१५ चैत, २०८०
    {
समाज / समाचार

नेपालमा दुई आयोजना सञ्चालनका लागि दक्षिण कोरियाको करिब दुई अर्ब अनुदान सहयोग

  • पुलेसो
  • २०७९ असोज ०७ शुक्रबार
नेपालमा दुई आयोजना सञ्चालनका लागि दक्षिण कोरियाको करिब दुई अर्ब अनुदान सहयोग

काठमाडौं -  दक्षिण कोरिया सरकारले नेपालमा दुई आयोजना सञ्चालनका लागि करिब दुई अर्ब अनुदान सहयोग प्रदान गर्ने भएको छ ।

कोरियामा काम गरि फर्केका नेपाली कामदारहरूलाई स्थिर पुनः एकीकरण गर्न सहयोग गर्ने र नेपाल प्रहरीको साइवर ब्युरोलाई सुदृढीकरणका लागि दुई छुट्टाछुट्टै आयोजना सञ्चालन गर्नका लागि सो अनुदान रकम खर्च गरिने छ ।दुई आयोजना सञ्चालन सम्बन्धी समझदारी पत्रमा शुक्रवार अर्थ मन्त्रालयमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि दक्षिण कोरियाका राजदूत चोड। सुक पार्कले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार कोरियामा आप्रवासी भई नेपाल फर्केका नेपाली कामदारहरूको स्थिर पुनर्मिलनका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने र नेपाल प्रहरीको क्षमता अभिवृद्धि सहितको साइबर ब्युरो स्थापना गरिने छ ।कोरियामा आप्रवासी भई नेपाल फर्केका नेपाली कामदारहरूको स्थिर पुनर्मिलनका लागि स्थापना हुने आयोजनाले नेपालको सामाजिक आर्थिक विकासमा योगदान पुर्‍याउने र कोरियाबाट फर्केका कामदारहरूको पुनर्मिलन मार्फत क्षमता अभिवृद्धि गरी रोजगारी अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । 

आयोजनाले कोरियामा आप्रवासी भई नेपाल फर्किएका कामदारबीच सूचनाको पहुँच वृद्धि गर्न र कृषि विकास बैङ्क मार्फत आर्थिक सहयोगमा पहुँच बढाउनका लागि सकारात्मक चक्र एवं समर्थन प्रणाली सिर्जना गरिनेछ ।

 

त्यसैगरी साइवर ब्युरो परियोजनाको माध्यमबाट नेपाल प्रहरीको साइबर अपराध विरुद्धको क्षमतालाई सुदृढ गरी साइबर ब्युरोको भवन निर्माण, सम्बन्धित उपकरण र डिजिटल फरेन्सिक ल्याब स्थापना गरी नेपाल प्रहरीको क्षमता अभिवृद्धि गरिनेछ दुवै आयोजनाहरू नेपाल सरकारका सम्वद्ध मन्त्रालय, अन्य सरकारी निकायहरू र कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था कोइकाको सहकार्य र समन्वयमा कार्यान्वयन हुनेछन् । 

समझदारी पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा अर्थ सचिव कृष्णहरी पुष्करले साइबर अपराध सम्बन्धी घटनाहरूलाई नियन्त्रण गर्न साइबर ब्युरोलाई सक्षम बनाउन तथा कोरियामा काम गरी फर्केका नेपाली कामदारहरूलाई समाजमा पुनर्स्थापित गरी रोजगारी वृद्धि गर्न सहयोग गर्ने बताए। 

नेपालका लागि दक्षिण कोरियाका राजदूत चोड।सुक पार्कले सहयोगले नेपाल प्रहरीको साइबर अपराध अनुसन्धान प्रक्रियालाई सहयोग गर्न तथा कोरियाबाट फर्केका कामदारले आ-आफ्नो सिपलाई उपयोग गरी उद्यम स्थापनामार्फत रोजगारी सिर्जना गर्न सहयोग हुने बताए ।  

प्रतिक्रिया

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

‘रवि लामिछानेको मुद्दा एकैदिनमा फैसला हुने,...

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संविधानले दिएको मौलिक हकको कार्यान्वयन गर्न कानुन बनाउनका लागि दलहरू चुक्दा हजारौं नेपालीहरू नागरिकताविहीन हुनुपरेको बताएका छन् ।

बुधबार प्रतिनिधि...

‘रवि लामिछानेको मुद्दा एकैदिनमा फैसला हुने, अरूको मुद्दामा वर्षौं लाग्ने?,’

विश्वकप छनोटमा सन्दीपले नेपाललाई दिलाए तेस्रो...

काठमाडौं - स्पिनर सन्दीप लामिछनेले आईसीसी विश्वकप छनोटमा पहिलो विकेट लिएका छन् ।

जारी वेस्ट इन्डिजविरुद्धको खेलमा उनले ओपनर ब्रान्डन किङलाई आउट गर्दै नेपाललाई तेस्रो...

विश्वकप छनोटमा सन्दीपले नेपाललाई दिलाए तेस्रो सफलता