२०८२, माघ, १८
    {
राजनीति / समाचार

कञ्चनपुरका तीनै क्षेत्रमा उम्मेदवारी दर्तापछि एमाले चुनावी तयारीमा होमियो

  • देवराज सावद
  • २०८२, माघ ७ बुधबार
कञ्चनपुरका तीनै क्षेत्रमा उम्मेदवारी दर्तापछि एमाले चुनावी तयारीमा होमियो

महेन्द्रनगर । नेकपा एमालेले कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेसँगै चुनावी तयारीलाई तीव्र बनाएको छ । मंगलबार एमालेले ¥यालीसहित तीनै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको हो ।
एमालेले कञ्चनपुर–१ मा विघटित प्रतिनिधिसभा सदस्य समेत रहेका तारा लामा तामाङलाई उम्मेदवार बनाएको छ भने कञ्चनपुर–२ मा युवा नेता बचन बहादुर सिंहलाई अघि सारेको छ । त्यस्तै कञ्चनपुर–३ मा पूर्व सांसद डा. दीपकप्रकाश भट्टलाई उम्मेदवारका रूपमा प्रस्तुत गरिएको छ ।


एमालेका उम्मेदवारहरूले विगतमा सुरु गरिएका कामको निरन्तरतासँगै नयाँ प्रतिबद्धता अघि सारेका छन् । उम्मेदवारी दर्तापछि कञ्चनपुर–१ का उम्मेदवार तामाङले दक्षिणी क्षेत्रको विकासप्रति आफू प्रतिबद्ध रहेको बताएका छन् ।

संसद विघटनका कारण विकास योजनाहरू अधुरै रहेको स्मरण गराउँदै उनले पक्की सडक, पुल, दोदा नदीमा तटबन्ध निर्माणलगायत पूर्वाधार विकासका काम अघि बढिरहेको बताए ।
सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री समेत रहेका तामाङले आफ्नो कार्यकालमा दक्षिणी क्षेत्रको सडक विस्तार र स्तरोन्नति, दोदा नदीमा तटबन्ध निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखिएका थिए । 

त्यस्तै कञ्चनपुर–२ का उम्मेदवार युवा नेता सिंहले आफूलाई जनसेवकका रूपमा प्रस्तुत गर्दै क्षेत्रको विकासका लागि दृढ संकल्पित रहेको बताए । जनताबाट सेवा गर्ने अवसर प्राप्त हुनेमा विश्वास व्यक्त गर्दै उनले पूर्वाधार विकास, युवालाई रोजगारी, वृद्धवृद्धालाई सहारा तथा बालबालिकाका लागि गुणस्तरीय शिक्षाका कार्यक्रम अघि सारे ।

कञ्चनपुर–३ का उम्मेदवार तथा पूर्व सांसद डा. भट्टले विगतमा सुरु भए पनि अधुरा रहेका योजनाहरू सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । उम्मेदवारी दर्तापछि उनले निर्माणाधीन मझगाउँ विमानस्थल, सुख्खा बन्दरगाह तथा महाकाली करिडोर छिटो सञ्चालनका लागि पहल गर्ने बताए । उनले २०७४ सालको आम निर्वाचनमा निर्वाचित भएपछि ती योजनाको निर्माणमा जोड दिएका थिए । 

कैलालीस्थित गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमकै पहिलो चिकित्सा विश्वविद्यालयका रूपमा विकास गर्न अभियान थालेका भट्टले महाकाली र सेती प्रादेशिक अस्पताललाई टिचिङ अस्पतालका रूपमा अघि बढाउने प्रस्ताव गरेका छन् । साथै सुदूरपश्चिम विश्वविद्यालयमा प्राकृतिक विज्ञान अध्ययनका लागि नयाँ कार्यक्रम सञ्चालनबारे छलफल भइरहेको जानकारी पनि उनले दिए ।

 

चुनावी तयारी तीव्र पारिने
उम्मेदवारी दर्तापछि चुनावी तयारीलाई तीव्र बनाइने नेकपा एमाले कञ्चनपुरले जनाएको छ । एमाले कञ्चनपुरका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख जनकराज अवस्थीले पार्टीको चुनावी तयारीका लागि आन्तरिक योजना निर्माण भइरहेको बताए ।

तीनै निर्वाचन क्षेत्रमा उत्साहपूर्ण रूपमा उम्मेदवारी दर्ता गरिएको उल्लेख गर्दै अवस्थीले पार्टी परिचालनका लागि जिम्मेवारी बाँडफाँट तथा चुनावी कार्यक्रमको कार्ययोजना तयार भइरहेको जानकारी दिए ।
साथै तीनै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार विजयी हुने उनको दाबी समेत छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

कञ्चनपुरमा जेनजी युवाले मागे माफी

भुवन भट्ट/महेन्द्रनगर ।  कञ्चनपुरमा जेनजी समूहका युवाहरूले आत्मिक प्रतिबद्धता गर्दे सार्वजनिक क्षेत्रमा उठबस गरेका छन् । शुक्रबार साँझ जेनजी समूहका झन्डै ३० बढी किशोर तथा युवाहरूले आत्मिक प्रतिबद्धता गर्दै १०...

कञ्चनपुरमा जेनजी युवाले मागे माफी

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते...

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ। गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’अन्तर्गत विनियोजन गरिएको रु एक लाख बजेटबाट...

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि,...

बागलुङ । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ। सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो। गत वर्षको तुलनामा यस वर्ष रु ४४ लाख...

मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, २६ करोड ९० लाखको बिक्री

विशेष महाधिवेशन सकेर पूर्वसभापति देउवाको आशीर्वाद...

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन सकेर शेरबहादुर देउवाको आशीर्वाद लिन जानुपर्ने बताएका छन्।

बुधबार भृकुटीमण्डपमा विशेष महाधिवेशनस्थलबाट बोल्दै उनले देउवाको आशीर्वाद लिन जानुपर्ने भएकाले कसैलाई पनि...

विशेष महाधिवेशन सकेर पूर्वसभापति देउवाको आशीर्वाद लिन जानुछ– गगन थापा