२०८२, माघ, ६
    {
समाज / प्रदेश / सुदूरपश्चिम प्रदेश / समाचार

कृष्णपुरमा अवैध रूपमा सयौँ रुख कटान, मेयर ओझामाथि निर्देशन दिएको आरोप

छानबिनका लागि सव डिभिजनलाई निर्देशन
  • पुलेसो
  • २०८२, मंसिर १६ मंगलबार
कृष्णपुरमा अवैध रूपमा सयौँ रुख कटान, मेयर ओझामाथि निर्देशन दिएको आरोप

महेन्द्रनगर । कञ्चनपुरमा एकै पटक एक सय ३९ रुख कटान गरेर गायब पारिएकाे पाईएकाे छ ।  कृष्णपुर नगरपालिका वडा नम्बर ७ स्थित गौरीघाट सामुदायिक वनबाट एकै पटक अबैध  रुपमा एक ३९ रुख कटान गरी गायब पारिएका हुन् । 
गत मङ्सिर ११ गते बिहीबार दिउँसो २ देखि ४ बजेको समयको बिचमा उक्त रुखहरु अबैधरुपमा धमाधम कटान गरेर गायब पारिएको खुल्नमा आएको डिभिजन वन कार्यालय कञ्चनपुरले बताएको हो ।
उक्त कार्यालयका अनुसार, सामुदायिक वनबाट ११६ खैरका रुख, २२ सिसम र १ कन्जुगरी १३९ रुख काटेर हाल वन क्षेत्रमा मुढा मात्रै छोडिएको छ । 
यद्यपि रुखहरू कटानमा संलग्न व्यक्तिहरूको पहिचान भने भई नसकेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेश चन्द्र डिसीले बताए । तर यहाँको कार्की टोलका ६०–७० जना स्थानीयहरूको समूहले ती रुखहरू काटेर दाउरामा प्रयोग गरेको खुल्नमा आएको डिभिजन वन कार्यालयका प्रमुख चन्द्र  डिसी बताउँछन् । 
यहाँका स्थानीयहरूले उक्त क्षेत्रमा कोरियाली संस्थाको सहयोगमा प्राविधिक शिक्षा अध्ययनका लागि कलेज खोल्न आवश्यक रुखहरू कटान गर्नुपर्ने भएपछि जन  प्रतिनिधिको निर्देशनमा  रुखहरू काटेको बुझ्नमा आएको कार्यालय प्रमुख डिसी बताउँछन् । 
रुख कटानको आदेश दिने जनप्रतिनिधि माथी सोधपुछ भइरहेको उनले बताए । मेयर हेमराज ओझा, वडा वडाध्यक्ष घुम्मन रानासँग वन कार्यालयले साेधपुछ गरेकाे डिभिजन प्रमुख डिसीले बताए । 
प्राविधिक शिक्षालयकाे भवन निर्माणका लागि यस अघि मंसिर १ गते कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा, वडा नम्बर ७ का अध्यक्ष घुम्मन राना सँग कोरियाली संस्थाका प्रतिनिधिहरुले गौरीघाट वन क्षेत्रमा स्थलगत अनुगमन गरेको बुझ्नमा आएको उनले बताए  । 
रुख कटान गरिएपछि डिभिजन वन कार्यालयका प्रमुख डिसीको नेतृत्वमा सोमबार उक्त क्षेत्रमा स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा सामुदायिक वनका पदाधिकारीलाई समेत कुनै जानकारी नदिई अवैध तरिएकाले अराजक समूहले रुख कटान गर्न लगाएको खुल्नमा आएको डिभिजन वन प्रमुख डिसीले बताए  । 
नगर प्रमुख र  वडा अध्यक्षमाथि सोधपुछ
गौरीघाट सामुदायिक वनमा अवैध तरिकारले रुखहरू काटेको विषयमा कृष्णपुर नगरपालिका नगर प्रमुख हेमराज ओझा र वडा नम्बर ७ का अध्यक्ष घुम्मन रानामाथि सोधपुछ भइरहेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ । नगर प्रमुख ओझा र वडा अध्यक्ष रानामाथि सोमबारदेखि नियमितरुपमा सोधपुछ भइरहेको डिभिजन वन कार्यालयका प्रमुख डिसीले बताए  । स्थानीयले भने मेयर ओझाले पालिकासँग कटान आदेश भएकाे भन्दै रुख काट्न माैखिक निर्देशन दिएकाे आरोप लगाएका छन् । 
छानबिनका अनुसन्धान अधिकृत खटाइए 
गौरीघाट सामुदायिक वनमा अबैधतरिकाले एकै पटक १२ दर्जन ठाडो रुखहरू कटान गरेको विषयमा अनुसन्धान गर्न शव डिभिजन वन कार्यालय वाणीका प्रमुख भरत शाहलाई खटाइएको छ । डिभिजन वन कार्यालयले मंगलबार शाहलाई अनुसन्धानका लागि खटाइएको जनाएको हो । तर शाहले भने, उक्त सामुदायिक वनबाट अबैधरुपमा रुखहरू कटान गरिएको विषयमा आफूलाई पुर्वजानकारी नभएको बताए  । अनुसन्धानको जिम्मेवारी पाएकाले यस विषयमा अनुसन्धान गरिने उहाँले बताए ।
कष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले रुख काट्न आफुले आदेश नदिएको बताए । उनले आफुमाथि गलत आरोप लगाएको बताउँदै ‘कटान आदेश पालिकालाई प्राप्त भएको छैन्, यो सामुदायिक वनको जमिनको हो, मैले कटानका लागि कसैलाई आदेश दिने कुरै आउदैँन् ।’
साथै विगतमा पालिककै दुईटा रुख काट्न पनि कटान कटान आदेश लिएको  स्मरण गरे ।
पालिकाले प्राविधिक कलेज  निर्माणका लागि वडा कार्यालय नं. ७ को कार्यालयको पुर्वतर्फको चार बिघाह जमिनका लागि भोगाधिकार लिन मन्त्रालयलाई पत्राचार गरिएको उनले बताए । 
उनका अनुसार गौरी घाट सामुदायिक वनको सो क्षेत्रमा विगत देखि नै स्थानीयले सुकेका रुखहरु काट्दै आएकोले त्यहाँ पुरानाे मुढाहरु समेत रहेकाे मेयर ओझाले दावि गरे ।
२०५६ सालमा अतिक्रमित उक्त जमिनको स्थानीयले संरक्षण गरि सामुदायिक वन बनाएको उनले बताए । 
कृष्णपुर नगरपालिकाले  कोईका संस्थासँगको सहकार्यमा त्यहाँ बहु प्राविधिक शिक्षालय निर्माण गरिरहेको छ । 
कोईकाले बहुप्राविधि शिक्षालयका लागि एक करोड डलर लागतमा आवश्यक पुर्वाधार, मेसिनरी निर्माण तथा खरिद गरि कलेज सञ्चालन सझौता रहेको नगर प्रमुख ओझाको भनाई छ । 

कलेज पुर्ण रुपमा सञ्चालन भएपछि काईकाले नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता रहेको मेयर ओझाले बताए  ।
धनगढी र अत्तरियाबाट समेत नजिक पर्ने भएकोले गौरीघाट क्षेत्र छनौट गरिएको हो । पालिकामा अन्तराष्ट्रिय लगानीमा पहिलो बहु प्राविधिक शिक्षालय स्थापनामा सबैकाे सहयाेग आवश्यक रहेकाले उनले सहयोगका लागि आग्रह गरे ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट...

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् । 

कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने

शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा,...

काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन् । प्रतिनिधि सभा चुनावमा उम्मेदवार बन्न उनले राजीनामा दिएका हुन् । 

शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा, चुनाव लड्ने तयारी

आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना...

आज देशभर उम्मेदवारी दर्ता हुँदै

शेरबहादुर देउवाले चुनाव नलड्ने

काठमाडौँ - नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले आगामी चुनावमा शेरबहादुर देउवाले...

शेरबहादुर देउवाले चुनाव नलड्ने