२१ असोज, २०७९
    {
विजनेस / समाचार

नेपाल उद्योग व्यापार महासंघको प्रथम महाधिवेशन भदौ ३० गते हुँदै

  • पुलेसो
  • २०७९ भदौ २९ बुधबार
नेपाल उद्योग व्यापार महासंघको प्रथम महाधिवेशन भदौ ३० गते हुँदै

काठमाडौं - नेपाल उद्योग व्यापार महासंघले प्रथम महाधिवेशन गर्ने भएको छ । पत्रकार सम्मेलन गर्दै महासंघले महाधिवेशन गर्न लागेको जानकारी दिएको हो ।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष श्याम बहादुर पाठकले उक्त महाधिवेशनले नकारात्मक अवस्थामा रहेको मुलुकको अर्थतन्त्रको सुधारका लागि थप सहयोग पुर्याउने बताए ।साथै उनले उत्पादनका क्षेत्रमा राज्यको ध्यान नपुगेको बताए । उनले भने, ‘नेपाल उत्पादनको क्षेत्रमा धेरै सम्भावना भएको देश हो । विश्वका धनी व्यक्तिको दाँजोमा पुग्ने स्रोत र साधनहरु मुलुकमा छन् । सरकारले उत्पादनका क्षेत्रमा आवश्यकता अनुसारको नीति नियम बनाउन सकेन ।’

सरकारको नीतिका कारण नेपालको लगानी अनुत्पादन क्षेत्रमा गइरहेको उनको भनाई छ । अध्यक्ष पाठकले भने, ‘सरकारले उत्पादनमा जोड दिने भनेको छ । तर, नेपाल पैसा भने अनुत्पादक क्षेत्रमा बढि गएको छ । केही पैसा पनि सिमित घराना व्यक्तिको हातमा छ ।’

 

महासंघले भदौ ३० गते प्रथम महाधिवेशन गर्न लागेको हो । उक्त कार्यक्रममा देशभरका कम्तिमा ७५० वा प्रतिष्ठित उद्योगी तथा व्यवसायीहरुको उपस्थिति रहनेछ । उक्त कार्यक्रमको प्रमख अतिथिको रुपमा पूर्व प्रधानमन्त्रली एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल रहने महासंघले जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

काठमाडौँ महानगरका आठ वटा वडामा क्षयरोग...

 काठमाडौँ  -  काठमाडौँ महानगरपालिकाका आठवटा वडामा क्षयरोग जाँच निःशुल्क गरिएको छ । 

जापान क्षयरोग निवारण संस्थाले जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र स्थानीय वडा...

काठमाडौँ महानगरका आठ वटा वडामा क्षयरोग जाँच निःशुल्क

आज अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै

काठमाडौं -  प्रत्येक वर्ष इस्वी सन्को सेप्टेम्बर २१ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

सन् २००२...

आज अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै

आजदेखि पूर्वीनाकाबाट भारतीय गाडीलाई ‘सुविधा पास’

झापा   -  मेची भन्सार कार्यालयले सोमबारदेखि पूर्वीनाका काँकडभिट्टाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नजिकको धुलाबारी बजारसम्म आवतजावत गर्न निःशुल्क ‘सुविधा पास’ उपलब्ध गराउन थालेको छ ।

...
आजदेखि पूर्वीनाकाबाट भारतीय गाडीलाई ‘सुविधा पास’

चन्द्रागिरि नगरपालिकाद्वारा डेङ्गु रोगको निःशुल्क परीक्षण...

काठमाडौँ  -  चन्द्रागिरि नगरपालिकाले आफ्ना नगरवासीका लागि प्राथमिक अस्पताल थानकोटबाट  डेङ्गु रोगको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइको छ । चनपा–४ स्थित सो अस्पतालबाट अहिले दैनिक सो रोगको निःशुल्क...

चन्द्रागिरि नगरपालिकाद्वारा डेङ्गु रोगको निःशुल्क परीक्षण  गोरखापत्र ताजा, स्वास्थ्य