नवलपरासी पश्चिम् - नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बर्दघाट आइपुगेका छन् ।
बर्दघाटको त्रिवेणी चोकमा स्थानीय जनप्रतिनिधि पार्टीका नेता तथा कार्यकर्ताहरूले प्रचण्डलाई स्वागत गरेका छन् ।पार्टीको बर्दघाट नगर समितिको कार्यालयमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले दाउन्नेको अवस्था हेर्न पनि सडक मार्गबाटै आएको बताए । ‘
उनले भने, यो बाटोको विषयमा विभिन्न चर्चा परिचर्चा थिए, बाटो छिचोल्नै सकिँदैन दुम्किबासबाटै १०/१२ घण्टा लाग्न सक्छ भन्ने पनि थियो, भरतपुर नै फर्किएर भैरहवा हुँदै जानेकी भन्ने पनि थियो तर जति घण्टा लागे पनि दाउन्नेबाटै जानुपर्छ भन्ने लाग्यो’ ।
पछिल्लो समय कामले गति लिएको बताउँदै अध्यक्ष प्रचण्डले स्थलगत अवलोकनपछि निर्माणको अवस्थाका बारेमा सदनमा बाटोका विषयमा बोल्ने बताए । जति बाटोको विषयमा सुनिएको थियो तुलनात्मक रुपमा सहज तरिकाले आफूहरू आइपुगेको उनले बताए।
अध्यक्ष प्रचण्डसँगै माओवादी नेताहरू अग्नि सापकोटा, देव गुरुङ, कृष्ण बहादुर महरा लगायत सहभागी थिए ।जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई- मधेश जागरण अभियान’ अन्तर्गत भोलि सदरमुकाम परासीमा हुने कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड नवलपरासी आइपुगेका छन् ।
काठमाडौ । वर्तमान अन्तरिम सरकारका चार जना मन्त्रीले राजीनामा दिएर २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गरेका छन्। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन म्याग्दीबाट, ऊर्जा जलस्रोत तथा सिंचाइ...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् ।
काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन् । प्रतिनिधि सभा चुनावमा उम्मेदवार बन्न उनले राजीनामा दिएका हुन् ।
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना...
प्रतिक्रिया