२०८२, माघ, १८
    {
खेलकुद / समाचार

टी–२० विश्वकप खेल्न भारत नजाने बंगलादेशको अडानलाई पाकिस्तानको समर्थन

  • पुलेसो
  • २०८२, माघ ७ बुधबार
टी–२० विश्वकप खेल्न भारत नजाने बंगलादेशको अडानलाई पाकिस्तानको समर्थन

काठमाडौं । आगामी महिनादेखि भारत र श्रीलंकामा हुने आइसीसी टी–२० विश्वकप क्रिकेटमा दुई देशको विवादका कारण भारत नजाने बंगलादेशको अडानलाई पाकिस्तानले समर्थन जनाएको छ । उक्त विषयमा आइसीसीले निर्णय लिनुअघि पाकिस्तानले आइसीसीलाई पत्र लेख्दै भारतमा खेल्न नचाहने बीसीबीको अडानलाई समर्थन गर्ने बताएको ईएसपीएन क्रिकइन्फोले जनाएको छ ।
भारतमा सुरक्षा चिन्ताका कारण बंगलादेशका खेलहरू श्रीलंकामा सार्न बंगलादेशी क्रिकेट बोर्ड (बीसीबी) ले अडान लिँदै आएको छ । आईसीसीले भने टूर्नामेन्टको तालिका पहिले नै सार्वजनिक भइसकेको भन्दै निर्णयमा कुनै पूनर्विचार गरेको छैन ।
भारत र बंगलादेशको विवाद कोलकाता नाइट राइडर्स (केकेआर) ले बंगलादेशका तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई आईपीएल २०२६ को टोलीबाट हटाएपछि सुरुआत भएको हो । बीसीआईको निर्देशनमा यो कदम चालिएको थियो, जसको कारण स्पष्ट गरिएको छैन, तर दुई देशबीचको सम्बन्ध हालै तनावपूर्ण बनेको छ ।

मुस्ताफिजुर हटाइएपछि बंगलादेश सरकारले देशमा आईपीएलको प्रसारण प्रतिबन्ध लगायो र बीसीबीले आईसीसीलाई पत्र लेख्दै विश्वकपका खेलहरू भारतमा नखेल्ने बताउँदै आएको छ ।
टि–२० विश्वकप भारत र श्रीलंकामा फेब्रुअरी ७ बाट सुरु हुँदैछ । बंगलादेशको समूह चरणका पहिलो तीन खेल कोलकातामा र अन्तिम खेल मुम्बईमा हुने तालिका छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

कञ्चनपुरमा जेनजी युवाले मागे माफी

भुवन भट्ट/महेन्द्रनगर ।  कञ्चनपुरमा जेनजी समूहका युवाहरूले आत्मिक प्रतिबद्धता गर्दे सार्वजनिक क्षेत्रमा उठबस गरेका छन् । शुक्रबार साँझ जेनजी समूहका झन्डै ३० बढी किशोर तथा युवाहरूले आत्मिक प्रतिबद्धता गर्दै १०...

कञ्चनपुरमा जेनजी युवाले मागे माफी

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते...

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ। गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’अन्तर्गत विनियोजन गरिएको रु एक लाख बजेटबाट...

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि,...

बागलुङ । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ। सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो। गत वर्षको तुलनामा यस वर्ष रु ४४ लाख...

मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, २६ करोड ९० लाखको बिक्री

देउवा नेतृत्वको केन्द्रीय समिति भंग भइसक्यो,...

काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको घोषणा गरेका छन्।

संस्थापन पक्षले आफूमाथि कारबाही गरेको खबर सार्वजनिक भएलगत्तै भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई...

देउवा नेतृत्वको केन्द्रीय समिति भंग भइसक्यो, अब नयाँ नेतृत्व आउँछः गगन