२०८२, माघ, १८
    {
समाज / प्रदेश / सुदूरपश्चिम प्रदेश / समाचार

वेदकोटमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौँट प्रतियोगिता सम्पन्न

  • देवराज सावद
  • २०८२, पुष २९ मंगलबार
वेदकोटमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौँट प्रतियोगिता सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौँट प्रतियोगिता सम्पन्न भएको छ । गत २५ गतेदेखि “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ बेदकोटमा आयोजित छैठौँ वेदकोट नगरस्तरीय तथा १६ औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबार सम्पन्न भएको हो । भुवनेस्वरी माध्यमिक विद्यालय सिसैयामा आयोजना गरिएको नगरस्तरिय राष्ट्रपति छनौँट प्रतियोगिताको मंगलबार समापन गरिएको हो । 

प्रतियोगितामा २६ स्वर्ण पदक जित्दै बैजनाथ माध्यमिक विद्यालय जडेपानीले प्रथम स्थान हासिल गरेको छ ।  बैजनाथ माविले लगातार तेस्रो वर्ष प्रथम स्थान हासिल गरेको वेदकोट नगरपालिका खेलकुद समितिका अध्यक्ष प्रजापति भट्टले बताए । त्यसैगरी, ६ स्वर्णसहित भुवनेश्वरी माध्यमिक विद्यालय सिसैया द्वितीय र ५ स्वर्णसहित उदयदेव माध्यमिक विद्यालय सुन्दरपुर तृतीय भएका छन्।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका नगर प्रमुख भोजराज बोहराले खेलकुदले विद्यार्थीको शारीरिक र मानसिक विकास मात्र नभई राष्ट्रको नाम विश्वभर फैलाउन मद्दत पुऱ्याउने बताए । आगामी दिनमा उत्कृष्ट खेलाडीहरूलाई प्रोत्साहित गर्न र खेल पूर्वाधार विकासमा कुनै कसर बाँकी नराख्ने उनले प्रतिबद्धता जनाए । 

साथै, यस वर्षको जिल्ला स्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समेत  यसै भुवनेस्वरी माध्यमिक विद्यालय सिसैयामा  आयोजन गरिने बताइएको छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

कञ्चनपुरमा जेनजी युवाले मागे माफी

भुवन भट्ट/महेन्द्रनगर ।  कञ्चनपुरमा जेनजी समूहका युवाहरूले आत्मिक प्रतिबद्धता गर्दे सार्वजनिक क्षेत्रमा उठबस गरेका छन् । शुक्रबार साँझ जेनजी समूहका झन्डै ३० बढी किशोर तथा युवाहरूले आत्मिक प्रतिबद्धता गर्दै १०...

कञ्चनपुरमा जेनजी युवाले मागे माफी

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते...

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ। गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’अन्तर्गत विनियोजन गरिएको रु एक लाख बजेटबाट...

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि,...

बागलुङ । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ। सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो। गत वर्षको तुलनामा यस वर्ष रु ४४ लाख...

मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, २६ करोड ९० लाखको बिक्री

विशेष महाधिवेशन सकेर पूर्वसभापति देउवाको आशीर्वाद...

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन सकेर शेरबहादुर देउवाको आशीर्वाद लिन जानुपर्ने बताएका छन्।

बुधबार भृकुटीमण्डपमा विशेष महाधिवेशनस्थलबाट बोल्दै उनले देउवाको आशीर्वाद लिन जानुपर्ने भएकाले कसैलाई पनि...

विशेष महाधिवेशन सकेर पूर्वसभापति देउवाको आशीर्वाद लिन जानुछ– गगन थापा