काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर तथा रजिष्ट्रारको कार्यालयमा एक सातादेखि तालाबन्दी गरेका छन्।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व शान्ति तथा विकास गरी चार विभागको शुल्क घटाउने गरी विद्यार्थीसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै उक्त संगठनका विद्यार्थीले ताला लगाएका हुन्।
ताला लगाएपछि उपकुलपति प्राध्यापक डाक्टर दीपक अर्याल, रजिष्ट्रार प्राडा खड्क केसी र रेक्टर प्राध्यापक केदार रिजाल विभिन्न विभागका कोठाहरूमा बसेर काम गरेका छन्।
उपकुलपति अर्यालले एक सातादेखि त्रिविका विभिन्न ठाउँमा बसेर काम गरेको बताए।
शुल्क घटाउने सहमति कार्यान्वयन गर्ने प्रक्रिया सुरू भए पनि समय लाग्ने भएकाले विद्यार्थीलाई कम शुल्क लाग्ने गरी अरू उपायमा काम अघि बढाइरहेको कुरा बुझाउन खोज्दा खोज्दै पनि ताला लगाएको उनको दाबी छ।
‘शुल्क घटाउने कुरा धेरै प्रक्रिया पु¥याएर मात्र सम्भव हुन्छ। कानुन हेर्नुप¥यो, आर्थिक कुराहरू मिलाउनुपर्ने हुन्छ। त्यसका लागि समय लाग्छ। आजको भोलि हुन्न। १५ दिनअघि मात्र त्यो सम्झौता भएको चिठी कार्यान्वयनमा गएको थियो। विद्यार्थीलाई कम शुल्क तिर्नपर्ने उपायबारे हामीले प्रक्रिया अघि बढाएकै थियौं। यो कुरा बुझाउन खोज्दा ताला मारेर हिँडे। कुरै सुनेनन्। कहिले विभाग कहिले कता बसेर हामीहरूले काम गरेका छौं,’ उनले भने।
एक वर्षअघिसम्म अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व शान्ति तथा विकास अध्ययन सम्बन्धी विभाग थिएन। कार्यक्रमको रूपमा मात्रै सञ्चालन भएका थिए। कार्यक्रमको रूपमा सञ्चालित यी विषयका लागि वर्षको १ लाख ७० हजारभन्दा बढी शुल्क तिर्नुपथ्र्यो। यसमा विद्यार्थीको चासो बढेको देखेपछि त्रिविको कार्यकारीले बैठकले विभाग नै बनाउने निर्णय ग¥यो।
ीबहmष् दबलप
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभाग नै बनाइसकेपछि निजीमा जसरी महँगो शुल्क उठाउन नपाइने, शुल्क घटाएर पढाउनुपर्ने भन्दै विद्यार्थीले माग गरे। क्रान्तिकारी विद्यार्थीहरूले नै नेतृत्व गरेर शुल्क घटाउन एक महिनासम्म अनसनलगायत आन्दोलन गरेपछि त्रिवि प्रशासनले सहमति ग¥यो।
समायोजन गरेर वार्षिक १ लाख १० सम्म बनाउने सहमति भएपछि विद्यार्थीले आन्दोलन स्थगित गरे।
सहमति कार्यान्वयन अहिलेसम्म नभएको भन्दै ज्ञापनपत्र बुझाएको एक हप्तापछि बल्ल ताला लगाएको विद्यार्थीले जनाएका छन्।
त्रिवि उपकुलपति अर्यालका अनुसार विभाग बनाउने निर्णय कार्याकारी तहबाट मात्रै भएको हो।
सिनेटबाट पास भएपछि बल्ल औपचारिकता पाउँछ। अनुदान पनि पाउँछ। त्यसपछि बल्ल शुल्क घटाउने सहमति कार्यान्वयनमा आउँछ।
कार्यालयमा ताला लगाउने मात्र होइन आफूलाई विद्यार्थीले समाजिक सञ्जाल र मोबाइलमै पनि धम्की दिएर मेसेज लेखेको उपकुलपति अर्यालले बताए।
सेतोपाटीले उक्त संगठनको त्रिवि जिल्ला समिति अध्यक्ष दिनेश ऐयरलाई उपरजिष्ट्रार लगायतको कार्यालयमा किन ताला लगाउनु भएको भनेर सोधेका थियौं।
आफूहरूसँग भएको शुल्क घटाउने सम्झौता लागू नभएकाले ताला लगाएको उनले बताए।
हामीले उनलाई सोध्यौं– ताला लगाउने बाहेक अरू कुनै विरोधका उपाय देख्नुभएन?
‘चार वटा कार्यक्रम थिए जो विभागअन्तर्गत् पढाइ हुने भएपछि निजीमा जसरी शुल्क उठाउन पाइन्न, घटाउनुप¥यो भन्ने हाम्रो माग हो। विभाग चलाएको वर्षदिनसम्म शुल्क नघटेपछि हामीले साउनदेखि तेत्तिस दिन शान्तिपूर्ण आन्दोलन गरेका थियौं। त्यो बेला झरीमा रूझ्दै पनि अनसन बस्यौं। त्यसपछि सम्झौता भएको हो। सम्झौतामा भर्ना खुल्नुअघि नै शुल्क घटाउने कुरा भएको थियो। अहिलेसम्म लागू गरेका छैनन्,’ उनले भने, ‘हामीसँग सम्झौता भएपछि त्यसको कार्यान्वयनमा चासो पनि देखाएनन्, त्यसैले हामीले बाध्य भएर अन्तिम उपाय स्वरूप ताला लगाउनुपरेको हो।’
शुल्क घटाउने निर्णय गरेको अर्को दिन लागू हुन्न, कानुनी प्रक्रिया मिलाउनुपर्छ त्यसको लागि समय लाग्छ त्यही पनि हामीले विभिन्न अरू तरिकाले उनीहरू कम शुल्कमा पढ्न पाऊन् भनेर प्रक्रिया मिलाउँदै छौं यो कुरा विद्यार्थी सुन्न चाहन्नन् भन्नुहुन्छ, तपाईंहरू उहाँको कुरा सुन्न चाहनुहुन्न रे नि?
दिनेशले भने, ’हामीसँग सहमति कार्यान्वयनको कुरा के भयो भन्दा डिनले एउटा भन्छन्, रजिष्ट्रारले अर्को अनि उपकुलपतिले अर्कै कुरा गर्छन्। हाम्रो फोनसम्म उठाउँदैनन्। त्यसैले त हामी आन्दोलन गरेका हौं।’
तपाईंलाई कुरा चित्त बुझेन भनेर ताला लगाउन पाउनुहुन्छ त? त्यसले विश्वविद्यालयको वातावरण बिग्रिँदै? फेरि पनि तपाईं शान्तिपूर्ण आन्दोलन नै गर्न सक्नुहुन्थ्यो नि हैन र? भनेर हामीले जिज्ञासा राखेका थियौं।
उनले आफूहरूले बाध्य भएर ताला लगाएको दोहो¥याए।
‘हामी अस्ति झरीमा तेत्तिस दिन अनसन बस्यौं। अब फेरि यो जाडोमा कठ्याङग्रिएर बस्ने? सहमति गरेर लत्याउनेहरू तातो कोठामा बस्ने? कति शान्तिपूर्ण आन्दोलन गर्ने हो र? एक हप्ताअघि हामीले ज्ञापन पत्र बुझायौं कुरा गर्यौं। तलकाले कुरा मिलिसक्यो भन्छ। माथि तलबाट प्रस्ताव आएको छैन भन्छन्। अनि बाध्य भएर अन्तिम विकल्प ताला लगाएको हो।’
हामीले उनलाई उपरजिष्ट्रारलाई धम्की दिएर मेजेस गर्नुभएको ? त्यस्तो गर्न मिल्छ? भनेर पनि सोध्यौं।
उनले आफूले उपरजिष्ट्रारले प्रशासन लगाएर ताला फोड्छु भनेपछि आफूले कुरा गर्न खोज्दा कुरै नसुनेकाले ‘तपाईंले मिडियामा यस्तो बोल्नुभएछ। ठिकै छ तपाईं जे सक्नुहुन्छ गर्नुहोस्, हामी जे सक्छौँ गर्छौं। हामी पनि मिडियामा जान्छौं भनेको हो। धम्की दिएको होइन,’ उनले भने।
तर तपाईंले त सामाजिक सञ्जालमा असभ्य भाषामा जथाभावी आरोप र धम्कीपूर्ण कुरा लेख्नुभएको छ नि? त्यस्तो लेख्न कसरी सक्नुभएको? भनेर पनि सोधेका थियौं।
उनले आफूले त्यो स्टाटस आफ्ना माग नै सुन्न नचाहनेका लागि आक्रोसमा लेखेको तर उपकुलपति लक्षित नभएको बताए।
बन्द, ताला, हड्ताल र गुण्डागर्दी जस्ता कुराले त्रिवि पहिलै बद्नाम भइसकेको र आफ्ना माग शान्तिपूर्ण तरिकाले राख्न पाइने ठाउँ हुँदाहुँदै उही पुरानै बाटो रोजेकोबारे पनि सेतोपाटीले सोधेको थियो।
’हामीले सुरूमै यस्तो रोजेको होइन। उनीहरूले नै बरू धाकधम्की दिने काम गरिरहेका छन्। हामी अरू जस्तो वर्षौंसम्म विद्यार्थी भएर त्रिविमा बस्ने नपढ्ने मान्छे होइनौँ। ए प्लस ल्याएर पास गरेर बसेको छु। विद्यार्थीको हकहितका निम्ति लड्ने हो,’ उनले भने।
भुवन भट्ट/महेन्द्रनगर । कञ्चनपुरमा जेनजी समूहका युवाहरूले आत्मिक प्रतिबद्धता गर्दे सार्वजनिक क्षेत्रमा उठबस गरेका छन् । शुक्रबार साँझ जेनजी समूहका झन्डै ३० बढी किशोर तथा युवाहरूले आत्मिक प्रतिबद्धता गर्दै १०...
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ। गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’अन्तर्गत विनियोजन गरिएको रु एक लाख बजेटबाट...
बागलुङ । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ। सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो। गत वर्षको तुलनामा यस वर्ष रु ४४ लाख...
काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको घोषणा गरेका छन्।
संस्थापन पक्षले आफूमाथि कारबाही गरेको खबर सार्वजनिक भएलगत्तै भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई...
प्रतिक्रिया