०८ चैत, २०७९
    {
प्रविधि / बागमती प्रदेश / समाचार

आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुन्छ : ऊर्जामन्त्री भुसाल

  • पुलेसो
  • २०७९ भदौ २२ बुधबार
आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुन्छ : ऊर्जामन्त्री भुसाल

काठमाडौं  - ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुने बताएकी छन् ।

 प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले जलविद्युतको विषयमा उठाएको प्रश्नको जवाफ दिदै मन्त्री भुसालले पछिल्लो समय तीव्ररुपमा जलविद्युतको विकास भइरहेकाले आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुने बताएकी हुन् ।ऊर्जा मन्त्री भुसालले चालु आर्थिक वर्षमा नेपालमा विद्युत् आयातभन्दा विद्युत् निर्यात बढी भई नेपाल खुद विद्युत् निर्यातकर्ता देश बन्ने अवस्थामा पुगेको दाबी गरिन् ।

मन्त्री भुसालले भनिन्, ‘‘पछिल्लो समय तीव्ररुपमा जलविद्युतको विकास भइरहेकाले आगामी तीन वर्षभित्र देश पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुनेछ । चालु आर्थिक वर्षमा कुल विद्युत् आयातभन्दा कुल विद्युत् निर्यात बढी भई नेपाल खुद विद्युत् निर्यातकर्ताको रूपमा पुग्ने अवस्था देखिएको छ ।’’नेपालले भारतको इनर्जि एक्सचेन्ज बजारमार्फत ३६४ मेगावाटसम्मको विद्युत् खरिद बिक्री गर्ने गरेको मन्त्री भुसालको भनाइ छ । भुसालले विद्युत् प्राधिकरणले भारतमा निर्यात हुने विद्युत् भारु ५ रुपियाँ ७१ पैसा प्रति युनिटमा बेचिरहेको बताईन् ।

‘‘नेपालले भारतको इनर्जि एक्सचेन्ज बजारमार्फत ३६४ मेगावाटसम्मको विद्युत् खरिद बिक्री गर्ने गरेको छ । रुस र युक्रेनको युद्धको कारण समग्र विश्व बजारमा विद्युतको मूल्य बढेको छ । ९ डिसेम्बरदेखि जुन १ गतेसम्म निर्यात गरेको विद्युत् भारु ४ रुपियाँ ९५ पैसा प्रति युनिट रहेको छ । भने जुन २२ देखि सेप्टेम्बर २२ सम्म भारतमा निर्यात गरिएको विद्युतको मूल्य भारु ५ रुपियाँ ७१ पैसा प्रति युनिट रहेको छ । विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा भारतमा ३ अर्ब ८४ करोडको विद्युत् निर्यात गरेको थियो ।’’ उनले भनिन् ।

विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा भारतमा तीन अर्ब ८४ करोडको विद्युत् निर्यात गरेको भन्दै चालु आर्थिक वर्षको अन्त्यसम्म १६ अर्बको विद्युत् निर्यात हुने प्रक्षेपण गरिएको पनि मन्त्री भुसालले बताईन्। चालु आर्थिक वर्षको साउन महिनामा एक अर्ब ८४ करोड विद्युत् निर्यात गरेको छ । विद्युत् निर्यातले भारतसँगको व्यापार घाटा कम गर्ने र नेपालीको विदेशी मुद्रा सञ्चितिमा थप योगदान पुग्ने छ ।

मन्त्री भुसालले भनिन्, ‘‘चालु आर्थिक वर्षको साउन महिनामा एक अर्ब ८४ करोड विद्युत् निर्यात गरेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म १६ अर्बको विद्युत् निर्यात हुने प्रक्षेपण गरिएको छ । यसबाट भारतसँगको व्यापार घाटा कम गर्ने र नेपालीको विदेशी मुद्रा सञ्चितिमा थप योगदान गर्ने देखिन्छ ।’’ 

 

 

मन्त्री भुसालले नेपालले वार्षिक रूपमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय लक्ष्य पूरा गर्न पाँच वर्ष मात्रै बाँकी रहेको बताईन् । अहिलेसम्म विद्युत् खरिद बिक्री सम्झौता र विद्युत् उत्पादनको अवस्था हेर्दा पाँच वर्षमा उक्त लक्ष्य पूरा गर्न कठिन रहेको उनको भनाइ छ ।

मुलुकमा विद्युत् जडित क्षमता दुई हजार २ सय मेगावाट पुगेको छ । मन्त्री भुसालले गत आर्थिक वर्षमा ७ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको भन्दै चालु आर्थिक वर्षमा करिब ८ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने प्रक्षेपण गरिएको बताईन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको...

काठमाडौं  -  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताए ।

...
निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व हो : प्रधानमन्त्री देउवा

निर्वाचन प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन...

काठमाडौं -  निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले कुनै उम्मेदवार र राजनीतिक दलले अस्वाभाविक गतिविधि वा भोजभतेर गरेको वा शान्ति भङ्ग गर्नेजस्ता निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन...

निर्वाचन प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन  निर्देशन

काठमाडौंका तीन वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र...

काठमाडौं  -  राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा तीन क्षेत्रमा जितेको छ । काठमाडौंको क्षेत्र नम्बर–२ मा पार्टीका उपाध्यक्ष सोविता गौतम विजयी भएकी छन् ।

गौतम १५ हजार...

काठमाडौंका तीन वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको जित

निर्वाचनको स्थिर समय : राजनीतिक गतिविधि...

काठमाडौं -  बिहीबार मध्यराति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि चुनावसँग सम्बन्धित काम बन्द भएका छन्...

निर्वाचनको स्थिर समय : राजनीतिक गतिविधि ठप्प