०६ जेठ, २०८१
    {
समाज / बागमती प्रदेश / समाचार

दिगो विकासका लक्ष्य पूरा गर्न ऐन कानुन सुधार गर्न आवश्यक : अध्यक्ष ढकाल

  • पुलेसो
  • २०८० असोज २३ मंगलबार
दिगो विकासका लक्ष्य पूरा गर्न ऐन कानुन सुधार गर्न आवश्यक : अध्यक्ष ढकाल

काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकासका लक्ष्यहरू पूरा गर्न सरकारले ऐन कानुन र नीतिहरू सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

मंगलबार महासंघ र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजनामा भएको दिगो विकासका लक्ष्य कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालमा दिगो विकासका लक्ष्यहरू पूरा गर्ने निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताएका हुन्। अध्यक्ष ढकालले निजी क्षेत्रले व्यावसायिक क्रियाकलाप बढाउनको लागि नीति,ऐन कानुन र नीतिहरू सुधार हुन जरुरी रहेको बताए ।

उनले दिगो विकासका लक्ष्यहरू पूरा गर्न निजी क्षेत्र महत्त्वपूर्ण पार्टनरका रूपमा काम गरिरहेको बताए ।उनले भने,‘दिगो विकासका लक्ष्यहरू पूरा गर्न निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको छ । निजी क्षेत्रले व्यवासायिक क्रियाकलाप बढाउनको लागि नीतिहरूदेखि दिगो विकासका लक्ष्यहरू पूरा गर्ने व्यावसायिक गतिविधि बढाउन ऐन कानुन र नीतिहरू सुधार हुनुपर्छ भन्ने कुरा हो ।

दिगो विकासका लक्ष्यहरू पूरा गर्नको लागि निजी क्षेत्र महत्त्वपूर्ण पार्टनर भनिएको छ । त्यही अनुसार महासंघले यो विषयमा कार्यक्रम गरेको हो । अहिले नेपालमा व्यावसायिक गतिविधिहरू बढाएर व्यवसायीहरूको आत्मबल बढाउने काम गर्नुपर्ने छ । यसको लागि निजी क्षेत्रले रोजगारी सिर्जनादेखि हरेक विषयमा ठुलो योगदान छ ।’

उनले नेपालमा व्यावसायिक गतिविधिहरू बढाएर व्यवसायीहरूको आत्मबल बढाउने काम गर्नुपर्ने आवश्यकता रहेको औंल्याए  । उनले निजी क्षेत्रले रोजगारी सिर्जनादेखि हरेक विषयमा ठुलो योगदान रहेको बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

नेपालको शिक्षा र आर्थिक विकासमा रसिया...

काठमाडौँ - उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको शिक्षा र आर्थिक विकासमा रसिया सरकारको सहयोग महत्वपूर्ण रहेको बताए। 

रसियामा उच्च शिक्षा अध्ययन गरी नेपालको विभिन्न क्षेत्रमा...

नेपालको शिक्षा र आर्थिक विकासमा रसिया सरकारको सहयोग महत्वपूर्ण : उपप्रधानमन्त्री श्रेष्ठ

गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४०...

काठमाडौँ - नेपालमा मनसुन गतिविधि सक्रिय हुनु पूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ । देशका कतिपय...

गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौँको तापक्रम तापक्रम ३० देखि ३२...

काठमाडौँ -  हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशसहित पहाडी भागमा आंशिक बदली रही बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया...

काठमाडौँको तापक्रम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियस रहने पूर्वानुमान

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

 धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।

मुख्यमन्त्री सोडारीले प्रदेश सभा बैठकमा प्रस्तुत गरेको विश्वासको मतको पक्षमा २८ मत...

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त