२१ असोज, २०७९
    {
सुदूरपश्चिम प्रदेश / समाचार

दशैँको मुखमा दोब्बर भाडा

  • पुलेसो
  • २०७९ असोज ०६ बिहीबार
दशैँको मुखमा दोब्बर भाडा

बैतडी  -  जिल्ला प्रशासन कार्यालय बैतडी र यातायात व्यवसायीको बैठकले जिल्लाभित्र चल्ने सवारीसाधनको भाडादर निर्धारण गरेको भए पनि पाटन–पञ्चेश्वर सडकमा चल्ने सवारीसाधनले दोब्बर भाडा असुल्ने गरेको यात्रुले गुनासो गरेका छन्। 

बैतडीको पाटन–पञ्चेश्वर सडक खण्डको मेलौलीसम्म २५० रुपियाँ भाडा कायम गरिएको भए पनि जिप चालकले  पाँच सय रुपियाँ असुल गर्ने गरेका यात्रुले गुनासो गरेका हुन्। जिपले व्यवसायीले टिकटसमेत नदिने गरेको सर्वसाधारणको गुनासो छ।  तोकिएको भाडादरमा जान नसकिने भन्दै जिप चालकले दोब्बर भाडा असुल्ने गरेका बताइएको छ। यात्रा गर्नुअघि नै जिप चालकले पाँच सय रुपियाँ दिने भए मात्र गाडीमा चढ्न दिने भन्दै मोलमोलाइ गर्ने गरेको गुनासोपछि जिल्ला प्रशासन कार्यालयले अनुगमनका लागि प्रहरी खटाएको जानकारी दिएको छ। 

 

जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले भाडादर कार्यान्वयन भएरनभएको विषयमा जिल्लाभरि अनुगमन भइरहेको र कार्यान्वयन नभएको पाइएमा कारबाही गरिने बताए। उनले भने, “यातायात व्यवसायीसँग बैठक बसेर नै जिल्लाभित्रको भाडादर कायम गरिएको हो। भाडादर मान्दैनौ भन्ने कुरा कहाँबाट आयो रु अनुगमनका क्रममा दोब्बर भाडा लिएको पाइएमा कारबाही गर्छौं ।’’

प्रतिक्रिया

छुटाउनुभयो कि?

काठमाडौँ महानगरका आठ वटा वडामा क्षयरोग...

 काठमाडौँ  -  काठमाडौँ महानगरपालिकाका आठवटा वडामा क्षयरोग जाँच निःशुल्क गरिएको छ । 

जापान क्षयरोग निवारण संस्थाले जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र स्थानीय वडा...

काठमाडौँ महानगरका आठ वटा वडामा क्षयरोग जाँच निःशुल्क

आज अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै

काठमाडौं -  प्रत्येक वर्ष इस्वी सन्को सेप्टेम्बर २१ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

सन् २००२...

आज अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै

आजदेखि पूर्वीनाकाबाट भारतीय गाडीलाई ‘सुविधा पास’

झापा   -  मेची भन्सार कार्यालयले सोमबारदेखि पूर्वीनाका काँकडभिट्टाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नजिकको धुलाबारी बजारसम्म आवतजावत गर्न निःशुल्क ‘सुविधा पास’ उपलब्ध गराउन थालेको छ ।

...
आजदेखि पूर्वीनाकाबाट भारतीय गाडीलाई ‘सुविधा पास’

निजगढमा नै विमानस्थल उपयुक्त हुने विज्ञ...

काठमाडौँ  -  प्रधानमन्त्री शेरबहादुर देउवालाई अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन...

निजगढमा नै विमानस्थल उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष