०७ असोज, २०८०
    {
प्रविधि / शिक्षा/स्वास्थ्य / समाचार

शिक्षा प्रणालीमा सुधारको खाँचो छ : शिक्षामन्त्री पौडेल

  • पुलेसो
  • २०७९ असोज ०५ बुधबार
शिक्षा प्रणालीमा सुधारको खाँचो छ : शिक्षामन्त्री पौडेल

काठमाडौं  -  शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालको शिक्षा प्रणालीमा सुधारको खाँचो रहेको बताएका छन् ।

आगामी १५ वर्षका लागि तयार गरिएको शिक्षाको संरचनापत्र–२०७९ सार्वजनिकिकरण कार्यक्रममा  उनले सो कुरा बताएका हुन् । नेपलको शिक्षा प्रणालीमा देखिएका समस्यालाई समाधान गरी शिक्षण सिकाइमा सुधार गर्दै लैजाने पौडेलले बताए। उनले भने, “‘नेपालको शिक्षा नीतिमा देखिएका समस्याहरू समाधानयोग्य छन् । त्यसलाई समाधान गरी शिक्षण सिकाइ परिवर्तन गर्दै लैजानुपर्छ ।”अब विश्वविद्यालयमा शिक्षणका लागि विश्वविद्यालय सेवा आयोग पास गर्नुपर्ने र विद्यालयमा पढाउन शिक्षक सेवा आयोग उत्तीर्ण अनिवार्य गर्न लागिएको पनि उनले जानकारी दिए । 

पछिल्लो १० वर्षमा  शिक्षण सिकाइमा ११ प्रतिशत सुधार आएको उनको भनाइ छ । शिक्षण पेसा अधिकार मात्र नभएर सेवाको रूपमा पनि सोच्नुपर्ने मन्त्री पौडेले बताए । मन्त्रालयले भौतिक पूर्वाधारको क्षेत्रमा  उल्लेख्य प्रगति भएको दाबी गरेको छ । दुई हजार ७०० वटा विद्यालयतर्फ  एक हजार ३०० विद्यालयहरू बनिसकेको र बाँकी विद्यालयहरू तीन वर्षमा निर्माण गर्ने लक्ष्य रहेको उनले जानकारी गराए । शिक्षासम्बन्धी कतिपय ऐनहरू कानुन मन्त्रालयसहित अन्य निकायमा अड्किएकाले शिक्षासम्बन्धी नयाँ नियमहरू ल्याउन समस्या भएको उनले बताए । 

यस्तै, नेपालबाट धेरै विद्यार्थी उच्च शिक्षाका लागि बाहिरीमुलुक जानेक्रम अस्वाभाविक रूपमा बढेकाले मन्त्रालय यसको कारणको खोजीमा लागेको मन्त्री पौडेलको भनाइ छ । उनले भने, “अहिले धेरै विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि बाहिरी मुलुक जानेक्रम अस्वाभाविक रूपमा बढ्दैगएको छ । नेपालको शिक्षामा कमी भएर हो या अन्य केही कारणले हो कारणको खोजीमा मन्त्रालय लागेको छ ।”

 

हडताल गर्नु सामाजिक अपराध

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पौडेलले शिक्षाजस्तो पवित्र क्षेत्रमा बन्द, हडताल गर्नु सामाजिक अपराध भएको बताए । केही विद्यार्थी सङ्गठनहरू आफ्ना माग पूरा गराउन विश्वविद्यालय वा अन्य शैक्षिक संस्थामा पठनपाठन तथा दैनिक कामकारबाही नै प्रभावित हुनेगरी तालाबन्दी गरेकोप्रति उनले असन्तुष्टि जनाए । मन्त्री पौडेलले भने, “केही विद्यार्थी सङ्गठनले मागहरू राख्दै विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थाहरूमा तालाबन्दी गर्नेगरेका छन् । यो सामाजिक अपराध हो । मागहरू वार्ता र संवादबाट पूरा गराउनुपर्छ ।” 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको शिक्षाको सोचपत्रमा नेपालको संविधान, अनिवार्य शिक्षासम्बन्धी ऐन तथा नियमावली, पन्ध्रौँ योजनाले परिलक्षित गरेको शिक्षासम्बन्धी समष्टि उद्देश्य, राष्ट्रिय शिक्षा नीति एवम् शिक्षासम्बन्धी दिगो विकासको लक्ष्य समेत मध्यनजर गरी आमूल परिवर्तन र समसामयिक सुधार गर्ने उल्लेख गरेको छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क...

प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल

प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल

कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी...

कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी अध्यादेश

कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी अध्यादेश

ताप्लेजुङमा पहिरो जाँदा एकै घरका तीनसहित...

ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिकामा– ६ मेहेलेमा पहिरोमा परी एकै घरका तीनसहित चारजना बेपत्ता भएका छन् । घरमाथिबाट आएको पहिरोमा परी यामकुमार बुढाक्षेत्रीकी  श्रीमती भगीमाया बुढाक्षेत्री, उनकी बुहारी...

ताप्लेजुङमा पहिरो जाँदा एकै घरका तीनसहित चारजना बेपत्ता

मंकीपक्सको उपचारका लागि १४ अस्पतालमा १४...

काठमाडौं । नेपालमा पहिलोपटक मंकीपक्स संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जना डाक्टरलाई फोकल पर्सन तोकेको छ ।

स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालका १४...

मंकीपक्सको उपचारका लागि १४ अस्पतालमा १४ फोकल पर्सन तोकिए