०८ चैत, २०७९
    {
बागमती प्रदेश / शिक्षा/स्वास्थ्य / समाचार

सिन्धुलीमा लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सुरु

  • पुलेसो
  • २०७९ भदौ २९ बुधबार
सिन्धुलीमा लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सुरु

सिन्धुली  -  लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको जोखिम सिन्धुलीमा बढेको छ। छोटो अवधिमै डेंगु रोगका बिरामी ह्वात्तै बढेका सिन्धुली अस्पतालका डा सागर देवकोटाले जानकारी दिए। 

दिनकै दुई–तीन बिरामीमा डेंगु रोगको संक्रमण देखिएको उनको भनाइ छ। साउनयता मात्रै बिरामी भएर अस्पताल आएका ९७ जनामा उक्त रोग देखिएको जनाइएको छ। उनले भने, “सबैभन्दा बढी कमलामाई नगरपालिकामा ७४ जनामा डेंगुको संक्रमण भएको पाइयो।”

यसैगरी दुधौली नगरपालिकामा सात, गोलञ्जोर गाउँपालिकामा पाँच, तीनपाटन गाउँपालिकामा चार, मरिण गाउँपालिका र घ्याङलेख गाउँपालिकाका तीन/तीन जनामा डेंगु भाइरसको संक्रमण भएको पाइएको छ। तीमध्ये १२ बिरामी अस्पतालको शय्यामा उपचारत छन्। केही बिरामी चिकित्सकको सल्लाहमा घरमै आराम गरिरहेका उनले बताए।  दश डेंगुका बिरामीलाई भने उपचारमा आवश्यक पर्ने रगत प्लेटलेट्सको अभावका कारण अन्यत्र पठाउनु परेको डा देवकोटाले जानकारी दिए। यो तथ्याङ्क साउन १ देखि भदौ २८ सम्मको हो।  

 

डेंगुको संक्रमण जिल्लामा तीव्रगतिमा फैलिरहेको उनको अनुमान छ। डेंगुको लक्षण देखिएका कतिपय बिरामी घरमै तातोपानी खाने, सिटामोलको प्रयोग गरी बसेकाले जिल्लामा बिरामीको यकिन तथ्याङ्क सङ्कलन हुन नसकेको उनले बताए।कमलामाई नगरपालिकाले नगर स्वास्थ्य शाखामार्फत डेंगु रोग नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेर लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने टोली परिचालन गरेको नगरप्रमुख उप्रेन्द्रकुमार पोखरेल जानकारी दिए।

उनका अनुसार मङ्गलबारदेखि नगरका स्वास्थ्य शाखाका कर्मचारी र नगर स्वास्थ्य स्वयंसेविकाको टोली लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने काममा परिचालित भएका हुन। स्वास्थ्य कार्यालयको समन्वयमा डेंगु रोग नियन्त्रणका लागि स्प्रे छर्किने तयारी भएको उनले बताए । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको...

काठमाडौं  -  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताए ।

...
निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व हो : प्रधानमन्त्री देउवा

निर्वाचन प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन...

काठमाडौं -  निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले कुनै उम्मेदवार र राजनीतिक दलले अस्वाभाविक गतिविधि वा भोजभतेर गरेको वा शान्ति भङ्ग गर्नेजस्ता निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन...

निर्वाचन प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन  निर्देशन

काठमाडौंका तीन वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र...

काठमाडौं  -  राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा तीन क्षेत्रमा जितेको छ । काठमाडौंको क्षेत्र नम्बर–२ मा पार्टीका उपाध्यक्ष सोविता गौतम विजयी भएकी छन् ।

गौतम १५ हजार...

काठमाडौंका तीन वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको जित

निर्वाचनको स्थिर समय : राजनीतिक गतिविधि...

काठमाडौं -  बिहीबार मध्यराति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि चुनावसँग सम्बन्धित काम बन्द भएका छन्...

निर्वाचनको स्थिर समय : राजनीतिक गतिविधि ठप्प