१२ मंसिर, २०७८
    {
विचार

साझा पर्व

  • पुलेसो
  • २०७८ भदौ २४ बिहीबार
साझा पर्व

तीज पर्व देशको हिन्दू महिलाहरूको साझा पर्व बनिसकेको छ। पहिले जहाँ यो पर्व विशेषरूपले देशको पहाडी र हिमाली क्षेत्रका महिलाका पर्वका रूपमा मात्र लिने गरेको थियो। तर आज हिमाल, पहाड र तराई सबै ठाउँका महिलाले यो पर्व उत्साह उमंगका साथ मनाउने गर्दछन्। पौराणिक कथाअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी निराहार व्रत बसेर तपस्या गरेपछि यो पर्वको सुरुआत भएको मान्यता छ। शिवजीलाई पतिका रूपमा पाएपछि उनले सो कार्यमा सहयोग पुर्‍याउने संगिनीहरूलाई भेला गरी नाचगान गरी भोज खुवाएकी थिइन् र सोही धार्मिक विश्वासअनुसार हिन्दू धर्मावलम्बी महिला तीजमा तीज गीत गाउने, नाच्ने र विभिन्न परिकार बाँडीचँुडी खाने गर्छन्। पार्वतीलाई संगिनीहरूले हरण गरी लगेकाले त्यस दिनलाई ‘हरितालिका’ भनिएको हो। प्रेमको गाँठो कसिलो बनाउने पर्व थियो, तीज।

विगतको विरासतलाई आजको तीजले धान्न सकेको छैन। हामीले यो पर्वको मौलिकता गुमाइसकेका छौं। पहिले दरका रूपमा मिठाइ, खीर तथा दूधले बनेका परिकारको चलन थियो भने। तर आज खानपानमा तामसी भोजनलाई महत्त्व दिएको पाइन्छ। आज माछामासुको प्रयोग हुन थालेको पाइन्छ। सहरी क्षेत्रमा तीज आउनु महिना दिनअगाडि नै महिलामा दर खुवाउन चन्दा माग्ने र टिकट बेची रकम असुल्नेहरूको प्रतिस्पर्धा देखिन्छ। रेस्टुरेन्ट, पार्टी प्यालेसमा भव्यरूपमा तीजको दर खाने व्यवस्था हुन्छ। यसरी आयोजना गरिएका कार्यक्रमहरूमा धार्मिक भावनाले ओतप्रोत भई आपसी सद्भाव र पे्रम बाँड्दा राम्रो हुन्छ।

दिदीबहिनीहरू एकै ठाउँमा जुटेर मनका भावना एवं सुखदु:ख साटासाट गर्ने र दर खाने चलनले यतिखेर सामाजिक विकृतिको रूप धारण गरेको छ। जसले समाजको वातावरणमा नकारात्मक असर पर्छ। वास्तवमा चाडपर्व समाजका धनी गरिबबीच व्यवहार एवं लवाइ–खवाइको दूरीको द्योतक बनिरहेको छ। यस्तो त कोरोनाको कहरले तीजको पनि प्रभावित गरेको छ। यस वर्ष होटल, पार्टी प्यालेसमा भीडभाड नभए लुकिछिपी आफन्त जम्मा गरी खानपान भइरहेको छ।

स्पष्ट छ, आजको लोकतान्त्रिक युगमा हरेक पक्षमा आएको परिवर्तनले तीज मनाउने चालचलन र प्रक्रिया परिवर्तन हुनु स्वाभाविक छ। व्रतका नाममा स्वास्थ्यमा नकारात्मक असर पार्ने गरी व्रत बस्ने, गरगहना र पहिरनको प्रतिस्पर्धा गर्ने, गीतमा अभद्र, अश्लील शब्दहरूको प्रयोग गर्नेजस्ता विविध समस्या निराकरण गरी यस पर्वलाई माया, ममता, आस्था, आदर, सम्मानको चाड बनाउनुपर्छ। पर्वको प्राचीन महत्त्व कायम राखी यसको सकारात्मक पक्ष उजागर गरी महिलाको पर्वका रूपमा स्विकार्नुपर्छ। आडम्बर र प्रदर्शनको पर्व बनिरहेको ‘तीज’ लाई वास्तविक तीज पर्व हो भन्ने भावना जोड्नुपर्छ।

महिलाले तीजलाई आफ्नो पीडा र दु:ख अभिव्यक्तिको माध्यम बनाउनुका साथै सरोकारवालासम्म आफ्नो आवाज पुर्‍याउने साधन बनाउनुपर्छ। महिला सचेतना र जागरण कार्यक्रम बनाई देशभर सञ्चालन गर्नुपर्छ। उदाहरणीय महिलाहरूको सम्मानित, प्रोत्साहित र पुरस्कृत गर्नुपर्छ। पहाडी क्षेत्रभन्दा तराईमा तीजको स्वरूप र मनाउने तरिका भिन्न छ। पहाडी क्षेत्रमा तीज विवाहित र अविवाहित सबै महिला र युवतीले मनाउँछन्। तर तराई क्षेत्रमा मात्र विवाहित महिला विवाहित जीवनको दीर्घायुको कामना गर्दै व्रत बस्छन्। तर दर खाने–खुवाउने चलन छैन। व्रत बस्न नवविवाहिता माइती जान्छन्। माइतीबाट भाइ, ससुरालीका सदस्यहरूलाई लगाइदिन गरगहना, साडी, लुगा र खाने सामग्री फलपूmल, मिठाइ, दही लिएर आउनुपर्छ। माइतीले पठाएको सामान मन नपराएको स्थितिमा ससुराली पक्षको तीतो र पीडादायक कुरा सुन्नुपर्छ। व्रतालुका लागि नयाँ साडी लगाउनु अनिवार्य छ तर रातो रङ जरुरी छैन। तीजमा लगाइने चुरा र निधारमा लगाइने सिन्दुर बिहेमा दिइएको लगाउनुपर्छ।

भाद्र द्वितीयाको राति तीन बजे उठी हरेक व्रतालुको सरगही अर्थात् दहीचिउरा खाने गरिन्छ। किनकि अर्को बिहान निराहार व्रत बस्नुपर्छ। तराई क्षेत्रमा भने पण्डित पुरोहितलाई घरमा बोलाएर बालुवाको शिव पार्वतीको प्रतिमा बनाएर पूजा गरिन्छ। पूजामा फलफूलसँग पिडिकिया (सुजी मैदाको परिकार) र ठेकुआ पकाएर चढाउँछन्। भगवान् शिव–पार्वतीको बिहेको कथा पण्डित सुनाउँछन्। पछि शिव–पार्वतीसम्बन्धी लोकगीत गाउँछन्। रातमा पूजा गरिसकेपछि व्रतालुहरूले जाग्राम बसी भोलिपल्ट दानपुण्य गरी समग्र पूजाको सामग्री र बालुवाको शिव–पार्वतीको प्रतिमा नदीमा बगाएपछि अन्न, जल आदि खाने गर्दछन्। तत्पश्चात् आफन्त र नातेदारहरूको निम्ता दिएर प्रसाद र मीठो खानेकुरा खुवाउँछन्।

तराईमा यस्तो पूजाको विधान छ। मिथिला क्षेत्रमा तीजको प्रचलन न्यून छ। ब्राह्मण समुदायका महिला तीज मनाउँदैनन्। कायस्थ, क्षेत्रीय र वैश्य समाजमा बिहे भएपछि अनिवार्य रूपमा यो व्रत बस्नुपर्छ। प्राय: तीजमा स्त्री निर्जला, निराहार व्रत बसेका हुन्छन् भने पुरुष वर्ग अथवा पति भट्टीमा गई मद्यपान र मासु खान्छन् । स्पष्ट छ– जसको दीर्घायुको वा राम्रो पति पाऊँ भन्ने कामना गरेर महिलाहरू व्रत बस्ने गर्छन्। तर उनीहरूमध्ये अधिकांश यसको महत्त्व नबुझेर या जानीजानी यस्तो विकृति अपनाउँछन्। थोरै पुरुषमा मात्र महिला या आफ्नी श्रीमतीप्रति पे्रमभाव हुन्छ। यसमा कुनै संकोच छैन कि तराईमा तीजको व्रत धार्मिक भावना लिएर मनाइने गरिन्छ तर पहाडी क्षेत्रमा तीजको धार्मिक पक्ष ओझेलमा परिरहेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ। 

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

वेपत्ता युवा छ दिनपछि मृत फेला

 
खोटाङ, ५ मंसिर

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता...

वेपत्ता युवा छ दिनपछि मृत फेला

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको...

काठमाडौं : रौतहटमा कार दुर्घटनामा परी चार जना भारतियको मृत्यु भएको छ। 

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको मृत्यु

प्रधानन्यायाधीशले तोके १० इजलाश

काठमाडौं : सर्वोच्च अदालतमा आजका लागि दश इजलास तोकिएको छ। 

प्रधानन्यायाधीशले तोके १० इजलाश