२०८२, माघ, १८
    {
सुरक्षा/अपराध / समाचार

क्रमिकले १६ थान सिमकार्ड चलाएपछि पक्राउ

  • पुलेसो
  • २०८२, पुष २५ शुक्रबार
क्रमिकले १६ थान सिमकार्ड चलाएपछि पक्राउ

काठमाडौँ । आन्तरिक राजस्व विभागबाट जारी भएको स्थायी लेखा नम्बर (प्यान) लगायतका कागजातको दुरुपयोग गरी आर्थिक कारोबार गर्ने १९ वर्षीया क्रमिक उप्रेती पक्राउ परेका छन् । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार उनले वाइड–स्पेस इन्टरनेसनल प्रालिका नाममा जारी भएको प्यान नम्बर लगायतका कागजातको दुरुपयोग गरी ईसेवा मर्चेन्ट वालेट र ईसेवा वालेट खोली गैरकानुनी रुपमा ईसेवा मचेन्ट आईडीबाट ५६ लाख ३३ हजार ६०३ रुपियाँ र ईसेवाबाट ५६ लाख ३१ हजार ६०३ रुपियाँ बराबरको कारोबार गरेको खुल्न आएको छ । प्रहरीकाअनुसार काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं. ७ स्थायी वतन भएका उप्रेतीलाई  पक्राउ गरी बैकिङ कसुर र सट्टेबाजीजन्य कसुरमा आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ । 

उनीसँगै ल्यापटप एक थान, विभिन्न मोेडेलका मोबाइल दुई थान, एनसेल सिम कार्ड १६ थान, नमस्ते सिम कार्ड तीन थान, स्मार्ट सिम कार्ड एक थान, पेन ड्राइभ एक थान र मेमोरी कार्ड एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

कञ्चनपुरमा जेनजी युवाले मागे माफी

भुवन भट्ट/महेन्द्रनगर ।  कञ्चनपुरमा जेनजी समूहका युवाहरूले आत्मिक प्रतिबद्धता गर्दे सार्वजनिक क्षेत्रमा उठबस गरेका छन् । शुक्रबार साँझ जेनजी समूहका झन्डै ३० बढी किशोर तथा युवाहरूले आत्मिक प्रतिबद्धता गर्दै १०...

कञ्चनपुरमा जेनजी युवाले मागे माफी

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते...

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ। गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’अन्तर्गत विनियोजन गरिएको रु एक लाख बजेटबाट...

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि,...

बागलुङ । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ। सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो। गत वर्षको तुलनामा यस वर्ष रु ४४ लाख...

मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, २६ करोड ९० लाखको बिक्री

देउवा नेतृत्वको केन्द्रीय समिति भंग भइसक्यो,...

काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको घोषणा गरेका छन्।

संस्थापन पक्षले आफूमाथि कारबाही गरेको खबर सार्वजनिक भएलगत्तै भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई...

देउवा नेतृत्वको केन्द्रीय समिति भंग भइसक्यो, अब नयाँ नेतृत्व आउँछः गगन