१४ वैशाख, २०८१
    {
समाज / लुम्बिनी प्रदेश / समाचार

मानवसेवा आश्रम रुपन्देही शाखाले हिजोदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै,

  • पुलेसो
  • २०७९ भदौ ०१ बुधबार
मानवसेवा आश्रम रुपन्देही शाखाले हिजोदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै,

तिलोत्तमा – मानवसेवा आश्रमको रुपन्देही शाखाले हिजोदेखि आफ्नै भवनबाट सेवा प्रवाह सुरुवात गरेको छ ।यस अघि बुटवल उपमहानगरपालिका वडा नं. ८, पैँचो पसल अगाडी घर भाडामा लिएर सेवा प्रवाह गरिरहेको आश्रमले हिजोदेखि तिलोत्तमा नगरपालिका वडा नं. ६ मा रहेको मोक्षधाम सेवा आश्रम परिसरभित्र आफ्नै भवन निर्माण गरि सेवा सुरुवात गरेको हो ।

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख माननीय अमिक शेरचनले आश्रमको नवनिर्मित भवनको प्राङ्गणमा आयोजित गृह प्रवेश कार्यक्रममा भवनको औपचारिक समुद्घाटन गरेको हो ।लुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिका वडा नं.८ मा नै भाडामा रहेको पुरानो लाइसन्स भवनबाट प्रवाह गरिरहेको केन्द्रलाई भने आश्रमले निरन्तरता दिनेछ । उक्त भवनमा पुरुष र बालकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।नवनिर्मित भवनबाट भने महिला र बालिकाहरुलाई सेवा प्रदान गर्नेछ ।

गृह प्रवेश कार्यक्रम मानवसेवा आश्रमका परिकल्पनाकार एवं केन्द्रीय अध्यक्ष श्री रामजी अधिकारीको सभाध्यक्षता र प्रदेश प्रमुख माननीय अमिक शेरचनको सभाध्यक्षतामा सम्पन्न भएको हो । त्यस्तै आश्रमका संरक्षक श्री गोविन्द टण्डन , लुम्बिनी प्रदेशका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय रमा घर्ति , आन्तरिक मामिला, कानुन तथा संचार मन्त्री माननीय तिलकराम शर्मा , प्रमुख जिल्ला अधिकारी श्री भरतमणी पाण्डे , जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एस.पी रविन्द्र रेग्मी , बुटवल उपमहानगरपालिकाका उप प्रमुख श्री सावित्रा देवि अर्याल , तिलाृत्तमा नगरपालिकाका उप प्रमुख श्री जागेश्वरी देवि चौधरी , लुम्बिनी प्रदेश अर्थ तथा सहकारी मन्त्रालयका सचिव श्री नेत्र सुवेदी , तिलोत्तमा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष श्री गणेश पाठक  बुटवल उपमहानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष श्री नरिसर पौडेल , मोक्षधाम सेवा आश्रमका अध्यक्ष श्री रोमनी प्रसाद पाठक , उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कस  लगायत विभिन्न महत्वपूर्ण परोपकारी एवं मानवताप्रेमी मनहरुको उपस्थिति रहेको थियो ।

 

मानवसेवा आश्रम रुपन्देही शाखा वि।स २०७५ सालमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीको स्वीकृति लिई मानवसेवा आश्रमको दशौँ जिल्ला शाखाको रुपमा विस्तार भएको हो । त्यस यता शाखाले लुम्बिनी प्रदेश केन्द्रीत भएर सडकपेटी र सार्वजनिक स्थलहरुमा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, परामर्श एवं पारिवारिक पुनर्मिलनको सेवा गर्दै आइरहेको छ ।

आजको दिनमा रुपन्देही जिल्ला शाखाको संरक्षणमा ७८ जना पुरुष र ६६ जना महिला गरि १४४ जना विभिन्न उमेर समूहका व्यक्तिहरु आश्रित छन् भने अहिलेसम्म ५८७ जना सडकआश्रित मानवहरुको उद्धार गरिसकेको छ । मानवसेवा आश्रमको पहलमा बुटवल उपमहानगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त देशकै पहिलो उपमहानगरपालिका घोषणा गरिसकिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

दोहरो नागरिकताको अभियोगमा दुईजना पक्राउ

कञ्चनपुर  - कञ्चनपुरमा दोहरो नागरिकता लिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–५ का ३९ वर्षीया कलावती चन्द र ५८...

दोहरो नागरिकताको अभियोगमा दुईजना पक्राउ

कञ्चनपुरमा परेन पानी सुरु भएन रोपाइँ

कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३  पिपलाडीका चेतराज चौधरीले गत वर्ष यस समयमा रोपाइँ सुरु गरिसकेको थियो । रोपाइँमा व्यस्त हुने यस समयमा अहिले उनी फुर्सदिला छन् ।वर्षा नहुँदा...

कञ्चनपुरमा परेन पानी सुरु भएन रोपाइँ