१५ माघ, २०७८
    {
अन्तराष्ट्रिय / मनाेरञ्जन/ कला

‘लायन’मा अपहरणकारी बन्दै शाहरुख खान

  • पुलेसो
  • २०७८ पुष २३ शुक्रबार
‘लायन’मा अपहरणकारी बन्दै शाहरुख खान

काठमाडौं - अभिनेता शाहरुख खान आफ्नो फिल्म ‘पठान’ र इधर एटलीको ‘लायन’को सुटिङमा व्यस्त छन् । फिल्म ‘लायन’मा उनी भिलेनको चरित्रमा देखिँदैछन् । बलिउडका फिल्ममा शाहरुख भिलेन चरित्रमा देखिएको यो नवौं फिल्म हुनेछ । यो फिल्म लोकप्रिय वेब सिरिज ‘मनी हाइस्ट’का प्रोफेसर जस्तो एक ठूलो डकैतको कथामा आधारित छ ।

‘लायन’ मा शाहरुख दोहोरो चरित्र अर्थात बाबु–छोराको भूमिकामा देखिनेछन् । फिल्ममा छोरा शाहरुखले एक मेट्रो टेनको अपहरण गर्नेछन् । फिल्मको यो प्रमुख सिक्वेन्सलाई गत वर्षको अक्टोबरमा पुणेमा छायांकन गरिएको थियो । यसको अर्को सिक्वेन्स चेन्नईमा यो वर्ष खिचिनेछ । यद्यपि छोरा आर्यनको मुद्दा र भारतमा बढ्दो ओमिक्रोन लहरले सुटिङ पुनः सुरु हुन सकेको छैन ।

दक्षिण भारतीय फिल्म व्यापार विश्लेषक रमेश वालाका अनुसार चार वर्षअघि इधर र शाहरुखको भेट फिल्म ‘मरसल’ रिलिजपछि भएको थियो । शाहरुखलाई यो फिल्ममा थलापति विजयको काम र एटलीको निर्देशन कला मनपरेको थियो । त्यहीकारण शाहरुखले एटलीसँग सहकार्य गर्ने इच्छा देखाएका थिए ।

 

 

‘ कुनै पनि कलाकारलाई दोहोरो अथवा तेहोरो चरित्रमा देखाउन सक्ने क्षमता रहेको दाबी गरे । चेन्नईमा सुटिङ गरिने भनिएको फिल्म कोभिड महामारीको अवस्थालाई मध्यनजर गर्दै हैदराबादको रामोजी स्टुडियोमा गर्ने तयारी भइरहेको छ । किनकि तेलंगानामा कोभिड प्रतिबन्धको प्रालायन’को सहनिर्मातामा करण जोहर छन् । करण दक्षिण भारतीय फिल्मका निर्माता र नयाँ स्टारप्रति सधैं चासो राख्छन् । रमेशले एटलीलाईवधान केही नरम छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

वर्तमान सत्ता गठबन्धन स्थानीय निर्वाचनबाट भाग्दैछ...

नेपालगन्ज - लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचन टार्न खोजेको आरोप लगाएका छन् ।

उनले आवधिक...

वर्तमान सत्ता गठबन्धन स्थानीय निर्वाचनबाट भाग्दैछ : शंकर पोख्रेल

दुई वर्षदेखि रित्तै छ रातापानीको बिक्री...

मुगु - मुगुको उत्तरी भेगमा पर्ने खत्याड गाउँपालिकाको रातापानीमा रहेको खाद्य बिक्री केन्द्र दुई वर्षदेखि रित्तै अवस्थामा छ ।  नेपाल खाद्य संस्थान रातापानी बिक्री केन्द्रको ढुवानीको जिम्मा सिद्धार्थ...

दुई वर्षदेखि रित्तै छ रातापानीको बिक्री केन्द्र

२४ घण्टामा ६८२७ जनामा कोरोना संक्रमण...

काठमाडौं -  नेपालमा थप ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा १९ हजार ८६९ वटा नमुना परीक्षण भएको...

२४ घण्टामा ६८२७ जनामा कोरोना संक्रमण पुष्टि

विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालयमा मोबाइल चलाउन...

काठमाडौं - त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै अराइभल कक्ष र...

विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालयमा मोबाइल चलाउन नपाउने