२०८२, माघ, ६
    {
समाचार

एकता घोषणामा रविको फोटो नराखेको भन्दै रास्वपाका नेताको आपत्ति

  • पुलेसो
  • २०८२, मंसिर १५ सोमबार
एकता घोषणामा रविको फोटो नराखेको भन्दै रास्वपाका नेताको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विवेकशील साझा पार्टीसँग एकता घोषणा गर्दा आज पार्टी सभापति रवि लामिछानेको तस्बिर नराखी गरेको छ ।  यसअघिका सम्पूर्ण कार्यक्रममा सभापति लामिछानेको तस्बिर राख्ने गरेको रास्वपाले अहिले किन राखेन भनेर रास्वपाका नेताले आपत्ति जनाएका छन् ।  सभापतिको तस्बिरलाई रास्वपाले ट्रेड मार्ककै रुपमा राख्ने गरे पनि अहिले नराख्दा पार्टीको गतिविधि माथि नै प्रश्न गर्दै रास्वपा नेता यज्ञमणि न्यौपानेले असन्तुष्टि जनाएका हुन् ।  
उनले सभापतिको फोटो राखेरै एकता सन्देश दिने मन हुँदाहुँदै पनि किन राखिएन भन्दै प्रश्न पनि गरेका छन् । उनले सभापतिसँग माफी माग्दै एकता सन्देशले राम्रो सन्देश प्रवाह गरे पनि फोटो छुट्नु दुःखद भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘माफ पाउँ सभापति ज्यू, हजुरको फोटो राखेर एकताको सन्देश दिने मन हुनेहरु सँग त्यो कार्यक्रमको मोडालिटी कायम गर्ने इजाजत थिएन । जससँग अधिकार र इजाजत थियो उहाँहरुले राख्नुभएन। तथापि सभापतिज्यू एकता भयो राम्रो भयो। अब कुलमान, बालेन, हर्क र गोपी हमालसँग पनि वार्ता संवाद गर्नुपर्छ। अनि एकता गर्नुपर्छ। राज्य सत्ताले तपाईँलाई जबरजस्त राखेको थुनाबाट मुक्त गर्नुपर्छ ।अनि बन्छ देश, अनि बनाइन्छ देश, यही आशा र भरोसँग बाँचेका छौं सभापतिज्यू।’ न्यौपानेको यो धारणामा पक्ष र विपक्षमा कमेन्ट आउने क्रम जारी छ। यस विषयमा पार्टीपंतीले भने केही धारणा सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट...

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् । 

कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने

शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा,...

काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन् । प्रतिनिधि सभा चुनावमा उम्मेदवार बन्न उनले राजीनामा दिएका हुन् । 

शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा, चुनाव लड्ने तयारी

आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना...

आज देशभर उम्मेदवारी दर्ता हुँदै

शेरबहादुर देउवाले चुनाव नलड्ने

काठमाडौँ - नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले आगामी चुनावमा शेरबहादुर देउवाले...

शेरबहादुर देउवाले चुनाव नलड्ने