१५ माघ, २०७८
    {
राजनीति / सुदूरपश्चिम प्रदेश

एमाले कञ्चनपुरको निर्वाचित परिमाण विष्ट प्यानलका १ सय र थापा २० सदस्य

  • पुलेसो
  • २०७८ पुष ३० शुक्रबार
एमाले कञ्चनपुरको निर्वाचित परिमाण विष्ट प्यानलका १ सय र थापा २० सदस्य

कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरको पदाधिकारीमा एकलौटी प्यानल नै निर्वाचित भएको सुरेन्द्र विष्ट पक्षीय नेता कार्यकर्ता नै सदस्यमा पनि निर्वाचित भएका छन ।

विभिन्न कलष्टर तर्फ सदस्यको मत परिमाण अनुरुप विष्ट प्यानलबाट सदस्य निर्वाचनमा होमिएका ८३ प्रतिशत नेता कार्यकर्ता निर्वाचित भएका हुन । पाँच पुरै पदाधिकारी विष्टकै पक्षमा देखिएका छन ।

 

पालिका भूगोल, महिला, दलित, आदिवासी, थारु जनताति, युवा सबै सबै तर्फ विष्ट प्याल नै निर्वाचित भएका छन । माओवादीबाट आएका र नेपाल समुहबाट फर्किएका अधिकाँस नेता कार्यकर्ता पराजित भएका छन । ‘हाम्रो पार्टीमा बाह्य पार्टीबाट आएर रजाई गर्न कहाँ मिल्छ, ‘एक ओली पक्षिय नेताले भने, ‘पाटी छाडेर जाने र मुल पार्टी नेतृत्व बिरुद्धमा लागेका र माओवादीबाट प्रवेस गरेकाहरु पराजित भए,मुल पार्टी जित्यो ।’ एमाले कञ्चनपुरको ८ औँ महाधिवेशन सहमतीय आधारमा नभएपछि चुनाव भएको थियो ।

 

एमाले अधिकाँस नेता कार्यकर्ताहरुले चुनावी परिमाण मुल पार्टीकै पक्षमा भएको बताईरहेका छन । एमाले जिल्ला नेतृत्वको दुरदृष्ट्रि सहित एमालेमा गरेको योगदानलाई उच्च कदर गर्दै नेता कार्यकर्ताले नेतृत्व सहितका पदाधिकारी छनौट गरेको नेताहरुले बताएका छन । माओवादीबाट आएका लोकेन्द्र विष्ट खेमराज ओझाले जिल्ला सदस्य निर्वाचित भएका छन ।

 

विष्ट कृष्णपुर र ओझा लालझाडी भुगोलबाट आएका थिए । एमाले चुनावी परिमाणलाई लिएर एमाले तत्तकालिन अध्यक्ष एव अध्यक्षमा प्रत्यासी भएका बिर बहादुर थापाले धेर्य गर्न आग्रह गरेका छन । माओवादी र १० बुँदे भन्दै गरिएको नाराबाजी आफु निकट मिडिया प्रंयोग गर्दै नेतृत्व बिरुद्धमा गर्ने काम गम्भिर भएको बताएका छन । एमाले कञ्चनपुरमा निर्वाचित कमिटिको आजै सपथ ग्रहण हुनेछ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

वर्तमान सत्ता गठबन्धन स्थानीय निर्वाचनबाट भाग्दैछ...

नेपालगन्ज - लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचन टार्न खोजेको आरोप लगाएका छन् ।

उनले आवधिक...

वर्तमान सत्ता गठबन्धन स्थानीय निर्वाचनबाट भाग्दैछ : शंकर पोख्रेल

२४ घण्टामा ६८२७ जनामा कोरोना संक्रमण...

काठमाडौं -  नेपालमा थप ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा १९ हजार ८६९ वटा नमुना परीक्षण भएको...

२४ घण्टामा ६८२७ जनामा कोरोना संक्रमण पुष्टि

विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालयमा मोबाइल चलाउन...

काठमाडौं - त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै अराइभल कक्ष र...

विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालयमा मोबाइल चलाउन नपाउने

दुई वर्षदेखि रित्तै छ रातापानीको बिक्री...

मुगु - मुगुको उत्तरी भेगमा पर्ने खत्याड गाउँपालिकाको रातापानीमा रहेको खाद्य बिक्री केन्द्र दुई वर्षदेखि रित्तै अवस्थामा छ ।  नेपाल खाद्य संस्थान रातापानी बिक्री केन्द्रको ढुवानीको जिम्मा सिद्धार्थ...

दुई वर्षदेखि रित्तै छ रातापानीको बिक्री केन्द्र