काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख देवराज घिमिरेले उक्त विधेयक दफाबार छलफलका लागि सम्बन्धित समिति पठाउन सर्वसम्मति स्वीकृत भएको घोषणा गरेका थिए ।
बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरेका थिए ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् ।
काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन् । प्रतिनिधि सभा चुनावमा उम्मेदवार बन्न उनले राजीनामा दिएका हुन् ।
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना...
काठमाडौँ - नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले आगामी चुनावमा शेरबहादुर देउवाले...
प्रतिक्रिया