काठमाडौं ः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी फुट्न नदिने बताएका छन्।
नेविसंघका केन्द्रीय सदस्यहरूसँग आज निवासमा कुराकानी गर्दै सभापति देउवाले पार्टी एकताबद्ध बनाउने प्रतिबद्धा जनाएका हुन्।
नेविसंघका केन्द्रीय सदस्यहरूले पार्टी एकताका लागि भूमिका खेल्न सभापति देउवालाई आग्रह गरेका थिए।
विशेष महाधिवेशनबारे कांग्रेसभित्र मतभेद छ। यो मतभेद फुटसम्म पुग्न सक्छ भन्ने चर्चा भइरहेको छ।
सभापति देउवालाई भेट्न नेविसंघ केन्द्रीय सदस्यहरू धर्मराज शाही, जगतजंग बिष्ट, विनोद शाही, आशिष देवकोटा, बाबुराम भट्टराई, नवीनराज जोशी, सन्देश तामाङ, राजु पंगेनीलगायत पुगेका थिए।
आफूहरूसँगको कुराकानीमा सभापति देउवाले पार्टीलाई एकढिक्का बनाउन भूमिका खेल्ने बताएको नेता आशिष देवकोटाले सेतोपाटीलाई जानकारी दिए।
‘विगतमा आन्तरिक विवाद र झगडाकै कारण पार्टीले भोग्नुपरेको फुटको पीडादायी अनुभव स्मरण गराउँदै यस्ता अवस्थाबाट समयमै सचेत हुन आवश्यक रहेको हामीले कुरा राख्यौं,’ उनले भने, ‘पार्टीभित्र बढ्दै गएको असमझदारीले संगठनात्मक एकतालाई कमजोर बनाउने खतरा छ। सभापतिज्यूले एकताबद्ध राख्न भूमिका खेल्नुपर्छ।’
जबाफमा सभापति देउवाले पार्टी नफुट्ने र एकताबद्ध रहने कुरा गरेका थिए।
‘वर्तमान राजनीतिक चुनौतीको सामना गर्न नेपाली कांग्रेस पार्टीलाई एकढिक्का बनाएर संवाद, सहकार्य र मेलमिलापको प्रक्रियामार्फत अघि बढ्नुपर्छ,’ सभापति देउवाको भनाइ उद्धृत गर्दै उनले भने।
सभापति देउवाले पार्टीमा विभाजन हुन नदिने र आफूले सबैसँग कुराकानी गरेर मिलाउने कुरा गरेका थिए।
अधिकांश संस्थापन पक्षको विरोधबीच पुस २७ र २८ गते कांग्रेस विशेष महाधिवेशन हुँदैछ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार विधान कार्यान्वयन गर्न भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन्।
भुवन भट्ट/महेन्द्रनगर । कञ्चनपुरमा जेनजी समूहका युवाहरूले आत्मिक प्रतिबद्धता गर्दे सार्वजनिक क्षेत्रमा उठबस गरेका छन् । शुक्रबार साँझ जेनजी समूहका झन्डै ३० बढी किशोर तथा युवाहरूले आत्मिक प्रतिबद्धता गर्दै १०...
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ। गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’अन्तर्गत विनियोजन गरिएको रु एक लाख बजेटबाट...
बागलुङ । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ। सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो। गत वर्षको तुलनामा यस वर्ष रु ४४ लाख...
काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको घोषणा गरेका छन्।
संस्थापन पक्षले आफूमाथि कारबाही गरेको खबर सार्वजनिक भएलगत्तै भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई...
प्रतिक्रिया