१२ मंसिर, २०७८
    {
अन्तराष्ट्रिय

पोस्टमार्टम गर्न लागेका व्यक्तिले हातखुट्टा चलाउन थालेपछि.....

  • पुलेसो
  • २०७८ मंसिर ०८ बुधबार
पोस्टमार्टम गर्न लागेका व्यक्तिले हातखुट्टा चलाउन थालेपछि.....

एजेन्सी
नयाँ दिल्ली  - भारतको उत्तर प्रदेशमा अस्पतालले मृत घोषित गरेका एक व्यक्ति जीवितै देखिएका छन् । एउटा अनौठो घटनामा मृत घोषणा गरेर शवगृहमा राखिएका एक व्यक्तिले सात घन्टापछि हातखुट्टा चलाउन थालेका हुन् । 

रिपोर्टअनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका श्रीकेश कुमारलाई बिहीबार राती अस्पताल भर्ना गरिएको थियो । उनलाई अस्पताल पु¥याएको केही बेरमा मृत घोषणा गरिएको थियो । भोलिपल्ट उनलाई अस्पतालको शवगृहमा रहेको एउटा फ्रिजमा राखिएको थियो । सात घन्टापछि शवको पोस्टमार्टम गर्ने विषयमा पीडित परिवारले एउटा कागजमा हस्ताक्षर गरेका थिए । हस्ताक्षर गरेर फर्किने क्रममा कुमारकी बुहारी मधु बालाले उनको शरीर चलमलाएको देखेकी थिइन् । 

 

 

सो घटनाबारे सार्वजनिक भएको एउटा भिडियोमा बालाले शब देखाउँदै चिच्चाएको सुन्न सकिन्छ । ‘उहाँको मृत्यु भएको छैन् । यो कसरी भयो ? उहाँले केही भन्न खोजिरहनु भएको छ । उहाँले सास  फेरिरहनु भएको छ ।,’ कुमारकी बुहारीले भनेकी छिन् ।मोरादाबादका प्रमुख मेडिकल अधिकृत डा. शिव सिंहका अनुसार चिकित्सकले विरामीलाई भोलिपल्ट बिहान ३ बजे पनि परीक्षण गरेका थिए । त्यतिबेला बिरामीको मुटु चलेको थिएन । 

तर, उज्यालो भएपछि प्रहरीको एउटा समूह र परिवारका सदस्यहरुले उनलाई जीवितै पाएका थिए । सो घटनाबारे अनुसन्धान सुरु भएको छ । सो घटना मेडिकल जगतमै ‘दुर्लभ’ भएको डा. सिंह बताउँछन् । ४० वर्षीय कुमारको अहिले मेरुटस्थित एउटा स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । तर, होस भने खुलेको छैन् । लापरबाही गरेको भन्दै पीडित परिवारले अस्पतालविरुद्ध उजुरी गर्ने भएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ। 

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

वेपत्ता युवा छ दिनपछि मृत फेला

 
खोटाङ, ५ मंसिर

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता...

वेपत्ता युवा छ दिनपछि मृत फेला

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको...

काठमाडौं : रौतहटमा कार दुर्घटनामा परी चार जना भारतियको मृत्यु भएको छ। 

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको मृत्यु

प्रधानन्यायाधीशले तोके १० इजलाश

काठमाडौं : सर्वोच्च अदालतमा आजका लागि दश इजलास तोकिएको छ। 

प्रधानन्यायाधीशले तोके १० इजलाश