०६ जेठ, २०८१
    {

टीकापुर क्षेत्रका स्वास्थ्यकर्मीहरुले गरे प्रदर्शन

  • पुलेसो
  • २०८० असोज १३ शनिबार
टीकापुर क्षेत्रका स्वास्थ्यकर्मीहरुले गरे प्रदर्शन

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमणको विरुद्ध कैलालीको टीकापुर क्षेत्रका स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका छन् ।

कैलाली । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमणको विरुद्ध कैलालीको टीकापुर क्षेत्रका स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका छन्। ‘चिकित्सक तथा स्वास्थ्यकर्मी माथिको हिंसा बन्द गर, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्न देऊ’ भन्ने नाराका साथ उनीहरुले प्रदर्शन गरेका हुन्। 

टीकापुर अस्पताल, साथी अस्पताल लगायतका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले टीकापुर बजारमा ब्यानरसहित प्रदर्शन गरेका हुन्।  ब्यानर, प्लेकार्ड सहित बजार परिक्रमा गरेपछि कोणसभालाई सम्बोधन गर्दै टीकापुर अस्पतालका डाक्टर डबल बुढाले विभिन्न अस्पतालहरुमा स्वास्थ्यकर्मी र चिकित्सकमाथि भइरहेका घटनाको विरोधमा आन्दोलनमा उत्रिएको बताए। 

‘स्वास्थ्यकर्मी माथि भइरहेको आक्रमणबाट हामी असुरक्षित रही विक्षिप्त मानसिक अवस्थामा उपचार गर्न असमर्थ छौं’, डाक्टर बुढाले भने, ‘जेल वीथ आउट बेल कार्यान्वयन नहुँदासम्म, स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति नहुँदासम्म आन्दोलन चलिरहन्छ।’

टीकापुर अस्पतालका स्वास्थ्यकर्मीहरुले पाँच दिनदेखि आन्दोलनका विभिन्न कार्यक्रमहरु गरिरहेका छन्। शुक्रबारदेखि टीकापुर अस्पतालको इमरजेन्सी सेवाबाहेकका सबै काम ठप्प पारी आन्दोलनमा उत्रिएका छन्।

प्रतिक्रिया

Pageutter
HARBOUR
Pageutter
Pageutter
Pageutter
Pageutter

छुटाउनुभयो कि?

नेपालको शिक्षा र आर्थिक विकासमा रसिया...

काठमाडौँ - उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको शिक्षा र आर्थिक विकासमा रसिया सरकारको सहयोग महत्वपूर्ण रहेको बताए। 

रसियामा उच्च शिक्षा अध्ययन गरी नेपालको विभिन्न क्षेत्रमा...

नेपालको शिक्षा र आर्थिक विकासमा रसिया सरकारको सहयोग महत्वपूर्ण : उपप्रधानमन्त्री श्रेष्ठ

गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४०...

काठमाडौँ - नेपालमा मनसुन गतिविधि सक्रिय हुनु पूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ । देशका कतिपय...

गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौँको तापक्रम तापक्रम ३० देखि ३२...

काठमाडौँ -  हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशसहित पहाडी भागमा आंशिक बदली रही बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया...

काठमाडौँको तापक्रम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियस रहने पूर्वानुमान

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

 धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।

मुख्यमन्त्री सोडारीले प्रदेश सभा बैठकमा प्रस्तुत गरेको विश्वासको मतको पक्षमा २८ मत...

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त