०६ जेठ, २०८१
    {
अन्तराष्ट्रिय / मनाेरञ्जन / समाचार

कैट्रिनाले अस्विकार गरेका पाँच फिल्म, जो हिट भएपछि सम्झेर पछुताइन्

  • पुलेसो
  • २०८० साउन ०३ बुधबार
कैट्रिनाले अस्विकार गरेका पाँच फिल्म, जो हिट भएपछि सम्झेर पछुताइन्

बलिउड अभिनेत्री कट्रिना कैफ केही अभिनेत्री मध्ये एक हुन्, जसले आफ्नो देश छोडेर भारतीय उद्योगमा नाम, प्रसिद्धि, पैसा र माया सबै कमाउन सफल भइन,  जुन सबैको पहुँचमा छैन, भएन ।हावाको झोका झैं धेरै अभिनेत्री आए र गइन् तर कट्रिनाले आफ्नो प्रतिभाको बलमा इन्डस्ट्रीमा आफ्नो पहिचान बनाएकी छिन् । यही कारणले गर्दा उनी निर्देशकसँगै दर्शकको पनि रुचाइएकी छिन् । 

अभिनेत्रीले आफ्नो करियरमा एकभन्दा बढी हिट फिल्म दिएकी छिन् र त्यस्ता धेरै फिल्महरू छन्, जसलाई उनले अस्वीकार गरिसकेकी छिन् र जसको पश्चाताप उनले आज कतै न कतै महसुस गरिरहेकी छन् । त्यसोभए कट्रिनाले अस्वीकार गरेका फिल्महरूको सूची हेरौं।

चेन्नइ एक्सप्रेसः

फिल्म ‘जब तक है जान’ मा कट्रिना कैफ र शाहरुख खानको जोडीलाई निकै रुचाइएको थियो । यो फिल्मपछि यी दुवै जोडी रोहित शेट्टीको ‘चेन्नई एक्सप्रेस’मा सँगै देखिने भएका थिए ।

हो, तपाईले सहि सुन्नुभएको छ, यो फिल्म दीपिका पादुकोण भन्दा पहिले कट्रिना कैफलाई अफर गरिएको थियो तर उनले यो फिल्म गर्न अस्वीकार गरिन् किनभने कट्रिना मीनलोचनी अझागु सुन्दरमको भूमिका निभाउन सहज थिएनन्। त्यसपछि दीपिकालाई यो फिल्म अफर भयो र उनले यो भूमिका निकै राम्रोसँग निभाएकी थिइन् ।

बर्फीः

के तपाईलाई थाहा छ रु बर्फी पहिलो पटक कट्रिना कैफलाई अफर गरिएको थियो। यो फिल्मका लागि इलियाना डिक्रूज पहिलो रोजाइ थिएन ।बर्फीका निर्देशक अनुराग बसुले कट्रिना कैफलाई रणबीर कपूरको अपोजिटमा कास्ट गर्न चाहेका थिए तर कट्रिनाले फिल्म गर्न मानिन । अभिनेत्रीले अस्वीकार गर्नुको कारण भने खुल्न सकेको छैन । यद्यपि यो फिल्म निकै हिट भयो ।

ये जवानी है दिवानीः

रणबीर कपूरका सबैभन्दा मिल्ने साथी अयान मुखर्जी फिल्म ये जवानी है दिवानीमा नैनाको भूमिकाका लागि कट्रिना कैफलाई कास्ट गर्न चाहन्थे तर उनले  रणवीर कपूरसँग काम गर्न अस्वीकार गरिन् र त्यसपछि यो फिल्म रणवीरको एक्स गर्लफ्रेन्ड दीपिकालाई अफर गरियो।यो फिल्मले बक्स अफिसका सबै रेकर्ड तोड्यो । कट्रिनाको अस्विकारोक्तिले दीपिकाको भाग्य चम्काएको भन्नु गलत हुनेछैन ।

 

गोलियों की रासलीलाः

सञ्जय लीला भन्सालीको फिल्ममा हिरोइन बन्ने बलिउडकी हरेक अभिनेत्रीको सपना हुन्छ । यस्तो अवस्थामा जब सञ्जय लीला आफैंले आफ्नो फिल्म गोलियों की रासलीलाः राम लीलामा कट्रिना कैफलाई कास्ट गर्न चाहन्थे, तीनलाई पनि उनले अस्वीकार गरिन् र फेरि एकपटक कट्रिनाको रिजेक्ट फिल्म दीपिका पादुकोणमा गयो र यो फिल्म बक्स अफिसमा असफल भयो।

 बाजीराव मस्तानीः

कट्रिना कैफले गोलियों की रासलीलाः राम लीला, ये जवानी है दिवानी, र चेन्नई एक्सप्रेस मात्र इन्कार गरेकी थिइन्न तर अर्को फिल्म पनि छ, जसलाई उनले इन्कार गरिन् र त्यो फिल्मको नाम थाहा पाउँदा तपाईं सबैलाई स्तब्ध पार्नुहुनेछ।

एक रिपोर्टका अनुसार सञ्जय लीला भन्सालीले आफ्नो ऐतिहासिक नाटक बाजीराव मस्तानीमा क्याटरीना कैफलाई कास्ट गर्न चाहन्थे तर केही कारणले क्याटले यो फिल्मलाई पनि अस्वीकार गरिदिइन र यो फिल्मले दीपिकाको करियरलाई सफल बनायो ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

नेपालको शिक्षा र आर्थिक विकासमा रसिया...

काठमाडौँ - उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको शिक्षा र आर्थिक विकासमा रसिया सरकारको सहयोग महत्वपूर्ण रहेको बताए। 

रसियामा उच्च शिक्षा अध्ययन गरी नेपालको विभिन्न क्षेत्रमा...

नेपालको शिक्षा र आर्थिक विकासमा रसिया सरकारको सहयोग महत्वपूर्ण : उपप्रधानमन्त्री श्रेष्ठ

गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४०...

काठमाडौँ - नेपालमा मनसुन गतिविधि सक्रिय हुनु पूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ । देशका कतिपय...

गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौँको तापक्रम तापक्रम ३० देखि ३२...

काठमाडौँ -  हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशसहित पहाडी भागमा आंशिक बदली रही बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया...

काठमाडौँको तापक्रम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियस रहने पूर्वानुमान

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

 धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।

मुख्यमन्त्री सोडारीले प्रदेश सभा बैठकमा प्रस्तुत गरेको विश्वासको मतको पक्षमा २८ मत...

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त