महेन्द्रनगर । स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कञ्चनपुरको बेलौरीमा माघी महोत्सव आयोजना गरिएको छ । शनिवारदेखि बेलौरीको खुलामञ्चमा “राष्ट्रिय एकता व विविधता हमार शान, थारु भाषा, संस्कृति बचैना हमार अभियान” नाराका साथ बेलौरी नगर भलमन्सा समितिले माघी महोत्सवको आयोजना गरेको हो ।
थारू समुदायले यस वर्ष थारू सम्वत २६४९ को माघी पर्व भव्य रूपमा मनाउने तयारी गरेको जनाएको छ । सोही अवसरमा महोत्सवको आयोजना गरिएको बेलौरी नगर भलमन्सा समितिका अध्यक्ष अमर चौधरीले बताए ।
महोत्सवमा थारू समुदायको संस्कृति झल्कने पहिचान, थारू परम्परागत खानाका परिकार, थारू समुदायले विगतमा प्रयोग गर्दै आइरहेका सामग्रीहरूको प्रदर्शनी, सांस्कृतिक कार्यक्रममा सखिया, झुम्रा, मघौटा, तथा रानाथारु समुदायको होरी नाच लगायत प्रस्तुति हुनेगरेको उनले बताए ।
यसैगरी, माघी पर्वलाई थारू र मगर समुदायको मौलिक पहिचान, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइँदै आएको उनले बताए । महोत्सवको माध्यमबाट सामाजिक एकता मजबुत बनाउनुका साथै स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्धनमा टेवा पुग्ने अपेक्षा गरिएको बेलौरी नगर भलमन्सा समितिका अध्यक्ष चौधरीले बताए ।
बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले माघीमा प्रत्येक वर्ष गाउँ–टोलमा नयाँ भलमन्सा चयन गर्ने प्रचलन रहिआएकाले यस पर्वले थारू समुदायको ऐतिहासिक संस्कार, जीवनशैली र सांस्कृतिक सम्पदालाई भावीपुस्तासम्म हस्तान्तरण गर्न महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको बताए ।
महोत्सवमा रक्तदानका साथै थारू समुदायको मौलिक कला, संस्कृति तथा पहिचान झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिँदैआएको छ । उपप्रमुख चौधरीले थारू समुदायको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले नगरभित्र बसोबास गर्ने सबै जातजातिको मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्धनलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए । गोरखापत्रबाट
भुवन भट्ट/महेन्द्रनगर । कञ्चनपुरमा जेनजी समूहका युवाहरूले आत्मिक प्रतिबद्धता गर्दे सार्वजनिक क्षेत्रमा उठबस गरेका छन् । शुक्रबार साँझ जेनजी समूहका झन्डै ३० बढी किशोर तथा युवाहरूले आत्मिक प्रतिबद्धता गर्दै १०...
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ। गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’अन्तर्गत विनियोजन गरिएको रु एक लाख बजेटबाट...
बागलुङ । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ। सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो। गत वर्षको तुलनामा यस वर्ष रु ४४ लाख...
काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको घोषणा गरेका छन्।
संस्थापन पक्षले आफूमाथि कारबाही गरेको खबर सार्वजनिक भएलगत्तै भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई...
प्रतिक्रिया