धनगढी - अर्थमन्त्री जनार्दन शर्माले नीजि क्षेत्र बजेटमैत्री नीतिलाई सरकारले प्राथमिकता दिएको बताएका छन् ।
आज धनगढीमा कैलाली उद्योग वाणिज्य सङ्घको ज्ञापनपत्र बुझ्दै मन्त्री शर्माले ब्याजदर, महँगी लगायतका विषयमा चाँडै निष्कर्षमा पुगिने बताए । उनले ब्याजदर, हुन्डी कारोबार, महँगी नियन्त्रण लगायतका विषयमा बृहत् छलफल गर्न आइतबार सरोकारवाला सबैलाई बोलाइएको बताए । बजेटमै दुई दर समेटिएको उल्लेख गर्दै मन्त्री शर्माले अर्थतन्त्रका सुचालक सुधारात्मक रहेको बताए ।
उद्योग वाणिज्य सङ्घले उठाएको मागलाई आफूले सकारात्मक रुपमा लिएको बताउँदै उनले भने,बजार अनुगमन स्वाभाविक भएपनि उद्योगी व्यवसायीलाई दुख दिने नियत राख्न हुँदैन ।
त्यस क्रममा मन्त्री शर्मासमक्ष कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले चर्को ब्याजदर, महँगी, अनुगमनका नाममा व्यवसायीलाई अनावश्यक दुख दिने जस्ता कार्यले व्यापार व्यवसाय धरापमा पर्न सक्ने जोखिम रहेकाले छिट्टै समस्याको समाधान गरिदिन लगायतका माग समेटिएको ज्ञापनपत्र बुझाए ।
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।उनले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमामा अवस्थित क्षेत्र नं ‘क’ केन्द्रमा...
काठमाडौं - नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका वडा नम्बर ६ कार्यालयस्थित धापासी बुथमा मतदान गरेका छन्...
काठमाडौं - निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले कुनै उम्मेदवार र राजनीतिक दलले अस्वाभाविक गतिविधि वा भोजभतेर गरेको वा शान्ति भङ्ग गर्नेजस्ता निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन...
काठमाडौं - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताए ।
...
प्रतिक्रिया