२१ असोज, २०७९
    {
राजनीति / समाचार

गैरसरकारी संस्थालाई पारदर्शी बनाइने छ : प्रधानमन्त्री देउवा

  • पुलेसो
  • २०७९ असोज ०६ बिहीबार
गैरसरकारी संस्थालाई पारदर्शी बनाइने छ : प्रधानमन्त्री देउवा

काठमाडौँ  -  प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाहरू समाजप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिएका छन् । 

४३ औँ सामाजिक सेवा दिवसका अवसरमा समाज कल्याण परिषद्ले आज काठमाडौँमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री देउवाले कतिपय सामाजिक संघ संस्थाहरू शहर केन्द्रित हुनु, संस्थाको सञ्चालन र परिचालन विधि तथा कानून भन्दा पनि आफूखुसी गरेको पाइनु र संस्थाका पदाधिकारी बीच विवाद हुनुजस्ता समस्या आउने गरेकाले त्यसलाई व्यवस्थित बनाउनुपर्ने बताए । 

समाज कल्याण परिषद्लाई सामाजिक संघ संस्थाको थप प्रभावकारी रुपमा अनुगमन र मूल्याङ्कन गर्न आग्रह गर्दै प्रधानमन्त्री देउवाले गैरसरकारी संस्थालाई वैज्ञानिक र जनमुखी बनाउन पनि आग्रह गरे । प्रधानमन्त्री देउवाले सरकारी तथा गैरसरकारी संस्थाको परिचालनलाई परिणाममुखी बनाउँदै राष्ट्रिय आवश्यकता हेरी प्राथमिकताका क्षेत्रमा सामाजिक संघ संस्थालाई समेत संलग्न गराई नीति तथा कार्यक्रम तयार गरिनुपर्नेमा जोड दिए ।

 

 

 

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सरकारले नेपालमा सञ्चालित विभिन्न सामाजिक संस्थाहरूको अनुगमन र मूल्यांकनसहित सूक्ष्म अध्ययन गरिरहेका जानकारी दिए । मन्त्री रेग्मीले समाज विकासमा टेवा दिने उद्देश्यले स्थापना भएका सामाजिक संघ संस्थालाई सरकारले प्रभावकारी बनाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे।

मन्त्रालयका सचिव डिल्लीराम शर्माले सामाजिक कार्य गर्न भनेर सञ्चालन अनुमति लिएका सरकारी तथा गैरसरकारी संस्थाले उद्देश्य अनुरुप काम गरे नगरेको वैज्ञानिक रुपमा अनुगमन हुँदै आएको स्पष्ट पारे  ।  त्यस अवसरमा प्रधानमन्त्री देउवाले समाज कल्याण परिषद्को सम्पूर्ण सेवा अनलाइन प्रविधिबाट दिने उद्देश्यले तयार गरिएको डिजिटल पोर्टलको शुभारम्भ गरे । 

कार्यक्रममा समाज कल्याण परिषद्मा २५ वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घ सेवा सम्मानबाट सम्मानित गरिएको थियो । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

काठमाडौँ महानगरका आठ वटा वडामा क्षयरोग...

 काठमाडौँ  -  काठमाडौँ महानगरपालिकाका आठवटा वडामा क्षयरोग जाँच निःशुल्क गरिएको छ । 

जापान क्षयरोग निवारण संस्थाले जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र स्थानीय वडा...

काठमाडौँ महानगरका आठ वटा वडामा क्षयरोग जाँच निःशुल्क

आज अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै

काठमाडौं -  प्रत्येक वर्ष इस्वी सन्को सेप्टेम्बर २१ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

सन् २००२...

आज अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै

आजदेखि पूर्वीनाकाबाट भारतीय गाडीलाई ‘सुविधा पास’

झापा   -  मेची भन्सार कार्यालयले सोमबारदेखि पूर्वीनाका काँकडभिट्टाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नजिकको धुलाबारी बजारसम्म आवतजावत गर्न निःशुल्क ‘सुविधा पास’ उपलब्ध गराउन थालेको छ ।

...
आजदेखि पूर्वीनाकाबाट भारतीय गाडीलाई ‘सुविधा पास’

चन्द्रागिरि नगरपालिकाद्वारा डेङ्गु रोगको निःशुल्क परीक्षण...

काठमाडौँ  -  चन्द्रागिरि नगरपालिकाले आफ्ना नगरवासीका लागि प्राथमिक अस्पताल थानकोटबाट  डेङ्गु रोगको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइको छ । चनपा–४ स्थित सो अस्पतालबाट अहिले दैनिक सो रोगको निःशुल्क...

चन्द्रागिरि नगरपालिकाद्वारा डेङ्गु रोगको निःशुल्क परीक्षण  गोरखापत्र ताजा, स्वास्थ्य