दाङ - दाङमा रहेको एक मात्र विमानस्थल विगत ३ महिना देखि वन्द हुँदा हवाई यात्रुहरू मर्कामा परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ स्थित टरिगाउँ विमानस्थलमा विगत तीन महिनादेखि हवाई सेवा बन्द रहेको छ । जिल्लाको एक मात्र विमानस्थल टरिगाउँमा विमान आउन छोडेसँगै हवाई सेवा बन्द भएको हो ।हवाई सेवा बन्द भएपछि सेवाग्राही समस्यामा परेका छन् । टरिगाउँ विमानस्थल विगत तीन महिनादेखि बन्द हुँदा हवाई सेवाका लागि नेपालगन्ज वा भैरहवा जानुपर्ने बाध्यता सेवाग्राहीलाई छ ।
पछिल्लो समय हप्तामा दुई दिन आउँदै गरेको विमान पुस २ गतेपछि टरिगाउँ विमानस्थलमा आउन छोडेको नेपाल एयरलाइन्स स्टेसन इन्चार्ज बलबहादुर सुनारले जानकारी दिए। उनका अनुसार नेपाल वायु सेवा निगमको जहाज २०८१ पुस २ गते अन्तिम पटक टरिगाउँ विमानस्थलमा अवतरण गरेको थियो । इन्चार्ज सुनारका अनुसार निगमका दुईवटा विमान बिग्रिएकाले उडानमा समस्या भएको छ ।
बिग्रिएका विमान बनेपछि नियमित उडान हुने भन्दै इन्चराज सुनारले भने, ‘छिट्टै नै कार्यतालिका प्रकाशन हुन्छ र विमान उडान हुनेछ ।’कार्यतालिका आएपछि हप्ताको कति दिन उडान हुने भनेर जानकारी हुने उनको भनाइ थियो ।
टरिगाउँ विमानस्थलमा २०११ देखि २०४२ सालसम्म नियमित उडान हुँदै आएमा २०५६ देखि २०५८ सालसम्म सेवा अवरुद्ध भएको थियो । सीता एयरले २०८० सालमा सेवा सुरु गरे पनि एक वर्ष नपुग्दै बन्द गरेको थियो ।
काठमाडौँ - ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उनीहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहेका छन् ।
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले वर्गीकरण गरेर फोहर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा लगिने फोहर घटेको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउने भन्दै अहिले कामपाले...
कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबुजा बिक्री गरेरै जीविका चलाउँदै आएका छन् । विगत १५ वर्षदेखि उनले बगरमा तरबुजाखेती गर्दै आएका हुन्।
...काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आगामी आर्थिक वर्षको बजेट सबै क्षेत्र, वर्ग र भूगोललाई समेट्ने गरी न्यायोचित तथा प्रभावकारी ढंगले निर्माण गरिनुपर्नेमा जोड दिए।
प्रतिक्रिया