०६ जेठ, २०८१
    {
प्रविधि / बागमती प्रदेश / समाचार

हुलाक सेवालाई पुनः संरचनामार्फत नयाँ व्यावसायिक ढाँचामा लैजानुपर्छ : मन्त्री शर्मा

  • पुलेसो
  • २०८० असोज २२ सोमबार
हुलाक सेवालाई पुनः संरचनामार्फत  नयाँ व्यावसायिक ढाँचामा लैजानुपर्छ : मन्त्री शर्मा

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवालाई पुनः संरचनामार्फत मौजुदा साधनस्रोतको पूर्ण क्षमतामा परिचालन गरी नयाँ व्यावसायिक ढाँचामा लैजानुपर्ने बताइन् ।

विश्व हुलाक दिवसको अवसरमा हुलाक सेवा विभागले आयोजना कार्यक्रमलाई सम्बोधन गर्दै उनले समय र प्रविधिको विकाससँगै हुलाक सेवाको दायरा फराकिलो बनाउँदै जनताको दैनिक सेवा प्रवाहसँग जोड्नुपर्ने बताइन् । हुलाक सेवालाई आधुनिक, प्रविधियुक्त, प्रतिस्पर्धी र भरपर्दो बनाउनुपर्नेमा जोड दिदै उनले अब स्मार्ट हुलाकमार्फत विश्वमै प्रतिस्पर्धा गर्नसक्नुपर्ने बताइन् ।

‘‘सञ्चार तथा सूचना प्रविधिमा भएको तीव्र विकाससँगै हुलाक सेवाले गर्ने परम्परागत कामहरूमा व्यापक कटौती भएको छ,’’। मन्त्री शर्माले भनिन्, ‘‘सूचना प्रविधि र यातायातको विकास नभएको अवस्थामा जनतालाई हुलाक सेवाको पहुँच पुर्‍याउने गरी सेवा प्रवाहका विन्दुहरू तय गरिएको थियो । विद्यमान अवस्थामा सूचना प्रविधिसँग जोड्दै सङ्घीय शासन प्रणाली बमोजिम पुनः संरचना गर्न आवश्यक देखिएको छ ।

चालु आर्थिक वर्षबाट नै यसको सुरुवात गरी ‘एक स्थानीय तह, एक हुलाक’ को अवधारणा कार्यान्वयन गर्ने सरकारको कार्यक्रम रहेको छ ।’’मुलुकभर आफ्नो सेवा प्रवाहको सञ्जाल रहे पनि परम्परागतरुपमा अब हुलाक सेवालाई प्रभावकारी बनाउन नसकिने उल्लेख गर्दै उनले थपिन् , ‘‘यसमा व्यापक सुधार ल्याउन सेवा प्रवाहलाई आधुनिक र प्रतिस्पर्धी बनाउनु सरकारको उद्देश्य रहेको छ । त्यसका लागि आवश्यक प्रविधियुक्त सङ्गठनात्मक पुनर्संरचनासहित कार्यरत कर्मचारीको क्षमता विकास गर्नु उत्तिकै आवश्यक रहेको छ । सरोकारवालाबिच समन्वय गरी हुलाक सेवाको प्रविधि र भौतिक पूर्वाधार सुधार सहित सेवामा व्यापक सुधार ल्याउन पहल भइरहेको पनि यसै सन्दर्भमा जानकारी गराउन चाहन्छु ।’’

विश्व र नेपालमै पनि हुलाक सेवाको इतिहास निकै लामो रहेको उल्लेख गर्दै उनले संसारका अन्य देशहरूले हुलाक सेवालाई परिमार्जित गर्दै यसलाई सूचना प्रविधिसँग जोडेर सरकारी सेवाको अनिवार्य अङ्ग नै बनाइएको भए पनि नेपालमा भने यसलाई अझै पनि सरकारी निकायले नै ऐच्छिक सेवाको रूपमा प्रयोग गर्ने गरेकोमा यो अवस्थालाई बदलेर सम्पूर्ण सरकारी सामग्रीको ओसारपसार हुलाकबाटै गर्ने व्यवस्था मिलाउनु आवश्यक रहेको बताइन् । त्यसका लागि केही दिनअघि मात्रै सरकारले नीतिगत निर्णय गरिसकेको जानकारी पनि मन्त्री शर्माले दिइन् ।

 

नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र वितरण जस्ता नागरिकका आधारभूत सेवा वितरण हुलाकबाट अनिवार्य गर्नेतिर योजना बनाउनुपर्ने बेला आएकोमा पनि मन्त्री शर्माले जोड दिइन् । ‘‘अब हुलाक सेवा कम्प्युटर, इन्टरनेट, सफ्टवेयर प्रणालीसहितको ट्रयाकिङ प्रणाली र डिजिटल प्लेटफर्मयुक्त हुनु जरुरी छ ।

देशभित्र र बाहिर इमेल प्रयोग गरी पत्र व्यवहार गर्न र सफ्टवेयर प्रयोग गरी विवरण अद्यावधिक गर्ने कार्यको थालनी गर्नु आवश्यक छ ।,’’ मन्त्री शर्माले भनिन्, ‘‘कुन हुलाक वस्तु कहिले पठाइएको हो र अहिले प्रापकले प्राप्त गरे वा कहाँ पुग्यो भन्ने खालको ट्रयाकिङ प्रणाली प्रयोग आवश्यक छ । यसले नयाँ खालको हुलाक ठेगाना निर्धारण र त्यसलाई केन्द्रीकृत प्रणालीमा आबद्ध गर्न सहयोग गर्नेछ ।’’

सरकारले यसै वर्षदेखि हुलाक बचत बैङ्क खारेज गरेर हुलाक बचत बैङ्कमा रहेका खाता र रकम जिल्ला सदरमुकाममा रहेका ६८ वटा राष्ट्रिय वाणिज्य बैङ्कका शाखामा हस्तान्तरण गरिएको जानकारी दिदै उनले हुलाक बचत बैङ्कमा रकम हिनामिना कार्यमा संलग्न कर्मचारीलाई कानुनबमोजिम कारबाही गर्ने र हिनामिना भएको रकम संलग्न कर्मचारीबाट कानुनबमोजिम असुल उपर गरिने जानकारी गराइन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

नेपालको शिक्षा र आर्थिक विकासमा रसिया...

काठमाडौँ - उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको शिक्षा र आर्थिक विकासमा रसिया सरकारको सहयोग महत्वपूर्ण रहेको बताए। 

रसियामा उच्च शिक्षा अध्ययन गरी नेपालको विभिन्न क्षेत्रमा...

नेपालको शिक्षा र आर्थिक विकासमा रसिया सरकारको सहयोग महत्वपूर्ण : उपप्रधानमन्त्री श्रेष्ठ

गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४०...

काठमाडौँ - नेपालमा मनसुन गतिविधि सक्रिय हुनु पूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ । देशका कतिपय...

गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौँको तापक्रम तापक्रम ३० देखि ३२...

काठमाडौँ -  हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशसहित पहाडी भागमा आंशिक बदली रही बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया...

काठमाडौँको तापक्रम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियस रहने पूर्वानुमान

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

 धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।

मुख्यमन्त्री सोडारीले प्रदेश सभा बैठकमा प्रस्तुत गरेको विश्वासको मतको पक्षमा २८ मत...

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त