महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौँट प्रतियोगिता सम्पन्न भएको छ । गत २५ गतेदेखि “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ बेदकोटमा आयोजित छैठौँ वेदकोट नगरस्तरीय तथा १६ औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबार सम्पन्न भएको हो । भुवनेस्वरी माध्यमिक विद्यालय सिसैयामा आयोजना गरिएको नगरस्तरिय राष्ट्रपति छनौँट प्रतियोगिताको मंगलबार समापन गरिएको हो ।
प्रतियोगितामा २६ स्वर्ण पदक जित्दै बैजनाथ माध्यमिक विद्यालय जडेपानीले प्रथम स्थान हासिल गरेको छ । बैजनाथ माविले लगातार तेस्रो वर्ष प्रथम स्थान हासिल गरेको वेदकोट नगरपालिका खेलकुद समितिका अध्यक्ष प्रजापति भट्टले बताए । त्यसैगरी, ६ स्वर्णसहित भुवनेश्वरी माध्यमिक विद्यालय सिसैया द्वितीय र ५ स्वर्णसहित उदयदेव माध्यमिक विद्यालय सुन्दरपुर तृतीय भएका छन्।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका नगर प्रमुख भोजराज बोहराले खेलकुदले विद्यार्थीको शारीरिक र मानसिक विकास मात्र नभई राष्ट्रको नाम विश्वभर फैलाउन मद्दत पुऱ्याउने बताए । आगामी दिनमा उत्कृष्ट खेलाडीहरूलाई प्रोत्साहित गर्न र खेल पूर्वाधार विकासमा कुनै कसर बाँकी नराख्ने उनले प्रतिबद्धता जनाए ।
साथै, यस वर्षको जिल्ला स्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समेत यसै भुवनेस्वरी माध्यमिक विद्यालय सिसैयामा आयोजन गरिने बताइएको छ ।
भुवन भट्ट/महेन्द्रनगर । कञ्चनपुरमा जेनजी समूहका युवाहरूले आत्मिक प्रतिबद्धता गर्दे सार्वजनिक क्षेत्रमा उठबस गरेका छन् । शुक्रबार साँझ जेनजी समूहका झन्डै ३० बढी किशोर तथा युवाहरूले आत्मिक प्रतिबद्धता गर्दै १०...
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ। गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’अन्तर्गत विनियोजन गरिएको रु एक लाख बजेटबाट...
बागलुङ । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ। सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो। गत वर्षको तुलनामा यस वर्ष रु ४४ लाख...
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन सकेर शेरबहादुर देउवाको आशीर्वाद लिन जानुपर्ने बताएका छन्।
बुधबार भृकुटीमण्डपमा विशेष महाधिवेशनस्थलबाट बोल्दै उनले देउवाको आशीर्वाद लिन जानुपर्ने भएकाले कसैलाई पनि...
प्रतिक्रिया