१२ मंसिर, २०७८
    {
अन्तराष्ट्रिय

चीनले साना देशलाई कहिल्यै धम्की दिन्नः चीनका राष्ट्रपति सी जिनपिङ

  • पुलेसो
  • २०७८ मंसिर ०७ मंगलबार
चीनले साना देशलाई कहिल्यै धम्की दिन्नः चीनका राष्ट्रपति सी जिनपिङ

एजेन्सी
बेइजिङ - चीनका राष्ट्रपति सी जिनपिङले चीनले साना देशलाई कहिल्यै पनि धम्की नदिने बताएका छन् ।

दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संगठन (आसियान) को सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले सो धारणा व्यक्त गरेका हुन् । ‘चीनले साना देशहरुलाई कहिल्यै धम्की दिन्न । उनले भने, हामीले यस क्षेत्रमा शान्ति र स्थिरताका लागि छिमेकीसँग राम्रो सम्बन्ध गाँस्न चाहन्छौं,’। 

 

दक्षिण चीन सागरमा चीनका जल सेनाले फिलिपिन्सको डुंगामा गोली हानेको विवरण सार्वजनिक भइरहेका बेला राष्ट्रपति सीको भनाई आएको हो । चीनका जलसेनाको कदमलाई फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुर्तेतेले निन्दा गरेका छन् । दक्षिण चीन सागरलाई लिएर पछिल्लो समय फिलिपिन्स र चीनबीच तनाब बढेको छ । 

सोमबारदेखि सुरु भएको भर्चुअल बैठकमा १० देशका सरकार प्रमुखहरुले सम्बोधन गर्दैछन् । सम्मेलनमा बर्माका प्रतिनिधिलाई भने आमन्त्रण गरिएको छैन् । गत वर्ष निर्वाचित सरकारलाई अपदस्थ गरी म्यानमारको  सेनाले सत्ता नियन्त्रणमा लिएको थियो । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ। 

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

वेपत्ता युवा छ दिनपछि मृत फेला

 
खोटाङ, ५ मंसिर

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता...

वेपत्ता युवा छ दिनपछि मृत फेला

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको...

काठमाडौं : रौतहटमा कार दुर्घटनामा परी चार जना भारतियको मृत्यु भएको छ। 

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको मृत्यु

प्रधानन्यायाधीशले तोके १० इजलाश

काठमाडौं : सर्वोच्च अदालतमा आजका लागि दश इजलास तोकिएको छ। 

प्रधानन्यायाधीशले तोके १० इजलाश