१२ मंसिर, २०७८
    {
अर्थ / सुरक्षा/अपराध / प्रदेश ७

भारतबाट चोरी गरि नेपाल ल्याउन लागेको सुनसहित दुई जना पक्राउ

  • पुलेसो
  • २०७८ कात्तिक ३० मंगलबार
भारतबाट चोरी गरि नेपाल ल्याउन लागेको सुनसहित दुई जना पक्राउ

कञ्चनपुर । भारतबाट एक चोरको गिरोहले नगद बहुमुल्य सुन सहितका समान चोरी गरि नेपाल ल्याउने क्रममा पक्राउ परेका छन ।

नेपाल भारत दुवै देशका चोर गिरोहको समुहले बङलोरका एक भारतीय नागरिकको घरबाट चोरेर ल्याईरहेका नगद, सुन सहित दुईं नेपाली युवक पक्राउ परेका हुन ।

मंगलबार बिहान सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बेलौरी नगरपालिका १ फटैयाबाट नगद सहित समान बरामद गरेको छ । सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र ऐरले भारतको बङलोरबाट नगद पैशा सहितका गरगहना चोरी गरि नेपाल ल्याएको भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले दिएको सूचनाको आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले बेलौरी नगरपालिका १ फटैयाका लालचन्द्र शाही(ठकुरी)को घरबाट नगद सहितका समान बरामद गरिएको बताए ।

‘हामीलाई भारतबाट नगद सहितको समान चोरर नेपाल ल्याईरहेको सूचना आयो, ‘सशस्त्र प्रहरी उपरीक्षक ऐरले भने, ‘सयुक्त टोलीले घरबाट चोरीमा संलग्न दुई युवक सहित समान बरामद गरेका छौँ ।’ सशस्त्र प्रहरी निरीक्षक निम बहादुर भण्डारी र प्रहरी निरीक्षक कैलास सिह विष्टको संयुक्त टोलीले शाहीको घरबाट चोरी गरि ल्याएका समान बरामद गरेको छ । चोरीका संलग्न फटैयाका लालचन्द्र शाही(ठकुरी) र कैलाली लम्किचुवा नगरपालिका १का विष्नु शाहीलाई पक्राउ गरेको छ ।

उनीहरुले भारतबाट चोरी गरि ल्याएका समान समेत बरामद गरिएको छ । ४ लाख ३९ हजार भारतीय रुपैया, ४० हङकङ डलर, १ हजार २ सय ६० थाईल्याण्ड भाट, एक हजार ५ यूएई डलर, २ हजार ८ सय १० क्यानडियन डलर, २३ मलेसियन रिङगिट, १८ सिङगापुर डलर, १ कतार रियाल, १ सय ३० दुबई दिराम, १सय ६१ चाईना युवान बरामद गरिएको छ । सुनजस्तो देखिने पहिलो थातु बिना पत्थर ३७ तोला ११ आना, सुनजस्तो देखिने पहिलो थातु पत्थर सहित १२६ तोला २ आना, पत्थर एक हजार ९९८ ग्राम र ४ थान ल्याफटअफ बरामद गरिएको छ ।

बरामद गरिएको समान सशस्त्र प्रहरीले प्रहरीलाई बुझाएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताए । तर, कञ्चनपुरले प्रहरीले भने उक्त समान बारे प्रहरीलाई केही थाहा नभएको बताएको छ । सशस्त्र प्रहरीले बरामद गरेको समान नेपाल प्रहरीलाई बुझाएको संचारमाध्यम मार्फत जनाएपछि कञ्चनपुर प्रहरीले उक्त समानको विषयमा प्रहरीलाई केही थाहा नभएको र सशस्त्रलाई नै सोध्न जवाफ दिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ। 

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

वेपत्ता युवा छ दिनपछि मृत फेला

 
खोटाङ, ५ मंसिर

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता...

वेपत्ता युवा छ दिनपछि मृत फेला

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको...

काठमाडौं : रौतहटमा कार दुर्घटनामा परी चार जना भारतियको मृत्यु भएको छ। 

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको मृत्यु

प्रधानन्यायाधीशले बोलाए सर्वोच्चको ‘फुल कोर्ट’ १४...

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका छन्। 

प्रधानन्यायाधीशले बोलाए सर्वोच्चको ‘फुल कोर्ट’ १४ न्यायाधीशको बहिष्कार