नेपालमा गुणस्तरीय शिक्षा र सबैको पहुँच (“सबैका लागि शिक्षा”) सुनिश्चित गर्ने बहस निरन्तर जारी छ । खासगरी प्रारम्भिक तहमा करिब ४५ लाख भर्ना हुनुका बाबजुद पनि कक्षा १ मा भर्ना भएकामध्ये आधाभन्दा बढी विद्यार्थी दोस्रो कक्षामा नियमित उपस्थित नहुने अवस्था छ । यसले शैक्षिक परिणाम र गुणस्तर दुवैमा ठूलो अन्तर ल्याएको छ । संघीय कानुन (२०७५ सालको अनिवार्य एवं निःशुल्क शिक्षा ऐन) अनुसार प्रत्येक नागरिकलाई गुणस्तरीय शिक्षामा समतामूलक पहुँचको अधिकार छ । साथै, नेपालको संविधान र नीति निर्देशिकाले पनि बालबालिकालाई सुरक्षित, समावेशी र प्रेरणादायी वातावरणमा शिक्षा प्राप्त गराउने दायित्व पनि बोकिएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (१९९७) र युनेस्को÷यूनिसेफका स्रोतहरूले बताउँछन्– विद्यालयको समग्र वातावरण बालमैत्री (Child Friendly) र विद्यार्थी केन्द्रित नभएसम्म गुणस्तरीय शिक्षा सम्भव हुँदैन। बालमैत्री विद्यालय भन्नाले त्यस्ता ठाउँलाई जनाउँछ जहाँ बालबालिका खुशीका साथ विद्यालय आउँछन्, साथीभाइ र शिक्षकसँग अन्तरक्रिया गर्दै हाँसिखेल गरी सिक्छन् र सिकेका कुरा व्यक्तिगत तथा सामाजिक व्यवहारमा उतार्छन्। नेपालमा गैरसरकारी संगठन तथा नीति निर्माणकर्ताहरूले पनि बालमैत्री शिक्षालाई गुणस्तरीय शिक्षाको अभिन्न अंग मान्ने गरेका छन्। तथापि व्यवहारिक रूपमा विद्यालयमा बढ्दो अनुशासनहीनता, अभिभावक–शिक्षक साझेदारीको अभाव र सामाजिक–प्रविधिगत कारकले अहिलेको शिक्षालाई नयाँ चुनौतीमा पु¥याइरहेको छ।
बालमैत्री विद्यालय अवधारणा र महत्व
बालमैत्री विद्यालय भन्नाले त्यस्ता शिक्षण–संस्थानलाई जनाउँछ जहाँ बालबालिकाहरू रमाईलो वातावरणमा सिक्छन्। मेरुदण्डमा शिक्षक, विद्यार्थी र अभिभावकबीच सामूहिक साझेदारी रहेको हुन्छ। पाठ्य पुस्तकरूपी विषय वस्तु मात्र सिकाउनेभन्दा बाहेक यहाँ सिकाइ दैनिक जीवनसँग जोडिन्छ र व्यावहारिक सीपलाई प्राथमिकता दिइन्छ । यस्तो विद्यालयका विद्यार्थी सहयोगी र सक्रिय हुन्छन्, हरेक क्रियाकलापमा सहभागी गरी समस्या समाधान गर्छन्, शारीरिक र भावनात्मक विकासमा उत्साहित हुन्छन् र सामाजिक रुपान्तरणका वाहक बनेका हुन्छन्। उनीहरूको आत्मसम्मान उच्च रहँदछ र विद्यार्थी–शिक्षक सम्बन्ध र लोकतान्त्रिक मूल्यहरू व्यवहारमा लागू हुन्छन्।
बालमैत्री विद्यालयका शिक्षणशैली पारम्परिक अनुशासनात्मक भन्दा फरक हुन्छ । शिक्षक विद्यार्थीप्रति माया, आदर र हेरचाह देखाउँछन्, सिक्न उत्साहित गर्छन्, र कक्षामा सबै पक्षको विचारलाई सम्मान गर्छन्। यस्तो शिक्षण–पद्धतिमा सिकाइ सहभागी र प्रयोगात्मक हुन्छ । विद्यार्थीहरूका अलग क्षमता, चासो र सिकाइको शैली अनुकूल पठन–पाठन अगाडि बढाइन्छ । अभिभावक पनि विद्यालय सुधार योजनामा सक्रिय सहभागी बन्ने हुँदा घर र विद्यालयबीच समन्वय बलियो हुन्छ।
बालमैत्री विद्यालय अवधारणाले विद्यालयलाई “शिक्षा लिने” मात्र होइन, “अनुभव दिने सामाजिक केन्द्र”का रूपमा विकास गर्छ । यसले विद्यालयलाई परिवार र समुदायसँग जोडेर ‘शिक्षाको केन्द्रीकृत’ वातावरण निर्माण गर्दछ । यस्ता विद्यालयमा वातावरण सुरक्षित, आधुनिक र संसाधन सम्पन्न बनाइन्छ जसले विद्यार्थीलाई डर र भयविहीन वातावरणमा सिक्न उद्यमी बनाउँछ। परिणामस्वरूप, बालबालिका विद्यालयप्रतिको सकारात्मक सोचीन विकास गर्दछन्, नियमित विद्यालय आउने प्रोत्साहन बढ्छ र उनीहरूको शैक्षिक सफलता सुनिश्चित हुन्छ ।
कसरी बनाउन सकिन्छ बालमैत्री विद्यालय ?
बालमैत्री विद्यालयका विशिष्ट तत्वहरू छन । तिनिहरुकै व्यवहारीक कार्यान्वयनबाटै विद्यालयलाई बालमैत्री बनाउन सकिन्छ ।
सुरक्षित र संरक्षित वातावरणः कक्षाकोठा, फर्निचर, शौचालय, खानपानमन, खेलमैदान, पुस्तकालय जस्ता पूर्वाधार सफा, सुरक्षित र सबैको पहुँचमा रहन्छ। विद्यालय प्रांगणमा ढुंगा–बाँसको पर्खाल, हावा–पानीको उचित व्यवस्था एवं नियमित सरसफाइ हुुँदैन।
मनो–सामाजिक सुरक्षाः शिक्षार्थीहरूलाई शारीरिक दण्ड, डर, त्रास वा अपमानजनक व्यवहारबाट बचाइन्छ। विद्यालयमा सूचना–पत्रिका, फूलबारी र सहयोगात्मक क्रियाकलापहरू छन्।
शिक्षण र सिकाइमा सहभागितात्मकताः पाठ्यक्रम योजनामा विद्यार्थी, शिक्षक र अभिभावकको साथ रहन्छ । निर्णय प्रक्रियामा उनीहरूको मत लिनु, सामाजिक कार्यक्रम र अतिरिक्त गतिविधिमा सहभागी गराउनु बालमैत्री विद्यालयका मानक हुन्।
शिक्षक–विद्यार्थी र अभिभावक–विद्यालय सम्बन्धः शिक्षक, अभिभावक र विद्यार्थीबीच पारदर्शी र हार्दिक सम्बन्ध हुन्छ। शिक्षक सकारात्मक प्रेरक, विषयवस्तुमा दक्ष, आत्मविश्वासी र कक्षामा पूर्ण तयारीका साथ उपस्थित हुन्छन्। उनी कडा सन्देशभन्दा प्रोत्साहन र उत्साह बढाउने शैलीमा सिकाउने गर्छन्। विद्यार्थीले ढिलो–चाँडो सिक्ने विशेषतालाई ध्यानमा राखेर विभिन्न सिकाइ प्रविधि प्रयोग गरिन्छ। सबै बालबालिकालाई बिना भेदभाव समान व्यवहार र अवसर दिइन्छ । शिक्षकहरू पढाइ र अनुशासन दुबैतर्फ जिम्मेवार महसुस गर्दछन्।
अभिभावक र समुदायको सहभागिताः अभिभावक शिक्षण–प्रक्रियामा सचेत र सहयोगी हुन्छन्। उनी विद्यालयको नीति, कार्यक्रम र विकास योजनाप्रति जानकारीमूलक र सक्रिय सहभागी हुँदछन्। आवश्यक सहयोग, माता–पिता शिक्षाको शक्तिशाली स्रोत भएको सोचेर बालबालिकाको प्रगतिको संवाद शिक्षक र प्रधानाध्यापकसँग नियमित बनाइ राख्दछन्। समुदायलाई शिक्षा केन्द्रका रूपमा सम्मानित गर्दै सबैका लागि शिक्षा उपलब्ध गराउन जोड दिइन्छ ।
व्यवस्थापन समितिको प्रतिबद्धताः विद्यालय व्यवस्थापन समिति प्रत्येक बालबालिकालाई मैत्रीपूर्ण र सहयोगी वातावरण उपलब्ध गराउँछ । शारीरिक वा मानसिक दण्डप्रति “सिफारिस नगर्ने” नीति अपनाइन्छ । सबै विद्यार्थीको फरक क्षमता र सिर्जनशीलता कदर गरेर अप्ठ्यारो सवाल–प्रश्न गर्न प्रोत्साहित गरिन्छ। अभिभावकसँग संवाद गर्दै विद्यालय र सिकाइकार्यक्रममा उनीहरूलाई समावेश गराइन्छ।
बालमैत्री विद्यालयका यी विशेषताहरूबाट विद्यार्थी, शिक्षक र अभिभावक सबैको मनोबल बढ्छ र विद्यालय साझा यथार्थमा परिणत हुन्छ, जहाँ व्यवहारिक सीप र सकारात्मक मनोवृत्तिका आधारमा शिक्षाको गुणस्तर बढ्छ।
नेपालमा बालमैत्री विद्यालयको अवलम्बन र अभ्यास
नेपालमा बालमैत्री विद्यालय अवधारणा २००२ देखि सेभ द चिल्ड्रेन लगायत संस्थाहरूले अघि बढाउन थालेका हुन्। थाइल्याण्डको राष्ट्रिय प्राथमिक शिक्षा आयोगसँग सहकार्य गरेर सुरु गरेको यो अभ्यास क्रमशः क्याम्बोडिया, लाओस, नेपाल र अफ्रिकी धेरै देशमा फैलियो । नेपालमा शिक्षा विभाग र शिक्षक सँगसँगै मिलेर विशेष रुपमा नेपाली व्यवस्था अनुसारका ‘बालमैत्री विद्यालय प्रशिक्षक प्रशिक्षण निर्देशिका’ तयार पारियो र प्रत्येक जिल्लामा प्रशिक्षक नियुक्ति गरियो। हाल देशभर करिब २५०० विद्यालयमा बालमैत्री अभ्यास भैरहेको सम्झना छ ।
नीति तर्जुमा र स्थानीय पहलले प्रभाव देखाउँने उदाहरणहरू छन्। सिन्धुपाल्चोकको क्षेत्रपालेश्वरी प्राथमिक विद्यालयले बालमैत्री दृष्टिकोण अवलम्बनपछि विद्यालय सुधार योजनाका माध्यमबाट सबै विद्यालय–उमेर समूहका बालबालिकाहरू विद्यालय भर्ना भएका छन् । २०६३ सालमा २०१ विद्यार्थी (जसमा १०३ बालिका) भर्ना र कक्षोन्नति भएको रिपोर्ट छ। त्यस्तै, अछामको सन्निकोट प्राथमिक विद्यालयले शिक्षक, अभिभावक र स्थानीय बाल क्लबको सहभागितामा सञ्चालन गरेको योजनाले ३६० विद्यार्थी भर्ना र नियमित अध्ययन सुनिश्चित गर्यो। अन्य काभ्रे, डुङ्गेश्वरी, दाङ, बागलुङलगायतका जिल्लामा समेत बालमैत्री विद्यालय बनाउने प्रयासले विशेषगरी विद्यार्थी सहभागिता र अभिभावक सहयोगमा उल्लेखनीय सुधार ल्याएको देखिन्छ।
यी सफलतापूर्वक कार्यान्वयन भएका सामुदायिक विद्यालयहरूमा स्पष्ट पाइन्छ– शिक्षकहरूको प्रतिबद्ध नेतृत्व र अभिभावक–समुदायको सक्रिय सहभागिताले बालमैत्री शिक्षाको लक्ष्य पुरा गर्न मद्दत गर्यो। उदाहरणको लागि, विद्यालयले पर्खाल, खेलमैदान, पुस्तकालय आदिबापतका भौतिक पूर्वाधार जुटाएको, विद्यालयमा शारीरिक दण्ड पूर्णरूपमा निषेध गरिएको, र शिक्षण–पाठन सबैका लागि समान र सहभागी भएको पाइन्छ। परिणामस्वरूप, विद्यालयको सेवा क्षेत्रभित्र कुनै बालबालिका बाहिर न रहेर सबैले पढाइ पूरा गरेका छन्।
समग्रमा, नेपालमा बालमैत्री विद्यालयले शिक्षालाई बाल केन्द्रीकृत बनाउने अवसर प्रदान गरेको छ र यसको प्रभाव छात्रवृत्ति दर र कक्षोन्नतिको रूपमा देखिएको छ। यद्यपि, केवल केही नमूनामा सीमित रहनु अघि यी अवधारणालाई देशभर विस्तारपूर्वक अभ्यास गर्ने जिम्मेवारी बाँकी छ ।
विद्यालय शिक्षा संकट र चुनौति
नेपालको अधिकांश विद्यालय अझै चुनौतीपूर्ण अवस्थामा छन्। विद्यार्थीहरूमा बढ्दो असामाजिक व्यवहार, अनुशासनहीनता, र आधुनिक प्रविधिको प्रभावले गुणस्तरीय शिक्षामा बाधा पु¥याइरहेको छ । साथै, शिक्षण ऐन–नियम र व्यवहारबीचको असन्तुलनले विद्यालय व्यवस्थापनलाई झन्झनिलो बनाएको अनुभूति हुन्छ।
कानुनी र प्रवन्धकीय दबाव
विद्यालय व्यवस्थापन समिति र शिक्षकहरू अब नयाँ कानूनी ढाँचाको दबाबमा छन्। कक्षा र चालचलनमा विद्यार्थीको अनुशासन कायम गराउन चाहिने कानूनी उल्लिखनहरूले शिक्षकलाई डर बनाउँदैछ। उदाहरणका लागि, नेपालले सन् २०१८ मा “बालअधिकार ऐन”मार्फत सबै विद्यालय र घरमा शारीरिक दण्ड निषेध ग¥यो (ििल.यचन.लउ)। तर अझै पनि विद्यालयमा आउने बालबालिकालाई उचित व्यवहारिक शिक्षा दिन शिक्षक अगाडि कानूनी शङ्का प्रबल छ। कई शिक्षकहरू भन्छन् कि नियमअनुसार विद्यार्थीलाई सजाए दिन वा सुधार गर्न प्रयास गर्दा अभिभावक र कानूनी दुबैबाट चुनौती आउँदैछ। नतीजाका रूपमा विद्यालयको आन्तरिक अनुशासन कमजोर हुँदै गएको छ।
बालमैत्री शिक्षाको भ्रम
नेपालमा केही अभिभावक र विद्यार्थीले “बालमैत्री शिक्षा”को नाममा अनुशासनहीन स्वतन्त्रता पाउन खोजेका छन्। विद्यालय र शिक्षकप्रति अलमल्ती व्यवहार हावी भएको छ। विशेषज्ञहरूको मत छ, बालमैत्री शिक्षा भन्नाले विद्यार्थीलाई जवाफदेहीपनसहित स्वतन्त्रता प्रदान गर्ने हो, अनुशासनविहीनता होइन। कक्षामा मोबाइल खेलाउने, साथीलाई फसाउने, अनावश्यक हाँसो–ठट्टापसल गर्ने विद्यार्थीलाई नियन्त्रित गर्न शिक्षकलाई प्रविधिमा सीमित, नैतिकमा लाचार र कानूनीमा जटिल परिस्थिति भइरहेको भनेर शिक्षकहरूले गुनासो गर्छन्। यस कारकले सिकाइको वातावरणमा विद्युतीय र व्यवधानपूर्ण गतिविधि बढाएको छ।
विद्यार्थीमा अनुशासनहिनता र लागुपदार्थ
विद्यालय उमेर समूहका विद्यार्थीहरूबीच अनुशासनहीनता मात्र हैन, लागुपदार्थको प्रयोगसमेत बढ्दो छ। विद्यालयबाहिर सिगरेट, गुट्खा, सुर्ती लगायतका निकोटिनजन्य पदार्थहरूको सजिलो प्रयोगले विद्यार्थीलाई लक्षित गरेको छ। त्यस्तै “भेप”, “इ–सिगरेट”, औषधिजन्य चुरोटजस्ता आधुनिक वस्तुले १३–१८ वर्षका विद्यार्थीलाई आकर्षित गरिरहेको छ। शिक्षकहरूको भनाइ छ कि कक्षाबाहिर लुकेर प्रयोजन र प्रयोग दुबई बढेका छन्। लागुपदार्थ सेवनले विद्यार्थीको मानसिक ध्यान विचलित हुने, आक्रोश र चिडचिडाहट उत्पन्न हुने, कक्षा प्रदर्शनमा गिरावट आउने र हिंसात्मक व्यवहार देखिने समस्याहरू निम्त्याइरहेको छ।
अभिभावकको भूमिका र मानसिकता
हालका अभिभावकले विद्यालय सुधारका लागि सबैभन्दा सक्रिय भूमिका लिनुपर्ने ठाउँमा सम्बन्ध विच्छेद गरिरहेका छन्। विगतका दशकहरूमा अभिभावक शिक्षकलाई सहयोगी र मार्गदर्शकका रूपमा मान्थे, तर आज धेरै अभिभावक शिक्षण प्रक्रियाबाट कनेक्सन टुङ्ग्याएर छोराछोरीको जिम्मेवारी विद्यालयमाथि छोड्ने प्रवृत्ति बढेको छ। जब विद्यार्थीले गल्ती गर्छन् र शिक्षकले सच्याउन खोज्छन्, कतिपय अभिभावक उल्टै शिक्षकलाई दोषी देख्न थाल्छन्। यस्तो परिवेशले शिक्षकलाई विद्यार्थीसँग लगनशील व्यवहार गर्न डर पैदा गर्छ।
घरायसी हिस्सा पनि विद्यार्थीका विद्यालय ब्यवहार निर्धारण गर्छ। यदि घरमा मोबाइल नियन्त्रणविहीन, पारिवारिक द्वन्द्वपूर्ण वा अभिभावक स्वँय लागूपदार्थ प्रयोग गर्दैछन् भने त्यो असर विद्यार्थीको स्कूलैफेर प्रत्यक्ष पर्दछ। अत्यधिक लाडप्यार र स्वतन्त्रताले समेत विद्यार्थीमा जिम्मेवारी बोध घटाउँछ। मनोवैज्ञानिकहरू भन्छन्– अभिभावकको बिग्रँदो दृष्टिकोण र शिक्षाको स्थितिप्रति उदासोले स्कूल जीवनको सहजतालाई बाधक बनाएको छ।
शिक्षक पेशामा जटिलता र अपेक्षा
विगत केही वर्षयता शिक्षकहरूले साना त कुराहरूमा पनि आलोचनात्मक प्रतिक्रिया भोग्नु परेको छ। विद्यार्थी वा अभिभावकले अलिकति पनि असन्तुष्टि देखाउँदा शिक्षक अप्ठारोमा पर्छन्। “बोल्दा तँगारिदिने, चेतावनी दिँदा भिडियो बनाउने र कमजोर नतिजा आएमा शिक्षक नै दोषी ठहरिने” जस्ता व्यवहारले शिक्षकको मनोबलमा चोट पु¥याइरहेको छ। चर्को शिक्षण–सूची र छात्रोंको व्यवहारलाई सन्तुलन गर्न शिक्षकलाई थप समय र ऊर्जा खर्च हुनु नपर्ने भएता पनि, व्यावहारिकमा वैचारिक दबाब बढेको छ। विश्व स्वास्थ्य सङ्गठन र राष्ट्रिय अध्ययनहरूले शिक्षकहरूबीच तनाव, निराशा र मानसिक स्वास्थ्य समस्या बढ्दै गएको संकेत गरेका छन्।
सामाजिक परिवर्तन र प्रविधिको प्रभाव
आजको समाजमा सूचना–प्रविधिको द्रुत विकासले बालबालिकाका मूल्य, सोच र ध्यान केन्द्रित गर्ने समय नै परिवर्तन गरिरहेको छ। ‘टिकटक’, सोसल मिडिया, मोबाइल गेम्स र भर्चुअल संसारले किशोर–युवती वर्गलाई अत्यन्त संवेदनशील बनाएको छ। अध्ययनले देखाएको छ– विद्यार्थीहरूको ध्यान टिकाउने अवधि घटेको, बहिष्यालय गतिविधिमा बढी भिन्नता देखिने, भर्चुअल चिन्तनमा रहेको, वास्तविक जीवनका शिक्षाप्रति उदासीन बन्दै गएको जस्ता प्रवृत्तिहरू बढेका छन्। यी सामाजिक–सांस्कृतिक परिवर्तन विद्यालयको कक्षाबाटै परावर्ती भइरहेका छन् र गुणस्तरीय शिक्षामा बाटो देखाएर चुनौती थपिरहेका छन्।
गुणस्तरीय शिक्षाका लागि अनुशासनको आवश्यकता
गुणस्तरीय शिक्षा भनेको सिकाइ परिणाम, व्यवहारिक सीप र जैविक साक्षरता मात्र हैन; जीवनका लागि तयार पार्ने क्षमता पनि हो। यी सबै हासिल गर्नका लागि अनुशासन नै पहिलो आधार हो। यदि विद्यार्थी कक्षामा ध्यान दिन सक्दैनन्, गृहकार्य नगर्छन्, मोबाइल वा चट्याङ खेलेर कक्षा बिगार्छन् भने गुणस्तरीय शिक्षा असंभव हुन्छ। स्कूलहरूले गुणस्तर कायम राख्न खोज्दा विद्यार्थी व्यवहारका समस्याले चुनौती दिन्छ। अतः विद्यालयमा सुखद र टिकाउ सिकाइ वातावरण तर्फ लैजान विद्यार्थीबाट अनुशासन र सहभागिता दुवै चाहिन्छ।
समाधान र सुझावहरू
विद्यालय शिक्षा संकट समाधानका लागि बहुआयामिक दृष्टिकोण आवश्यक छ। मुख्यतः शिक्षक, अभिभावक र विद्यालयबीच साझेदारी बलियो बनाउनुपर्छ, विद्यालयमा स्पष्ट नीति बनाउने र लागूपदार्थ रोकथाममा जोड दिनु पर्छ। केही प्रस्तावित उपायहरू यसप्रकार छन्ः
अभिभावक–विद्यालय साझेदारीः
मासिक वा त्रैमासिक अभिभावक पुस्तिका र प्रशिक्षण सत्र सञ्चालन गरी बालविकास, अनुशासन, इन्टरनेट सुरक्षा आदि विषयमा अभिभावकलाई सचेत बनाउनु।
घर–विद्यालय सहकार्य प्रणाली निर्माण गरेर अभिभावकलाई विद्यालय सुधार र समग्र शिक्षणक्रममा सहभागी गराउनु।
विद्यार्थी व्यवहार नीतिः
विद्यालयले स्पष्ट ‘आचरण संहिता’ निमार्ण गरी सबै पालना गर्ने सुनिश्चित गर्नु। नियम उल्लङ्घन गर्ने विद्यार्थीलाई मनोवैज्ञानिक परामर्श वा पुनर्संरचना कार्यक्रम अनिवार्य रूपमा लागू गर्नु।
कक्षा र विद्यालय परिसंघात्मक व्यवस्थापनमा विद्यार्थीलाई संलग्न गराएर जिम्मेवारिता विकास गर्नु।
बालमैत्री शिक्षाको सही व्याख्याः
बालमैत्री शिक्षा भनेको जिम्मेवारीसहितको स्वतन्त्रता हो भन्ने कुरा शिक्षक र अभिभावकलाई बुझाउनु । शिक्षण–प्रशिक्षणमा व्यवहार व्यवस्थापन र सहभागी शिक्षाका प्रविधिहरू समावेश गर्नु। शिक्षकलाई व्यवहारिक प्रशिक्षण दिएर विद्यार्थीको गतिविधि नियमित र सहभागी बनाउने नयाँ तरिका सिकाउनु।
लागुपदार्थ रोकथाम कार्यक्रमः
विद्यालय–समाजहरूमा नियमित ‘एंटी–ड्रग’ तथा नशा विध्वंस सचेतना कार्यक्रम गर्न स्थानीय सरकार, स्वास्थ्य संस्था र प्रहरीको सहकार्य लिनु।
विद्यार्थीहरूलाई स्वस्थ जीवनशैली र वैकल्पिक गतिविधि प्रदान गरेर लागूपदार्थ तर्फ आकर्षण घटाउनु।
कानून र विद्यालयको तालमेलः
शिक्षा ऐन–नियमहरूमा विद्यालय अनुशासनसँग सम्बन्धित प्रावधान तुरुन्त स्पष्ट गर्ने र शिक्षकको समर्थन तथा सुरक्षा सम्वन्धी प्रावधान थप गर्ने।
बाल शिक्षामा सुधार ल्याउन, अभिभावक–विद्यालय जिम्मेवारी स्पष्टसँग तय गर्नु र स्कूलमा पठनपाठनको गुणस्तर मापन तथा प्रतिवेदन प्रणाली लागू गर्नु।
यी उपायहरूले शिक्षक, अभिभावक र विद्यार्थीबीच विश्वास र सहभागितालाई प्रवद्र्धन गरि विद्यालय वातावरणलाई सुरक्षित र गुणस्तरीय बनाउन सहयोग पुग्छ।
निष्कर्ष
गुणस्तरीय शिक्षा र बालमैत्री विद्यालय एकअर्काका पूरक पक्ष हुन्। नेपालमा कानूनले प्रत्येक नागरिकलाई गुणस्तरीय शिक्षा पाउने अधिकार सुनिश्चित गरेको छ । यद्यपि यसको कार्यान्वयनमा विद्यालयको समग्र वातावरणलाई बालमैत्री बनाउनु अनिवार्य छ। अनुशासन, सकारात्मक वातावरण र समुदायको सक्रिय सहभागिताबिना गुणस्तरीय शिक्षा सम्भव हुन सक्दैन। शिक्षकले आत्मबल र प्रतिबद्धता लिएर सिकाइ प्रक्रियामा सहभागी विद्यार्थीलाई प्राथमिकता दिएमा, परिवारले विद्यालयसँग हातेमालो गरेमा र कानूनी व्यवस्थाको सुधार आएमा मात्र नेपालले ‘सबैका लागि गुणस्तरीय शिक्षा’को लक्ष्य हासिल गर्न सक्छ।
सरलमा भन्नुपर्दा– बालमैत्री वातावरण र अनुशासन दुवै एकसाथ अगाडि बढे गुणस्तरीय शिक्षा मात्र सुनिश्चित हुँदैन, बालबालिकाको उज्जवल भविष्य सुनिश्चितहुन्छ। घडीको काँटा जस्तै– विद्यार्थीसँग सहयोगी हात राखेर अगाडि बढ्नुपर्छ, अनि मात्र शिक्षाको यात्रा सफल हुन्छ।
“लेखक भट्ट पृथ्वीनारायण माध्यमिक विद्यालय, धम्पुस (कास्की)का माध्यमिक तह अंग्रेजी विषयका शिक्षक हुन्। शिक्षा, समसामयिक मुद्दा र साहित्यिक चिन्तनमा उनी निरन्तर कलम चलाउँदै आएका छन्।”
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् ।
काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन् । प्रतिनिधि सभा चुनावमा उम्मेदवार बन्न उनले राजीनामा दिएका हुन् ।
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना...
काठमाडौँ - नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले आगामी चुनावमा शेरबहादुर देउवाले...
प्रतिक्रिया