाधि भिडन्त सुरु भएको छ।
आजको निर्णायक खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय...
काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको उपाधि भिडन्त सुरु भएको छ।
आजको निर्णायक खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय...
प्रतिक्रिया