१२ मंसिर, २०७८
    {
राजनीति / प्रदेश २

माओवादी केन्द्रले प्रदेश–२ का ८ जिल्लामा तोक्यो संयोजक

  • पुलेसो
  • २०७८ कात्तिक २१ आइतबार
माओवादी केन्द्रले प्रदेश–२ का ८ जिल्लामा तोक्यो संयोजक

काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रदेश–२ का आठ जिल्लामा पार्टीको जिल्ला संयोजक तोकेको छ।

८ जिल्लामा जिल्ला समन्वय समितिको संयोजक र दुई जिल्लामा सहइञ्चार्ज तोकिएको माओवादी केन्द्र प्रदेश समितिले जारी गरेको परिपत्रमा उल्लेख छ। 

विज्ञप्ती अनुसार सप्तरीको संयोजकमा उमेश कुमार यादव, सिरहाको संयोजकमा रामकुमार यादव, धनुषाको संयोजकमा दीपक यादव, महोत्तरीको संयोजकमा तुलसी ढुंगाना र सर्लाहीको संयोजकमा कमल बुढाथोकी तोकिएका छन्।  यस्तै रौतहटको संयोजकमा देवेन्द्र पटेल, बाराको संयोजकमा अनिल श्रेष्ठ र पर्साको संयोजकमा रामदरेश कुशवाह संयोजक तोकिएका छन्। 

सर्लाहीको सहइञ्चार्जको जिम्मेवारी लोचन धिमाल र रामपृत राय तथा धनुषाको सहइञ्चार्जको जिम्मेवारी झल्कु यादवले पाएका छन्। वीरगञ्ज महानगरपालिकाको संयोजकमा रहवर अन्सारीलाई तोकिए।

अरु जिल्लामा आवश्यकता अनुसार सहइञ्चार्ज तोकिने विज्ञप्तिमा उल्लेख छ। पार्टीको राष्ट्रिय सम्मेलनबाट प्रदेश तथा जिल्ला कमिटीलाई पूर्णता दिइने निर्णय भएको पनि परिपत्रमा उल्लेख छ।

थप जानकारी

प्रतिक्रिया

छुटाउनुभयो कि?

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ। 

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

वेपत्ता युवा छ दिनपछि मृत फेला

 
खोटाङ, ५ मंसिर

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता...

वेपत्ता युवा छ दिनपछि मृत फेला

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको...

काठमाडौं : रौतहटमा कार दुर्घटनामा परी चार जना भारतियको मृत्यु भएको छ। 

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको मृत्यु

प्रधानन्यायाधीशले तोके १० इजलाश

काठमाडौं : सर्वोच्च अदालतमा आजका लागि दश इजलास तोकिएको छ। 

प्रधानन्यायाधीशले तोके १० इजलाश