काठमाडौं - सूचना प्रविधि कम्पनी अल्ट्राबाइट इन्टरनेसनल प्रा.लि. ९ औं वर्षमा प्रवेश गरेको छ ।
कम्पनीले एक कार्यक्रमको बीच आफ्नो वार्षिकोत्सव मनाएको हो ।सन् २०१४ मा १ जना कर्मचारी र एक लाख ५० हजार पुँजीबाट सुरु भएको कम्पनीमा हाल करिब ३० जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । कम्पनीले नेपालका करिब ५ सय वटा व्यवसायीक संस्थाहरुको वेबसाइट, सफ्टवेयर तथा विभिन्न एपहरु निर्माण गरिसकेको छ । कम्पनीमा विभिन्न शैक्षिक परार्मश दाता, ट्राभल एण्ड ट्रेकिङ कम्पनी, हाईड्रो पावर कम्पनी, सहकारी संस्था, मिडिया कम्पनीहरुको काम गर्दै आएको छ ।
आगामी दिनहरुमा सूचना तथा प्रविधिको क्षेत्रमा नयाँ प्रविधिको विकास गरी कम्पनीलाई स्थापित गराउने योजना रहेको कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अमर भट्टराईले बताए । कम्पनीले व्यापार, विद्यार्थी र साहित्य क्षेत्रलाई समेटेर नयाँ योजनाका साथ काम गरिरहेको उनको भनाई छ ।
काठमाडौं - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताए ।
...काठमाडौं - निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले कुनै उम्मेदवार र राजनीतिक दलले अस्वाभाविक गतिविधि वा भोजभतेर गरेको वा शान्ति भङ्ग गर्नेजस्ता निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन...
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा तीन क्षेत्रमा जितेको छ । काठमाडौंको क्षेत्र नम्बर–२ मा पार्टीका उपाध्यक्ष सोविता गौतम विजयी भएकी छन् ।
गौतम १५ हजार...
काठमाडौं - बिहीबार मध्यराति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि चुनावसँग सम्बन्धित काम बन्द भएका छन्...
प्रतिक्रिया