२०८२, माघ, १८
    {

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्टि गरेपछि...

  • पुलेसो
  • २०८२, माघ १३ मंगलबार
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्टि गरेपछि...

सिरहा । लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले अन्त्येष्टि गरिएको छ । जिल्लाको गोलबजार नगरपालिका–३ जम्दहकी १६ वर्षीया निशा बानियाँको शव अस्पतालबाटै अर्कै परिवारले लिएर अन्त्येष्टि गरेको हो ।
त शनिवार आत्महत्या गरेको भनिएकी बानियाँको शव ‘पोष्टमार्टम’ का लागि प्रादेशिक अस्पतालमा राखिएको थियो, तर अस्पतालले अर्कै परिवारलाई शव बुझायो ।
रोजगारीको सिलसिलामा विगत दुई वर्षदेखि भारतको मुम्बईमा रहेका मृतकका आमाबुवा छोरीको मृत्युको खबर सुनेलगत्तै नेपाल फर्किए । आज बिहान छोरीको अन्तिम संस्कारका लागि शव लिन अस्पताल पुग्दा त्यहाँ शव फेला पारेनन् ।
अस्पताल प्रशासनसँग बुझ्दा सोही समयमा सप्तरीकी अर्की एक समान उमेरकी किशोरीको शव परीक्षणका लागि अस्पतालमा राखिएको र ती किशोरीका परिवारले आइतबार झुक्किएर शव लिएको र सोही दिन अन्त्येष्टिसमेत गरिसकेको खुलेको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले शव राख्ने क्रममा ‘कोडिङ’ नगरिएका कारण कर्मचारीबाट गल्ती भएको स्वीकार गरेका छन् । उनले भने, ‘यो अस्पताल प्रशासनको गम्भीर लापरबाही हो, यसको छानबिन गरी दोषीलाई कारबाही गर्नेछौँ ।’
छोरीको अन्तिम पटक मुख देख्नसमेत नपाएपछि मृतकका बुबा पूर्णबहादुर बानियाँ भावविह्वल भएका छन् । उनले भने, ‘छोरीलाई समयमै बचाउन सकिएन, सास हुँदा देख्न पनि पाइएन, कम्तीमा लास त हेर्न पाइएला कि भनेर अर्को देशबाट आयौँ तर अस्पतालको लापर्बाहीले त्यो पनि सम्भव भएन ।’
शव हराएको विरोधमा आक्रोशित आफन्त र स्थानीयले इलाका प्रहरी कार्यालय गोलबजार घेराउ गर्नुका साथै लहान अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन् । त्यसक्रममा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी दोषीलाई कारबाही र न्यायको मागसमेत गरेका छन् ।
 

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार पीडित परिवार, अस्पताल प्रशासन र सरोकार भएका पक्षबीच वार्ताको तयारी भइरहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Pageutter
HARBOUR
Pageutter
Pageutter
Pageutter
Pageutter

छुटाउनुभयो कि?

कञ्चनपुरमा जेनजी युवाले मागे माफी

भुवन भट्ट/महेन्द्रनगर ।  कञ्चनपुरमा जेनजी समूहका युवाहरूले आत्मिक प्रतिबद्धता गर्दे सार्वजनिक क्षेत्रमा उठबस गरेका छन् । शुक्रबार साँझ जेनजी समूहका झन्डै ३० बढी किशोर तथा युवाहरूले आत्मिक प्रतिबद्धता गर्दै १०...

कञ्चनपुरमा जेनजी युवाले मागे माफी

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते...

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ। गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’अन्तर्गत विनियोजन गरिएको रु एक लाख बजेटबाट...

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि,...

बागलुङ । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ। सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो। गत वर्षको तुलनामा यस वर्ष रु ४४ लाख...

मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, २६ करोड ९० लाखको बिक्री

देउवा नेतृत्वको केन्द्रीय समिति भंग भइसक्यो,...

काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको घोषणा गरेका छन्।

संस्थापन पक्षले आफूमाथि कारबाही गरेको खबर सार्वजनिक भएलगत्तै भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई...

देउवा नेतृत्वको केन्द्रीय समिति भंग भइसक्यो, अब नयाँ नेतृत्व आउँछः गगन