२१ असोज, २०७९
    {
समाज / सुदूरपश्चिम प्रदेश / समाचार

बैतडीमा पाँच मतदान केन्द्र थपिए, ११ मतदानस्थलको नाम र स्थान परिवर्तन

  • पुलेसो
  • २०७९ असोज ०६ बिहीबार
बैतडीमा पाँच मतदान केन्द्र थपिए, ११ मतदानस्थलको नाम र स्थान परिवर्तन

बैतडी - आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको लागि बैतडीमा पाँच मतदान केन्द्र थप गरिएका छन् ।

जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार मतदाता सङ्ख्याको आधारमा मतदान केन्द्र थप गरिएका हुन् । जिल्लाको दशरथचन्द नगरपालिकाका तीन, मेलौली नगरपालिका र पुर्चौँडी नगरपािलकामा एकरएक मतदान केन्द्र थप गरिएका छन् । दशरथचन्द नगरपालिका–१ मा रहेको मणिलेक मावि र गुरुखोलामा दुई मतदान केन्द्र रहेकोमा थप एक गर्दै तीन केन्द्र बनाइएका छन् ।  

दशरथचन्द नगरपालिका–४ मा रहेको शिवस्थली मावि जर्ग, दशरथचन्द नगरपालिका–५ को वडा कार्यालय पल्लाचौँडाली, पुर्चौँडी नगरपालिका–६ मा रहेको जनता मावि रौनालीचौर, मेलौली नगरपालिका–२ मा रहेको कोटेश्वर माविमा एक मतदान केन्द्र रहेकोमा त्यहाँ पनि एकरएक थप्दै दुई बनाइएका छन् ।

यस्तै यहाँका विभिन्न ११ ओटा मतदानस्थलको नाम र स्थान परिवर्तन गरिएको छ । आवश्यकतानुसार ११ ओटा मतदानस्थलमध्ये ६ ओटा नाम परिवर्तन गरिएको छ, भने पाँच ओटाको स्थान परिवर्तन गरिएको हो । दशरथचन्द नगरपालिका–५ को साविकको गाविस भवन मतदानस्थलको नाम परिवर्तन गरेर वडा नं ५ कार्यालय पल्लाचौँडाली राखिएको छ ।

यस्तै पञ्चेश्वर गाउँपालिका २ मा साविकको गाविस भवनको ठाउँमा वडा नं २ को कार्यालय, वडा नं ५ मा साविकको गाविस भवनको ठाउँमा वडा नं ५ को कार्यालय र वडा नं ६ मा साविकको गाविस भवनको ठाउँमा वडा नं ६ को कार्यालय नाम राखिएको छ । यस्तै सुर्नया गाउँपालिका–१ मा साविकको गाविस भवन गुर्केलीको ठाउँमा वडा नं १ को कार्यालय हटैराज नाम राखिएको छ । यस्तै पुर्चौँडी नगरपालिका–७ मा साविकको गाविस भवनको ठाउँमा वडा नं ७ को कार्यालय नाम राखिएको छ ।

यस्तै पाँचओटा मतदानस्थलको ठाउँ परिवर्तन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दशरथचन्द नगरपालिका–८ को साविकको गाविस भवन त्रिपुरासुन्दरीमा रहेको मतदानस्थल स्वास्थ्यचौकी भवन त्रिपुरासुन्दरी, साविकको गुरुखोला गाविस भवनमा रहेको मतदानस्थल मणिलेक मावि गुरुखोला, मेलौली नगरपालिका–२ को साविकको गाविस भवनमा रहेको मतदानस्थल धर्मघर मावि सलेना, दोगडाकेदार गाउँपालिका–७ को साविकको गाविस भवनमा रहेको मतदानस्थल भूमेश्वर आधारभूत विद्यालय रिखाली र सिगास–४ कैलपाल आधारभूत विद्यालयमा रहेको मतदानस्थल वडा नं ४ को कार्यालयमा राखिएको छ ।

 

प्रमुख जिल्ला अधिकारी संयोजक रहेको मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले यी नाम र स्थान परिवर्तन गर्न यसअघि आयोगलाई सिफारिस गरिएको र सोही सिफारिसको आधारमा परिवर्तन भएर आएका हुन् । जिल्लामा एक सय २९ ओटा मतदानस्थलका दुई सय १० ओटा मतदान केन्द्र रहेका छन् । 

बैतडीमा  एक लाख ५० हजार एक सय ५६ मतदाता प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनेछन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बैतडीमा एक लाख ४८ हजार ६०६ मतदाता रहेका थिए । यहाँ प्रतिनिधिसभाको लागि एक र प्रदेशसभाको लागि दुई निर्वाचन क्षेत्र रहेका छन् । आगामी मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीसमेत थालिएको निर्वाचन कार्यालयले जनाएको छ ।  

प्रतिक्रिया

छुटाउनुभयो कि?

काठमाडौँ महानगरका आठ वटा वडामा क्षयरोग...

 काठमाडौँ  -  काठमाडौँ महानगरपालिकाका आठवटा वडामा क्षयरोग जाँच निःशुल्क गरिएको छ । 

जापान क्षयरोग निवारण संस्थाले जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र स्थानीय वडा...

काठमाडौँ महानगरका आठ वटा वडामा क्षयरोग जाँच निःशुल्क

आज अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै

काठमाडौं -  प्रत्येक वर्ष इस्वी सन्को सेप्टेम्बर २१ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

सन् २००२...

आज अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै

आजदेखि पूर्वीनाकाबाट भारतीय गाडीलाई ‘सुविधा पास’

झापा   -  मेची भन्सार कार्यालयले सोमबारदेखि पूर्वीनाका काँकडभिट्टाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नजिकको धुलाबारी बजारसम्म आवतजावत गर्न निःशुल्क ‘सुविधा पास’ उपलब्ध गराउन थालेको छ ।

...
आजदेखि पूर्वीनाकाबाट भारतीय गाडीलाई ‘सुविधा पास’

चन्द्रागिरि नगरपालिकाद्वारा डेङ्गु रोगको निःशुल्क परीक्षण...

काठमाडौँ  -  चन्द्रागिरि नगरपालिकाले आफ्ना नगरवासीका लागि प्राथमिक अस्पताल थानकोटबाट  डेङ्गु रोगको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइको छ । चनपा–४ स्थित सो अस्पतालबाट अहिले दैनिक सो रोगको निःशुल्क...

चन्द्रागिरि नगरपालिकाद्वारा डेङ्गु रोगको निःशुल्क परीक्षण  गोरखापत्र ताजा, स्वास्थ्य