१२ मंसिर, २०७८
    {
अन्तराष्ट्रिय

बंगलादेशका पूर्वप्रधानन्यायाधीश सिन्हालाई भ्रष्टाचार मुद्दामा ११ वर्षको जेल सजायँ

  • पुलेसो
  • २०७८ कात्तिक २४ बुधबार
बंगलादेशका पूर्वप्रधानन्यायाधीश सिन्हालाई भ्रष्टाचार मुद्दामा ११ वर्षको जेल सजायँ

काठमाडौं: बंगलादेशका पूर्वप्रधानन्यायाधीश सुरेन्द्र कुमार सिन्हालाई भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजायँ सुनाइएको छ।

७० वर्षीय पूर्वप्रधानन्यायाधीश सिन्हालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सात वर्ष र विश्वासघातसम्बन्धी मुद्दामा चार वर्ष गरी जम्मा ११ वर्षको जेल सजायँ सुनाइएको हो ।

सिन्हाले तत्कालीन फार्मर्स बैंक (हाल पद्म बैंक)बाट ४ लाख ७० हजार अमेरिकी डलर ऋण लिएका थिए । त्यसपछि उनले त्यो रकम नगद, चेक र पे–अर्डरमार्फत् दोस्रो खातामा सारेको आरोप छ । यसो गर्नु बंगलादेशको भ्रष्टाचार रोकथामसम्बन्धी कानुन अनुसार दण्डनीय मानिन्छ ।

भ्रष्टाचारसम्बन्धी यही प्रकरणमा मुछिएका १० जनामध्ये मोहम्मद शाहजाँ र निरन्जन चन्द्र साहालाई भने अदालतले सफाइ दिएको छ । पूर्वप्रधानन्यायाधीश सिन्हासहित अन्यलाई भने अलग–अलग जरिवाना र जेल सजायँको फैसला अदालतले गरेको छ ।

भ्रष्टाचारको आरोप लागेपछि सिन्हाले चार वर्ष अघि विदेश भ्रमणको क्रममा प्रधानन्यायाधीश पदबाट राजीनामा दिएका थिए । यद्यपि उनले बंगलादेशको ‘अलोकतान्त्रिक’ र ‘निरंकुश’ शासनको विरोध गरेकाले आफूलाई राजीनामा दिन बाध्य पारिएको दाबी गर्दै आएका छन् ।

सिन्हा हाल अमेरिकामा बस्दै आएका छन् । उनको अनुपस्थितिमा अदालतले जेल सजायँ सुनाएको हो ।

सिन्हा बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायबाट पहिलोपटक प्रधानन्यायाधीश बनेका थिए । उनी बंगलादेशका २१ औं प्रधानन्यायाधीश हुन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ। 

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

वेपत्ता युवा छ दिनपछि मृत फेला

 
खोटाङ, ५ मंसिर

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता...

वेपत्ता युवा छ दिनपछि मृत फेला

सर्वोच्चमा वकिलको प्रदर्शनमाथि प्रहरीको हस्तक्षेप

काठमाडौं : वकिलहरुले सर्वोच्च अदालत परिसरभित्र गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। 

सर्वोच्चमा वकिलको प्रदर्शनमाथि प्रहरीको हस्तक्षेप

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको...

काठमाडौं : रौतहटमा कार दुर्घटनामा परी चार जना भारतियको मृत्यु भएको छ। 

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको मृत्यु