०६ जेठ, २०८१
    {
राजनीति / सुदूरपश्चिम प्रदेश / समाचार

मिसन ८४ पछि एमालेले बहुमतको सरकार बनाउँछ : ओली

  • पुलेसो
  • २०८० असोज २१ आइतबार
मिसन ८४ पछि एमालेले बहुमतको सरकार बनाउँछ : ओली

धनगढी - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो मिसन ८४ पछि एमालेले बहुमतको सरकार बनाउने दाबी गरेका छन् । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभातर्फ २ सिट मात्रै आएको बताउँदै उनले मिसन ८४ पछि बहुमतको सरकार बनाउने बताएका हुन् ।

आइतबार नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारबाट देश र जनताको रक्षा हुन नसक्ने टिप्पणी गर्दै एमाले नेतृत्वको सरकारपछि देश र जनताको रक्षा र ओरालो लागेको देशको अर्थतन्त्र उकालो लाग्ने बताए ।

उनले भने– ‘नेकपा एमालेले सरकार छाडेपछि अर्थतन्त्र ओरालो लाग्यो ।हिंसा बढिरहेको छ । ७ प्रतिशतभन्दा माथि पुर्याइएको यो गठबन्धनले २ प्रतिशतभन्दा तल झारिसकेको छ । देश अप्ठेरो अवस्थामा पुगेको छ । अझै अप्ठेरो गतिमा पुर्याउनु हुँदैन ।’

एमाले सरकारमा हुँदा देशको एक ठाउँमा मात्रै होइन, देशको पूर्व मेचीदेखि महाकालीसम्म विकासको कामलाई तीव्रताका साथ बढाएको समेत ओलीको दाबी थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

नेपालको शिक्षा र आर्थिक विकासमा रसिया...

काठमाडौँ - उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको शिक्षा र आर्थिक विकासमा रसिया सरकारको सहयोग महत्वपूर्ण रहेको बताए। 

रसियामा उच्च शिक्षा अध्ययन गरी नेपालको विभिन्न क्षेत्रमा...

नेपालको शिक्षा र आर्थिक विकासमा रसिया सरकारको सहयोग महत्वपूर्ण : उपप्रधानमन्त्री श्रेष्ठ

गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४०...

काठमाडौँ - नेपालमा मनसुन गतिविधि सक्रिय हुनु पूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ । देशका कतिपय...

गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौँको तापक्रम तापक्रम ३० देखि ३२...

काठमाडौँ -  हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशसहित पहाडी भागमा आंशिक बदली रही बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया...

काठमाडौँको तापक्रम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियस रहने पूर्वानुमान

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

 धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।

मुख्यमन्त्री सोडारीले प्रदेश सभा बैठकमा प्रस्तुत गरेको विश्वासको मतको पक्षमा २८ मत...

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त