काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ ।
शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न सचिवालय बैठकले उम्मेदवारको छनोटका लागि आवश्यक मापदण्ड तथा विधि र प्रक्रियाबारेमा प्रस्ताव तयार गर्न महासचिव डा वेदुराम भुसाललाई जिम्मेवारी प्रदान गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको सभापतित्वमा बसेको बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मेवारी कार्यालय सचिव तथा उपमहासचिव गङ्गालाल तुलाधरलाई दिएको छ ।
पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत सचिवालय सदस्यको सहभागिता रहेको सो बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको घोषणापत्र तयार गर्ने जिम्मेवारी उपमहासचिवत्रय डा गङ्गालाल तुलाधार, डा विजय पौडेल र प्रकाश ज्वालालाई दिएको छ ।
काठमाडौँ - ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उनीहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहेका छन् ।
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले वर्गीकरण गरेर फोहर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा लगिने फोहर घटेको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउने भन्दै अहिले कामपाले...
कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबुजा बिक्री गरेरै जीविका चलाउँदै आएका छन् । विगत १५ वर्षदेखि उनले बगरमा तरबुजाखेती गर्दै आएका हुन्।
...काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आगामी आर्थिक वर्षको बजेट सबै क्षेत्र, वर्ग र भूगोललाई समेट्ने गरी न्यायोचित तथा प्रभावकारी ढंगले निर्माण गरिनुपर्नेमा जोड दिए।
प्रतिक्रिया