महेन्द्रनगर । कञ्चनपुरस्थित केन्द्रीय कार्यालय रहेको उदयदेव बहुउदेश्यीय सहकारी संस्था जिल्लामै उत्कृष्ट करदाता घोषित भएको हो । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले राष्ट्रिय कर दिवसको अवसरमा उक्त सहकारीलाई उत्कष्ट करदातामा सम्मान गरेको हो ।
आन्तरिक राजस्व कार्यालय कञ्चनपुरकोे तथ्याङ्क अनुसार जिल्लाभरीमा ३३ हजार करदाता रहेका छन । जसमध्ये गत आर्थिक वर्ष ०८१÷०८२ मा सबैभन्दा बढी कर बुझाएको उदयदेव बहुउदेश्यीय सहकारीलाई कार्यालयले सम्मान गरेको हो । आन्तरिक राजस्व कार्यालय कञ्चनपुरका निमित्त प्रमुख विजय भुसालले गत आर्थिक बर्षमा सबैभन्दा बढी कर बुझाउने सहकारीलाई सम्मान गरिएको बताए । निमित्त प्रमुख कर अधिकृत भुसालले सबैभन्दा बढी सहकारीले २ करोड, १५लाख, २३ हजार, १७५ रुपैया कर बुझाएको बताए ।
पारिश्रमिक सामाजिक सुरक्षा बाफत १५ लाख, ७५ हजार ७६, बैठक भत्ता ९९ हजार, ९ सय, व्यक्तिगत, एकलौटी तथा प्रालि कर ४६ हजार, २सय ५०, ब्याज कर ७६ लाख, २९ हजार, १सय १, लाभान्स कर १८ लाख, ३३ हजार २ सय ८,घर बहाल कर १ लाख, ५६ हजार नौ सय ६, गत आर्थिक वर्ष ०८१÷०८२ को आय कर १ करोड, १ लाख, ६७ हजार, ९सय ६८रुपैया गरेर २ करोड, १५ लाख, २३ हजार, १७५रुपैया रहेको छ ।
कार्यक्रममा प्रमुख अथिति समेत रहेका निमित्त प्रमुख जिल्ला अधिकारी मोहन जोशीले सहकारीका अध्यक्ष नारा जोशीलाई प्रमाण पत्र पत्र हस्तान्तरण गरेका थिए । कञ्चनपुर उद्योग वाणिज्य सघका अध्यक्ष पिताम्बर जोशीले जेनजी आन्दोलनपछि राजनैतिक संक्रमणले करदाता व्यवसायीहरुमा त्रास उत्पन्न भएकाले लगानीको वातावरण सृजना हुन नसकेको बताए । उनले राष्ट्रिय पुँजि निर्माणका लागि व्यवसायलाई सुरक्षा प्रदानमा जोडदिएका छन । उदयदेव बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष नारा जोशीले कर दिवसमा सम्मानले थप समाजिक, आर्थिक क्षेत्रमा सहकारीलाई काम गर्ने जिम्मेबारी बोध गराएको बताईन ।
सुदूरपश्चिमकै चर्चित उदयदेव बहुउदेश्यीय सहकारीको केन्द्रीय कार्यालय भीमदत्त नगरपालिका–१८ महेन्द्रनगरमा रहेको छ । सहकारीका तथ्याङ्क अनुसार संस्थाले विगत २६ वर्षदेखि सुदुरपश्चिममा सहकारी क्षेत्रमा योगदान दिंदै लगानी र निक्षेप संकलन वृद्धिमा निरन्तर प्रगति गर्दै आएको छ ।
हालसम्म संस्थाका २६ हजार २१८ सदस्य छन्। सहकारीले गत आर्थिक वर्षसम्म १ अर्ब ९९ करोड ६५ लाख ३२ हजार ६९४ रुपैयाँ निक्षेप संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.१२ प्रतिशतले बढी हो। त्यस्तै, १ अर्ब ६३ करोड ३० लाख १७ हजार ४४८ रुपैयाँ ऋण लगानी गरिएको छ, जसमा ७.४५ प्रतिशत वृद्धि भएको छ। गत आर्थिक वर्ष ०८१\८२ मा सहकारीले २९ करोड ३३ लाख ८१ हजार ६०६ रुपैयाँ नाफा कमाएको थियो। खर्च कटौती तथा कर्जा नोक्सानी व्यवस्थापनपछि ३ करोड ७५ लाख ९२ हजार ११७ रुपैयाँ शुद्ध नाफा आर्जन गरिएको हो। सहकारीले यस अवधिमा २ करोड १५ लाख २३ हजार १७५ रुपैयाँ कर विभिन्न शीर्षकमा भुक्तानी गरेको छ।
सहकारीले कृषि, व्यवसाय, औद्योगिक र हाउजिङ्ग क्षेत्रमा लगानी गर्दै आएको छ। साथै, ४ हजार ६२० सदस्यको कर्जा बीमा गरेर ३२ लाख ७० हजार ७५० रुपैयाँ क्षतिपूर्ति प्रभावित परिवारलाई उपलब्ध गराएको जनाएको छ। चालु आर्थिक वर्ष ०८२÷०८३ का लागि सहकारीले ३ खर्ब १ करोड २० लाख १३ हजार ७२६ रुपैयाँको अनुमानित आय–व्यय प्रस्तुत गरेको छ ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दका अनुसार सहकारीले महेन्द्रनगरसहित दोधारा–चाँदनी, दैजी, झलारी, कृष्णपुर, बेलौरी, कैलालीको अत्तरिया, डडेल्धुरा र बैतडीमा शाखा मार्फत कारोबार भइरहेको छ। सहकारीले कृषि प्रवद्र्धन केन्द्र, कस्टम हायरिङ सेन्टर, बीउ–बिजन प्रशोधन केन्द्र, राइस मिल सञ्चालन गरेर सेवा प्रवाह गर्दै आएको छ।
भुवन भट्ट/महेन्द्रनगर । कञ्चनपुरमा जेनजी समूहका युवाहरूले आत्मिक प्रतिबद्धता गर्दे सार्वजनिक क्षेत्रमा उठबस गरेका छन् । शुक्रबार साँझ जेनजी समूहका झन्डै ३० बढी किशोर तथा युवाहरूले आत्मिक प्रतिबद्धता गर्दै १०...
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ। गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’अन्तर्गत विनियोजन गरिएको रु एक लाख बजेटबाट...
बागलुङ । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ। सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो। गत वर्षको तुलनामा यस वर्ष रु ४४ लाख...
काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको घोषणा गरेका छन्।
संस्थापन पक्षले आफूमाथि कारबाही गरेको खबर सार्वजनिक भएलगत्तै भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई...
प्रतिक्रिया