०७ वैशाख, २०८१
    {
विजनेस / शिक्षा/स्वास्थ्य / समाचार

घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउँदै आएका छौँ : वीर अस्पताल

  • पुलेसो
  • २०७९ भदौ २८ मंगलबार
घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउँदै आएका छौँ : वीर अस्पताल

काठमाडौ - वीर अस्पतालले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरेको जनाएको छ ।

काठमाडौँ महानगरपालिकाले वीर अस्पतालले पनि घरबहाल कर नबुझाएको भन्ने सूचना सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै राजस्व कार्यालयमा गएर विवरण हेर्न सकिने जनाएको हो । महानगरले यस्तो तथ्य सार्वजनिक गर्नुअघि पत्र लेखेको भए यस विषयमा जानकारी गराइने उल्लेख गदै वीर अस्पतालका सूचना अधिकारी सागर मिश्रले संवेदनशील संस्थाका विषयमा गलत तथ्य बाहिर ल्याएको बताए।

“स्थानीय तह सञ्चालन ऐन आउनुअघिदेखि वीर अस्पतालले राजस्व कार्यालयमा कर दाखिला गर्दै आएकामा अहिले पनि त्यसै गरिरहेका छौँ, राजस्व कार्यालयमा बुझाउने कर महानगरपालिकामा परिवर्तन गर्न पत्र नआएका कारण पहिले जसरी नै तिरेको देखिन्छ”, उनले भने ।दैनिक करिब दुई हजार पाँच सय बिरामी आउने गरेको अस्पतालले जनाएको छ । धेरै बिरामी चापका कारण त्यसको व्यवस्थापनमै कर्मचारी व्यस्त हुने गरेको उल्लेख गर्नुहुँदै सूचना अधिकारी मिश्रले स्थानीय केन्द्र सरकारलाई बुझाइरहेको कर स्थानीय सरकारलाई बुझाउने विषयमा अस्पष्टताका कारण यस्तो भएको हुनसक्ने सुनाए ।

वीर अस्पतालको भवनमा विसं २०७२ देखि फार्मेसी सञ्चालन गर्दै आएका नवराज खनाल घरबहाल कर अस्पताललाई नै बुझाउने गरेको बताउनुहुन्छ । महानगरपालिकाले घरबहाल कर नपाएको सूचना सार्वजनिक गरेपछि आफूहरूले पनि यस विषयमा अस्पताल प्रशासनलाई जानकारी गराएको उनले सुनाए । अस्पतालसँग वार्षिक सम्झौता गरी भाडा र कर बुझाउने गरेको व्यवसायी बताउँछन् ।

 

 

 

अव्यवस्थित अस्पताल

अस्पतालमा उपचारका लागि आउने बिरामीले भने वीर अस्पताल अव्यवस्थित भएको गुनासो गरेका छन् । टिकट लिने स्थल, प्रयोगशाला र बहिरङ्ग विभागसमेत अस्तव्यस्त रहेको उपचारका लागि आएका नुवाकोटका आइते तामाङले गुनासो गरे । अस्पताल पहिलेभन्दा अव्यवस्थित भएको उनको भनाइ छ ।

नयाँ बनेको भवन विसं २०७८ असारमा उद्घाटन गरेको शिलालेख रहेकामा भित्रका संरचना बिग्रिएको भेटिएको छ । नयाँ बनेको अस्पताल भवनको शौचालयमा पानीको धारा भाँचिएको, पानी पास नहुनेलगायत समस्या देखिएको बिरामीका आफन्तको गुनासो छ । सूचना अधिकारी मिश्र भने बिरामी र सँगै आउने गरी दैनिक करिब छ हजार मानिसको आवतजावत हुने गरेकाले अव्यवस्थित भएको हुनसक्ने बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

प्रधानमन्त्रीसँग असार ८ गते प्रतिनिधिसभामा प्रत्यक्ष...

काठमाडौँ - प्रतिनिधिसभामा यही असार ८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि मिति...

प्रधानमन्त्रीसँग असार ८ गते प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर हुने

नेपाललाई अमेरिकाले दियो २०८ रनको लक्ष्य

काठमाडाैं - आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ।
नेपाललाई अमेरिकाले दियो २०८ रनको लक्ष्य