महेन्द्रनगर । कञ्चनपुरमा मलामी गएका एक युवक डुबेर बेपत्ता भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा ३ तिलकपुरका २८ वर्षीय सनि दमाईं महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार दिउँसो स्थानीय भाइ नाता पर्नेको मलामी गएका दमाईं चिता जलाउने क्रममा नुहाउन गएका बेला भुजेला घाट स्थित महाकाली नदीमा चिप्लिएर बेपत्ता भएका थिए ।
युवक बेपत्ता भएपछि खोजीका लागि शसस्त्र प्रहरी, नेपाल प्रहरी सहितको टोली परिचालित गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रनाउ सागर बोहराले बताए ।
यसअघि गत मङ्सिर ९ गते महाकाली नदीमा पौडी खेल्न गएका बेला बेपत्ता भएका भीमदत्त नगरपालिका–१२, ओदालीका २१ वर्षीय रोशन दमाईको शव बिहिबार बिहान मात्रै फेला परेको थियो ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् ।
काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन् । प्रतिनिधि सभा चुनावमा उम्मेदवार बन्न उनले राजीनामा दिएका हुन् ।
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना...
काठमाडौँ - नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले आगामी चुनावमा शेरबहादुर देउवाले...
प्रतिक्रिया