काठमाडौं - नेपालका सबै पर्यटकीय स्थलहरु भ्रमण गराउने र त्यसको बारेमा जानकारी दिने ‘ट्राभल नेपाल बोर्ड गेम’ को घोषणा गरिएको छ ।
नेपाल भ्रमण गर्न चाहने विदेशी तथा आन्तरिक पर्यटकहरुलाई लक्षित गरी नेपालमा पहिलो पटक निर्माण गरिएको युनिक गेमको आज घोषणा गरिएको हो । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर खेललाई पुरै नेपाल भ्रमण गर्ने पुस्तक जस्तै बनाएर नेपालका धेरै स्थानको बारेमा जानकारी समावेश गरिएको जानकारी दिइएको हो ।
उक्त खेल कसैलाई मायाको चिनो स्वरुप पनि दिन सकिनेछ । सो खेललाई थप बुझ्नको लागि एक पटक अवश्य पनि खेल्न वेव कम्पनी वर्ज पोर्टल आइटीले आग्रह गरेको छ । नेपाल भ्रमण गर्न आउने पर्यटकहरुलाई नेपालमा केके क्रियाकलापहरु गर्न सकिन्छ, कता–कता घुम्न सकिन्छ, के के खान पाइन्छ आदी विभिन्न जानकारीमुलक क्रियाकलापयुक्त खेल भएकोले भ्रमणको लागि धेरै उपयोगी हुने फाउण्डर सन्जिब वज्र शाक्यले बताए । यसको अलवा खेल गैरनेपाली तथा पर्यटकहरुको लागि पनि विशेष चाखलाग्दो हुने उनको भनाइ थियो ।
उनको अनुसार वज्र पोर्टलले पहिलो पटक धेरै रोचक गेम जारी गरेको हो । जहाँ आफ्ना परिवार तथा साथीभाइहरुसँग मिलेर नेपालभर घुम्न सकिन्छ । कम्पनीले नेपालको सबैभन्दा रमाइलो यात्राको साथै गुणस्तरीय समय बिताउन सकिने पनि दाबी गरेको छ । शाक्यले भने,“मेचीदेखि महाकाली, तराईदेखि पहाडसम्म समावेश गरेका छौं । र, यो भर्चुअल जर्नी जस्तो पनि हुनेछ । यसले नेपालको धेरै चिजहरुको इन्र्फमेसन दिनेछ । युनिक भनेको यसमा सामान्य गेम हुँदाहुँदै पनि सिंगो नेपाललाई समावेश गर्न सकेका छौं । यसबाट भर्चुअल थु्रको एक्सपेरियन्स गर्न सक्नुहुनेछ ।”
प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल
कोशी प्रदेश सरकारले जारी गर्यो बजेटसम्बन्धी अध्यादेश
ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिकामा– ६ मेहेलेमा पहिरोमा परी एकै घरका तीनसहित चारजना बेपत्ता भएका छन् । घरमाथिबाट आएको पहिरोमा परी यामकुमार बुढाक्षेत्रीकी श्रीमती भगीमाया बुढाक्षेत्री, उनकी बुहारी...
काठमाडौं । नेपालमा पहिलोपटक मंकीपक्स संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जना डाक्टरलाई फोकल पर्सन तोकेको छ ।
स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालका १४...
प्रतिक्रिया