२०८२, मंसिर, २२
    {
समाज / कोशी प्रदेश / समाचार

ओखलढुङ्गामा चट्याङले बाह्र जनाको मृत्यु, चौबिस घाइते

  • पुलेसो
  • २०८२, वैशाख १५ सोमबार
ओखलढुङ्गामा चट्याङले बाह्र जनाको मृत्यु, चौबिस घाइते

ओखलढुङ्गा - ओखलढुङ्गामा चट्याङ लागेर १२ जनाको ज्यान गएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तथ्याङ्कअनुसार चट्याङले ६ वर्षको अवधिमा १२ जनाको ज्यान गएको हो ।

आर्थिक वर्ष २०७६/७७ देखि २०८१/८२ सम्मको तथ्याङ्कअनुसार चट्याङ लागेर १२ जना मृत्यु र २४ जना घाइते भएका छन् । यस अवधिमा लाखौँको क्षति भएको तथ्याङ्क छ । पछिल्लो दुई वर्षमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । १० जनामा घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

चालु आवको साउनदेखि चैत मसान्तसम्म चट्याङका कारण तीनजना मानिस घाइते भएका छन् । यस अवधिमा १० वटा चौपायाको मृत्यु भएको छ । विभिन्न विद्युतीय उपकरणमा समेत क्षति भएको छ । गत आव २०८०/८१ मा ६ स्थानमा चट्याङ पर्दा दुईजनाको मृत्यु र सातजना घाइते भएका थिए । 

यस्तै तीन घर प्रभावित भएका थिए भने पाँचवटा चौपायाको मरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तथ्याङ्कमा उल्लेख छ । अन्य विपद्मा जस्तो चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि जिल्लाका स्थानीय तह र सरोकारवाला निकायले त्यति ध्यान दिएको देखिँदैन । 

 

चट्याङबाट बच्ने उपायबारे नागरिकमा आवश्यक ज्ञान नहुनु र चट्याङ रोकथामका लागि  ‘अर्थिङ’ गर्नेलगायतका विधि अपनाउने गरिए पनि जिल्लामा यसको अभ्यास छैन । जिल्लामा सञ्चालित एफएम रेडियो र विद्युतीय उपकरण सञ्चालन गर्ने निकायहरूले बर्सेनि चट्याङबाट लाखौँको क्षति व्यहोर्दै आएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

मलामी गएका युवक डुबेर बेपत्ता

महेन्द्रनगर । कञ्चनपुरमा मलामी गएका एक युवक डुबेर बेपत्ता भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा ३ तिलकपुरका २८ वर्षीय सनि दमाईं महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन् । 

जिल्ला...

मलामी गएका युवक डुबेर बेपत्ता

बैतडीमा दुई हजार ६५२ मतदाता थपिए

महेन्द्रनगर । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ दुई हजार ६५२ मतदाता थपिएका छन्।

राष्ट्रिय परिचयपत्रका आधारमा एक हजार आठ सय ४८ र बायोमेट्रिका आधारमा आठ सय चार मतदाता थपिएका निर्वाचन...

बैतडीमा दुई हजार ६५२ मतदाता थपिए

यू–१९ प्रिमियर फाइनलः नेपालले टस जितेर...

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको उपाधि भिडन्त सुरु भएको छ।
आजको निर्णायक खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय...

यू–१९ प्रिमियर फाइनलः नेपालले टस जितेर फिल्डिङ रोज्यो

यू–१९ प्रिमियर फाइनलः नेपालले टस जितेर...

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको उपाधि भिडन्त सुरु भएको छ।
आजको निर्णायक खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय...

यू–१९ प्रिमियर फाइनलः नेपालले टस जितेर फिल्डिङ रोज्यो