२०८२, माघ, १८
    {
खेलकुद / समाचार

आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट ः नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित

  • पुलेसो
  • २०८२, पुष २५ शुक्रबार
आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट ः नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित

काठमाडौँ । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट खेलको तयारीका लागि खेलिएको अभ्यास खेलमा नेपाल पाहुना टोली स्कटल्यान्डसँग पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भयो । जितका लागि स्कटल्यान्डले दिएको एक सय ८४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५६ रनमा समेटिएको थियो । 

नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन बनाउनुभयो । यस्तै कविता कुँवरले अविजित २९, कप्तान इन्दु बर्माले २८ र कविता जोशीले २२ रन जोड्नुभयो । 

बलिङमा स्कटल्यान्डका लागि डार्सी कार्टरले तीन विकेट लिनुभयो । यस्तै क्याथरिन ब्रिस, ओलिभिया बेल र चोल अबेलले एक एक विकेट झार्नुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ८३ रन बनाएको थियो । स्कटल्यान्डका लागि क्याथरिन ब्रिसले अविजित ६२ रन बनाउनुभयो ।

यस्तै प्रियानाज चटर्जीले अविजित ४० रन जोड्नुभयो । बलिङमा नेपालकी रुबिना क्षेत्री र कविता कुँवरले दुई दुई तथा रिया शर्मा र रचना चौधरीले एक एक विकेट लिनुभयो । 

जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म त्रिवि मैदान कीर्तिपुर र मुलपानीमा हुने ग्लोबल छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालले छनोटको पहिलो खेल जनवरी १८ तारिख थाइल्यान्डसँग खेल्ने छ ।

यस समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाब्वे र नेदरल्यान्ड्स रहेको छ । छनोटका खेलहरू त्रिवि मैदान र मुलपानी क्रिकेट मैदानमा हुने छ । छनोटका लागि नेपाली टोलीको घोषणा भईसकेको छ । 

१० देशको सहभागिता रहने छनोट खेलको समूह ‘ए’ मा बङ्गलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी (पिएनजी), नामिबिया र अमेरिका रहेको छ । नेपालले दोस्रो खेल जनवरी २२ मा नेदरल्यान्ड्स, जनवरी २४मा जिम्बावे र अन्तिम खेल जनवरी २६मा स्कटल्यान्डसँग खेल्ने छ ।

 

छनोट खेलको शीर्ष चार टोलीले सन् २०२६ को जुन १२ देखि जुलाई ५ तारिखसम्म इङल्यान्ड र वेल्समा हुने आइसिसी महिला टी–२० विश्वकपमा छनोट हुने छन् । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

कञ्चनपुरमा जेनजी युवाले मागे माफी

भुवन भट्ट/महेन्द्रनगर ।  कञ्चनपुरमा जेनजी समूहका युवाहरूले आत्मिक प्रतिबद्धता गर्दे सार्वजनिक क्षेत्रमा उठबस गरेका छन् । शुक्रबार साँझ जेनजी समूहका झन्डै ३० बढी किशोर तथा युवाहरूले आत्मिक प्रतिबद्धता गर्दै १०...

कञ्चनपुरमा जेनजी युवाले मागे माफी

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते...

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ। गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’अन्तर्गत विनियोजन गरिएको रु एक लाख बजेटबाट...

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि,...

बागलुङ । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ। सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो। गत वर्षको तुलनामा यस वर्ष रु ४४ लाख...

मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, २६ करोड ९० लाखको बिक्री

देउवा नेतृत्वको केन्द्रीय समिति भंग भइसक्यो,...

काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको घोषणा गरेका छन्।

संस्थापन पक्षले आफूमाथि कारबाही गरेको खबर सार्वजनिक भएलगत्तै भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई...

देउवा नेतृत्वको केन्द्रीय समिति भंग भइसक्यो, अब नयाँ नेतृत्व आउँछः गगन