१२ मंसिर, २०७८
    {
प्रदेश १ / सुरक्षा/अपराध

माेरङ कारागारमा कैदीबन्दीबीच झडप, ६ जना घाइते

  • पुलेसो
  • २०७८ कात्तिक २३ मंगलबार
माेरङ कारागारमा कैदीबन्दीबीच झडप, ६ जना घाइते

काठमाडौं : मोरङ कारागारमा कैदीबन्दीबीच झडप हुँदा ६ जना घाइते भएका छन्। कारागारका चौकीदार किरण गुरूङले अत्यधिक महंगोमा सामान बिक्री गरेको भन्दै भन्दै  कैदीबन्दीबीच मंगलबार बिहान दोहोरो झडप भएको हो।

झडपमा चौकीदार गुरुङसहित नाइकेहरू शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए। घाइते ६ जनालाई उपचारका लागि कोशी अस्पताल पठाइएको उनले बताए।

‘चौकीदार गुरूङको समूहको लुगाकपडालगायत अन्य सामानमा अचाक्ली महंगो गरेको भन्दै कैदीबन्दीहरु आपसमा विवादमा उत्रिएर  झडपको स्थिति आएको हो’ जिसीले भने।

गुरुङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले यातना दिएको आरोप कैदीबन्दीको आरोप छ। विवादकै क्रममा कैदीबन्दीले गुरुङसहित उनको समूहका १४ जना नाइके र भाइ नाइकेहरूलाई जेलभित्रैको एउटा कोठामा थुनिदिएका थिए।

पदमकुमार लिम्बु, निर्मल ढकाल, राम कुमार राई, रमेश मण्डल, किरण गुरुङ, शखेर राई, बिशाल मुक्ताङ, डिल्ली देवान, रोशन दाहाल, सूर्यदीप गुप्ता, कपिल साह, एलएस नेपाली, राजु राई र बविहाङ राईलाई अन्य कैदी बन्दीहरुले एउटा कोठामा थुनिदिएका हुन्।

थुनिएका कैदीहरूलाई प्रहरीले काराागारबाट बाहिर निकालेर सुरक्षाका लागि राखेको जनाएको छ। उनीहरुलाई कारागारबाट बाहिर निकालेपछि आन्दोलित कैदीबन्दीहरु शान्त भएका छन्।

१४ जनालाई बस्ने बातवरण नहुने भएपछि उनीहरूलाई अन्यन्त्र कारागारमा सरुवा गरी पठाउने तयारी गरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ। 

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

वेपत्ता युवा छ दिनपछि मृत फेला

 
खोटाङ, ५ मंसिर

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता...

वेपत्ता युवा छ दिनपछि मृत फेला

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको...

काठमाडौं : रौतहटमा कार दुर्घटनामा परी चार जना भारतियको मृत्यु भएको छ। 

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको मृत्यु

प्रधानन्यायाधीशले बोलाए सर्वोच्चको ‘फुल कोर्ट’ १४...

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका छन्। 

प्रधानन्यायाधीशले बोलाए सर्वोच्चको ‘फुल कोर्ट’ १४ न्यायाधीशको बहिष्कार